लकडाउनमा प्रहरीको आँखा छलेर भारतबाट नेपाल छिरेका १० जनामा कोरोना संक्रमण

Best Khabar Team | २०७७ बैशाख २९ गते सोमबार


११ मे, २०२०
काठमाडौं। कोरोना भाइरसका कारण भारतले लकडाउन गरेसँगै कामकाज बन्द भएपछि मजदुरीका लागि भारत गएका कपिलबस्तुका १० जना नेपाल फर्कने निधो गरे । भारतको मुम्बई र पञ्जावका विभिन्न स्थानमा मजदुरका रुपमा कामगर्दै आएका उनीहरु जसोजसो सिमावर्ती दशगजा क्षेत्रमा आइपुगे ।

यसबीचमा उनीहरुले विभिन्न हण्डर खाँदै त्यहाँसम्मको यात्रा तय गरिसकेका थिए । त्यसपछि दशगजा क्षेत्रबाट उनीहरुले रातिको समयमा लुकिछिपी प्रहरीको आँखा छलेर नेपाल छिर्ने निधो गरे । नेपालको कपिललबस्तु जिल्लाको बुद्दभूमि नगरपालिका र यशोधरा गाउँपालिकाका उनीहरु ८ दिनअघि मात्रै यो कठिन यात्रा तय गरेर आफ्नो घर गाउँ फर्केका थिए । उनीहरु छिरेलगत्तै गाउँमा हल्ला फैलियो । अनि कोरोनाको क्वारेन्टाइनमा बसे । स्वाब परीक्षण भयो र सोही क्रममा उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भयो ।

भारतमा पछिल्ला दिनहरुमा कोरोना तीब्रगतिमा फैलँदै गएपछि रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरु दुबै देशमा भएको लकडाउनलाई छिचोल्दै र विभिन्न चुनौतीको सामना गर्दै हिँडेरै भएपनि नेपाल फर्कन थालेका छन् । सिमावर्ती कपिलबस्तुका यी १० जना पनि सोही क्रममा जिल्ला प्रवेश गरेका थिए । स्वस्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यसरी लुकिछिपी नेपाल छिरेकामध्ये थप १० जनामा आज कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा अब कोरोना संक्रमितको संख्या १२० जना पुगेको छ ।

ती मध्ये २९ जना निको भएर घर फर्की सकेका छन् । आज थपिएका १० जना नयाँ संक्रमितहरु कलिपबस्तुको बुद्वभूमि नगरपलिका वडा नम्बर ७ र १० का तथा यशोधरा गाउँपालिका वडा नम्बर ५ का १८ देखि ३४ वर्ष उमेर समूहका रहेका छन् । संक्रमित सबैको अवस्था सामान्य रहेको छ । उनीहरुलाई हाल स्थानीय अस्पतालको आइसोलेसनमा राखिएको छ ।

भारतमा यो समाचार तयार पार्दासम्म ६९ हजार २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये २ हजार २ सय १२ जनाको ज्यान गै सकेको छ भने २० हजार ९ सय ६९ जना उपचार पछि घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

२२ औं फ्लोरा एक्स्पोमा ३५ हजार दर्शक २२ औं फ्लोरा एक्स्पोमा ३५ हजार दर्शक

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी २२...

नेपाल भ्रमणवर्ष २०२० : फोबर्स पत्रिकाले राख्यो नेपाललाई २ विधामा उत्कृष्ट देशको सूचीमा नेपाल भ्रमणवर्ष २०२० : फोबर्स पत्रिकाले राख्यो नेपाललाई २ विधामा उत्कृष्ट देशको सूचीमा

२०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९काठमाडौं । मुलुकमा २० लाख पर्यटक भित्र्या-उने...

विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै

२०८१ पुष २१ गते आइतबार

०६ डिसेम्बर, २०२५ पोखरा । मानव एवं समस्त प्राणीजगतको...

कोरोनाको तेश्रो लहर सामना गर्दै युरोप :अधिकांश देशमा फेरि लकडाउन कोरोनाको तेश्रो लहर सामना गर्दै युरोप :अधिकांश देशमा फेरि लकडाउन

२०७७ चैत्र १३ गते शुक्रबार

२६ मार्च, २०२१लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरमा...

Top