आप्रबासीको हितमा इटली सरकारको महत्वपूर्ण निर्णय : करिब ५ लाख अबैध कामदार प्रक्रियागतरुपमा बैध हुँदै (प्रक्रियासहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार


१३ मे, २०२०
रोम । अन्ततः लामो समयको छलफल पछि युरोपेली मुलुक इटलीले पनि देशको सिमाभित्र रहेर निश्चित मापदण्ड पुरा गरेर बसोबास गरिरहेका अबैध आप्रवासीहरुलाई अस्थायी बासस्थान अनुमति (टेम्पोररी रेसिडेन्सी पर्मिट) जारी गर्ने भएको छ । यो विषयमा इटलीको सरकार र संसदमा लामो समयदेखि छलफल चलिरहेको भएपनि टुंगोमा पुग्न सकेको थिएन ।

कोरोनाको बज्रपातबाट राम्ररी टाउको उठाउन नपाउँदै अवैधानिक रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई प्रक्रिया पु-याएर नियमित गर्ने प्रक्रिया अघि बढाएसँगै इटली सरकारले आप्रबासीप्रति ठूलो गुन लगाएको छ । विशेष गरी कृषिजन्य पेशामा आवद्ध, अन्य पारिवारिक तथा घरायसी सहयोगसम्बन्धी कार्यमा संलग्न आप्रबासीहरुलाई प्रक्रिया पुरा गरेर अस्थायी बासस्थानको अनुमति दिन लागिएको नेपाली समाज रोमका सभापति तथा सामाजिक अभियान्ता हरिभक्त काराखेतीले जानकारी दिएका छन् ।

इटलीका कृषि, खाद्य तथा बनमन्त्री तेरेसा बेल्भानोभाले शोषणमा परेका विदेशी पीडित कामदारहरुको हकहितका लागि यो भन्दा प्रभावकारी कदम अरु केही हुन नसक्ने भन्दै लामो समयदेखि आप्रवासीहरुको हितका लागि गरिएको प्रयास सफल भएकोमा खुसी व्यक्त गरिन् । त्यसका लागि निम्न प्रक्रियाहरु अबलम्बन गर्नुपर्ने देखिएको छ ।

  • कृषि , कल्फ र बादान्ते (Braccianti Agricoli, Pescatori, Colf o Badanti) कृषिजन्य र पारिवारिक तथा घरायसी सहयोग अन्तर्गत कार्यरत आप्रबासी कामदारलाई रेगुलर गर्न सकिने भएको छ । इटालियन तथा बिदेशी रोजगारदाताले अनुमानित 400 युरो कर तिरेर काम कन्ट्र्याक गर्नुपर्ने हुन्छ । उक्त कामदार गैरकानुनी रूपमा गत 8 मार्च देखि काम गरिरहेको प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।
  • कुनै कारणवश तपाईंसग भएको कुनै पनि किसिमको स्टे पर्मिट (Soggiorno) गत सालको 31 अक्टोबर बाट भ्यालिडिटी समाप्त भएर इटाली भित्र अबैध हुनुभएको छ भने 160 युरो ट्याक्स तिरेर 6 महिनाको Soggiorno प्राप्त गर्न सकिने छ । उक्त स्टे पर्मिट 6 महिना भित्रमा नंया काम कन्ट्र्याक गरि Soggiorno लाई Lavoro मा परिणत गर्न सकिन्छ ।
  • यदि तपाईंको रोजगारदाताले पछिल्लो 5 बर्ष भित्रमा अवैध अध्यागमनमा मिलेमतो गरेको गैरकानुनी रूपमा वेश्यावृत्तिमा सहयोग , नाबालिगलाई शोषण गर्ने र आपराधिक गतिविधिमा मुछिएका वा कानून सम्बन्धी अपराध गरेको ठहर्‍याएमा उक्त साहुले गरेको काम कन्ट्याक्ट् स्वत: खारेज हुने प्रावधान छ र त्यस्ता कागजात रद्ध हुनेछ ।
  • विदेशी कामदारहरुको हकमा भने लागूऔषध कारोवार जस्ता अपराधहरूमा सामेल नभएको, सार्वजनिक मुद्दा नलागेको हुनुपर्छ । यदि कानुनी रूपमा दोषी ठहराइ इटाली छोड्न आदेश दिएकाहरुको लागि भने हाललाई आवेदन दिन नमिल्ने भनिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
काठमाडौंमा रहेका अमेरिकीहरुलाई मंगलबार विमान चार्टर गरेर स्वदेश ल्याईँदै काठमाडौंमा रहेका अमेरिकीहरुलाई मंगलबार विमान चार्टर गरेर स्वदेश ल्याईँदै

२०२६ पुष १७ गते बिहिबार

२९ मार्च, २०२० सुनिल तिवारी / न्यूर्योक । अमेरिकाले...

अमेरिकाको टेक्सासमा नेपाली बालक गाडिभित्रै मृत भेटिए अमेरिकाको टेक्सासमा नेपाली बालक गाडिभित्रै मृत भेटिए

२०७५ चैत्र २४ गते आइतबार

०४ जुलाई, २०१९ टेक्सास । अमेरिकाको टेक्सास राज्यमा परिवासँग...

सरोकारवाला भन्छन् : गुठी विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहन्छ सरोकारवाला भन्छन् : गुठी विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहन्छ

२०२६ पुष १७ गते बिहिबार

१८ जुन, २०१९ काठमाडौं । सम्पदा अभियन्ता पवित्र बज्राचार्य...

धादिङ्गे गायक पारसको ‘जन्मदिनको शुभकामना’ बजारमा धादिङ्गे गायक पारसको ‘जन्मदिनको शुभकामना’ बजारमा

२०७६ फाल्गुन १९ गते सोमबार

०३ फेब्रुअरी, २०२० काठमाडौं । धादिङ् जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित...

Top