Best Khabar Team | २०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०
काठमाडौं । भारतले नेपाली भूमिहुँदै तिब्बतको कैलाश मानसरोबर जोड्ने सडक एकतर्फीरुपमा सञ्चालन गरेको विरोधमा आजपनि विद्यार्थी संगठनले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंको बानेश्वरमा रहेको संसद भवन, माइतीघर र लैनचौरमा गरेको प्रदर्शनमा सहभागी दर्जनौं विद्यार्थीलाई प्रहरीले पक्रेको छ ।
एकतर्फी रुपमा सञ्चालनमा ल्याएको सो सडक लकडाउनको समयमा भारतीय पक्षले ३ अघि भिडियो कन्फरेन्समार्फत् उद्घाटन गरेपछि त्यसको विरोधमा नेपालीहरुले विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् । विशेष गरी राजनीतिक नेतृत्वलाई दबाब दिन उनीहरुले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन् । प्रहरीले बानेश्वर र लैनचौर क्षेत्रमा भएको प्रदर्शनमा सहभागी ३ दर्जन बढी विद्यार्थीलाई पक्रेको हो ।

पक्राउ परेकाहरुलाई प्रहरीले बानेश्वर र भृकुटीमण्डपमा स्थित प्रहरी कार्यालयमा राखको छ । विद्यार्थीहरुले आजै राजधानीको माइतीघर मण्डलामा पनि प्रदर्शन गरेका छन् । भारतले अक्रिमण गरेको भूमि तत्काल फिर्ता ल्याउन माग गर्दै विद्यार्थी संगठनले माइतीघरमा गरेको प्रदर्शनमा पनि प्रहरीले हस्तक्षेप गरेको छ ।
उनीहरुले तत्काल अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन तथा विगतमा भएका असमान सम्धी सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । विद्यार्थी संगठनले हिजो पनि राजधानीको लैनचौरस्थित भारतीय दुतावास अगाडि र माइतघर मण्डलामा प्रदर्शन गरेका थिए ।त्यस क्रममा पनि ५० भन्दा बढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आफूलाई ज्योतिष भन्दै भूकम्पको भविष्यवाणी गर्ने युवक प्रहरी नियन्त्रणमा
२०७६ जेठ २१ गते मंगलबार
०४ जुन, २०१९ काठमाडौं । मिति तोकेर ठूलो भूईँचालो...
अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु
२०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०काबुल, अफगानिस्तान । अफगानिस्तानको लोगार प्रान्तमा अज्ञात...
सप्तरीमा पहिलो पटक भेटिए कोरोना संक्रमित
२०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२०सप्तरी । तराईका जिल्लामा पछिल्ला दिनहरुमा कोरोना...
आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्हरुको आग्रह
२०७७ श्रावण ३१ गते शनिबार
१५ अगस्ट, २०२०काठमाडौं । देशका विभिन्न भागमा आगामी ४८...
Top