Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०
खलंगा । भारतले नेपालीको सिमावर्ती क्षेत्र दार्चुलामा नेपाली भूभागहुँदै मानसरोबर जाने बाटो खोलेलगत्तै उत्पन्न चौतर्फी दबाबपछि सरकारले सो क्षेत्रमा सशस्त्र प्रहरीको बाहिरी सीमा सुरक्षा चौकी स्थापना गरेको छ । २५ जना सशस्त्र प्रहरी रहने सो पोस्टको नेतृत्व सशस्त्र प्रहरीका निरीक्षक लिलीबहादुर चन्दले गरेका छन् ।
दार्चुलाको सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरीको ५० नम्बर गुल्म हेडकार्वटरका निरीक्षक चन्दको नेतृत्वमा रहेको सो प्रहरी पोष्टले सिमा सुरक्षा गर्ने बताइएको छ । पोष्टमा खटिएका सुरक्षाकर्मीका लागि भन्दै सरकारले आजै हेलिकोप्टबाट बन्दोबस्तीका सामान समेत सो क्षेत्रमा पठाएको थियो । सोही क्षेत्रमा नेपाल प्रहरीको ८ जनाको टोलीले पनि सितापुल भन्ने स्थानमा प्रहरी चौकी स्थापना गर्ने तयारी गरेको छ ।

तीब्बतमा अवस्थित चर्चित कैलाश मानसरोबर जानका लागि भारतले कच्ची सडकमार्ग सञ्चालनमा ल्याए सिमा विवाद तीव्र बनेको छ । संसददेखि सडकसम्म सरकारको विरोधमा प्रदर्शन भै रहेका छन् । विगतदेखि नै भारतीय पक्षले सो क्षेत्रमा रहेको सयौं हेक्टर नेपालको जमिन आफ्नो पकडमा लिएर एकतर्फी ढंगले संरचना बनाउँदै आएपनि त्यो फिर्ता ल्याउन सरकारले त्यसमा कुनै प्रभावकारी कदम चालेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पुर्ननिर्माण कार्य समयमै सम्पन्न हुनेमा सरोकार तथा समन्वय समितिको विश्वास
२०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार...
परिवारका १४ जनामा संक्रमित भेटिएपछि मोरङ्गको रंगेली बजार अनिश्चितकालका लागि बन्द
२०७७ श्रावण २० गते मंगलबार
०४ अगस्ट, २०२०विराटनगर, मोरङ्ग । मोरङ्गको रंगेली बजारमा २२...
अमेरिकी राष्ट्रपति बाइडेन एक्कासी पुगे युद्धग्रस्त युक्रेनमा : युक्रेनलाई सहयोग निरन्तर दिने घोषणा
२०७९ फाल्गुन ८ गते सोमबार
२०, फेब्रुअरी, २०२३न्यूयोर्क, अमेरिका । रुसले युक्रेनमाथि आक्रमण शुरु...
देशभर ६०३ जनामा संक्रमण देखिँदा २५४ जना उपत्यकामा
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१काठमाडौं । केहीदिनयता देशभर कोरोना संक्रमितको संख्या...
Top