कोरोनाको त्रासदीकै बीच नेपालमा मध्यरातमा भूकम्प, अबस्था सामान्य

Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार


१२ मे, २०२०
चरिकोट । एकैदिन ८३ जना कोरोना संक्रमित भेटिएपछि एकाएक कोरोनाको सन्त्रास बढेकै दिन नेपालमा आज मध्यरातमा भूकम्प गएको छ । नेपाली समय अनुसार आज राति ११ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार दोलखा जिल्लाको जुगुलाई केन्द्र बनाएर गएको सो भूकम्प ५ दशमलव ३ रेक्टर स्केलको मापन गरिएको छ । भूकम्पको धक्का पश्चिममा पोखरा र पूर्वमा उदयपुरसम्म महशुस भएको थियो । यस्तै भारत र चीनका केही भूभागमा समेत भूकम्पको धक्का महशुस गरिएको बताइएको छ ।

काठमाडौं उपत्यका र आसपासमा पनि भूकम्पको धक्का राम्ररी महशुस भएपछि कतिपय मानिसहरु आत्तिएर मध्यरातमा घर बाहिर निस्केका थिए । कोरोनाका कारण सिँगो देश लकडाउनमा भएका बेला एक्कासी मध्यरातमा भूकम्प गएपछि मानिसहरु त्रसित बनेका छन् ।

आज राति गएको सो भूकम्प २०७२ सालमा गोर्खाको बारपाक केन्द्रबिन्दु बनाएर आएको भूकम्पकै पराकम्पन भएको बताइएको छ । भूकम्पले कुनै जनधनको क्षति भएको जानकारी प्राप्त भएको छैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सप्तरीमा अज्ञात समूहले राखेको एम्बुसमा परी ४ प्रहरी घाइते सप्तरीमा अज्ञात समूहले राखेको एम्बुसमा परी ४ प्रहरी घाइते

२०७४ श्रावण २२ गते आइतबार

०६ अगस्ट, २०१७ काठमाडौं । अज्ञात समूहले प्रहरी सवार...

जेठ १५ सम्म लकडाउन लम्ब्याउन सिफारिस जेठ १५ सम्म लकडाउन लम्ब्याउन सिफारिस

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०काठमाडौं । कोरोना संक्रमणबाट प्रभावित हुने तथा...

बेलायत, माल्टा र आयरल्याण्डबाट नेपालमा लगाइएको उडान प्रतिबन्ध हट्यो, सशर्त यात्रा गर्न अनुमति (विज्ञप्तिसहित) बेलायत, माल्टा र आयरल्याण्डबाट नेपालमा लगाइएको उडान प्रतिबन्ध हट्यो, सशर्त यात्रा गर्न अनुमति (विज्ञप्तिसहित)

२०७७ माघ १५ गते बिहिबार

२८ जनवरी, २०२१वेस्टह्याम, लण्डन । कोरोना संक्रमण रोक्न भन्दै...

High Cost Of A Strong Euro High Cost Of A Strong Euro

२०७७ भाद्र ११ गते बिहिबार

Daniel Gros Europe is experiencing a “good” crisis. Despite...

Top