Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०
खलंगा । भारतले नेपालीको सिमावर्ती क्षेत्र दार्चुलामा नेपाली भूभागहुँदै मानसरोबर जाने बाटो खोलेलगत्तै उत्पन्न चौतर्फी दबाबपछि सरकारले सो क्षेत्रमा सशस्त्र प्रहरीको बाहिरी सीमा सुरक्षा चौकी स्थापना गरेको छ । २५ जना सशस्त्र प्रहरी रहने सो पोस्टको नेतृत्व सशस्त्र प्रहरीका निरीक्षक लिलीबहादुर चन्दले गरेका छन् ।
दार्चुलाको सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरीको ५० नम्बर गुल्म हेडकार्वटरका निरीक्षक चन्दको नेतृत्वमा रहेको सो प्रहरी पोष्टले सिमा सुरक्षा गर्ने बताइएको छ । पोष्टमा खटिएका सुरक्षाकर्मीका लागि भन्दै सरकारले आजै हेलिकोप्टबाट बन्दोबस्तीका सामान समेत सो क्षेत्रमा पठाएको थियो । सोही क्षेत्रमा नेपाल प्रहरीको ८ जनाको टोलीले पनि सितापुल भन्ने स्थानमा प्रहरी चौकी स्थापना गर्ने तयारी गरेको छ ।

तीब्बतमा अवस्थित चर्चित कैलाश मानसरोबर जानका लागि भारतले कच्ची सडकमार्ग सञ्चालनमा ल्याए सिमा विवाद तीव्र बनेको छ । संसददेखि सडकसम्म सरकारको विरोधमा प्रदर्शन भै रहेका छन् । विगतदेखि नै भारतीय पक्षले सो क्षेत्रमा रहेको सयौं हेक्टर नेपालको जमिन आफ्नो पकडमा लिएर एकतर्फी ढंगले संरचना बनाउँदै आएपनि त्यो फिर्ता ल्याउन सरकारले त्यसमा कुनै प्रभावकारी कदम चालेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कतारबाट रामचन्द्र गिरीले यसरी सम्झिए पालुङ्गटारको सेरोफेरोलाई (भिडियोसहित)
२०७७ फाल्गुन २२ गते शनिबार
नवराज लामिछाने०६ मार्च, २०२१दोहा, कतार । ‘थोरै रहर अनि...
कोरोना संक्रमण बढ्दै गर्दा काठमाडौं जिल्लामा दर्जनौं गतिविधि भदौ १५ सम्मलाई निषेध(विज्ञप्तिसहित)
२०७७ श्रावण ३० गते शुक्रबार
१४ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना...
सर्वोच्चले सरकारलाई भन्यो : जोखिममा रहेका नेपालीको तत्काल उद्दार गर
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल २०२० काठमाडौं । विश्वका विभिन्न देशमा जोखिमपूर्ण...
बेल्जियममा चलचित्र ‘उल्झन’ को प्रिमियर सो (टेलरसहित)
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९एन्त्रोपेन । तेजेन्द्र कँडेलद्वारा निर्मित नेपाली चलचित्र...
Top