Best Khabar Team | २०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२०
काठमाडौं। कोरोना भाइरसका कारण भारतले लकडाउन गरेसँगै कामकाज बन्द भएपछि मजदुरीका लागि भारत गएका कपिलबस्तुका १० जना नेपाल फर्कने निधो गरे । भारतको मुम्बई र पञ्जावका विभिन्न स्थानमा मजदुरका रुपमा कामगर्दै आएका उनीहरु जसोजसो सिमावर्ती दशगजा क्षेत्रमा आइपुगे ।
यसबीचमा उनीहरुले विभिन्न हण्डर खाँदै त्यहाँसम्मको यात्रा तय गरिसकेका थिए । त्यसपछि दशगजा क्षेत्रबाट उनीहरुले रातिको समयमा लुकिछिपी प्रहरीको आँखा छलेर नेपाल छिर्ने निधो गरे । नेपालको कपिललबस्तु जिल्लाको बुद्दभूमि नगरपालिका र यशोधरा गाउँपालिकाका उनीहरु ८ दिनअघि मात्रै यो कठिन यात्रा तय गरेर आफ्नो घर गाउँ फर्केका थिए । उनीहरु छिरेलगत्तै गाउँमा हल्ला फैलियो । अनि कोरोनाको क्वारेन्टाइनमा बसे । स्वाब परीक्षण भयो र सोही क्रममा उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भयो ।

भारतमा पछिल्ला दिनहरुमा कोरोना तीब्रगतिमा फैलँदै गएपछि रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरु दुबै देशमा भएको लकडाउनलाई छिचोल्दै र विभिन्न चुनौतीको सामना गर्दै हिँडेरै भएपनि नेपाल फर्कन थालेका छन् । सिमावर्ती कपिलबस्तुका यी १० जना पनि सोही क्रममा जिल्ला प्रवेश गरेका थिए । स्वस्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यसरी लुकिछिपी नेपाल छिरेकामध्ये थप १० जनामा आज कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा अब कोरोना संक्रमितको संख्या १२० जना पुगेको छ ।
ती मध्ये २९ जना निको भएर घर फर्की सकेका छन् । आज थपिएका १० जना नयाँ संक्रमितहरु कलिपबस्तुको बुद्वभूमि नगरपलिका वडा नम्बर ७ र १० का तथा यशोधरा गाउँपालिका वडा नम्बर ५ का १८ देखि ३४ वर्ष उमेर समूहका रहेका छन् । संक्रमित सबैको अवस्था सामान्य रहेको छ । उनीहरुलाई हाल स्थानीय अस्पतालको आइसोलेसनमा राखिएको छ ।
भारतमा यो समाचार तयार पार्दासम्म ६९ हजार २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये २ हजार २ सय १२ जनाको ज्यान गै सकेको छ भने २० हजार ९ सय ६९ जना उपचार पछि घर फर्केका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मंगलबार अमेरिकामा कोरोनाका कारण १४ सयको मृत्यु, न्यूर्योकमा मात्रै ७ सय बढीको ज्यान गयो
२०७६ चैत्र २५ गते मंगलबार
०७ अप्रिल, २०२०न्यूर्योक । अमेरिकामा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण...
काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर)
२०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका...
४८ घण्टापछि बेलायत र फ्रान्सबीच नयाँ सहमति : दुबै देशबीचको सीमा यात्रा खुकुलो
२०७७ पुष ८ गते बुधबार
२३ डिसेम्बर, २०२०पेरिस, फ्रान्स । अन्ततः दुईदेशबीचको सहमतिसँगै फ्रान्स...
यसवर्षको मिस टुरिजमको आवेदन खुल्ला
२०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१९ काठमाडौं । यसवर्षको मिस टुरिजम–२०१९ को...
Top