Best Khabar Team | २०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०
काठमाडौं । भारतले नेपाली भूमिहुँदै तिब्बतको कैलाश मानसरोबर जोड्ने सडक एकतर्फीरुपमा सञ्चालन गरेको विरोधमा आजपनि विद्यार्थी संगठनले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंको बानेश्वरमा रहेको संसद भवन, माइतीघर र लैनचौरमा गरेको प्रदर्शनमा सहभागी दर्जनौं विद्यार्थीलाई प्रहरीले पक्रेको छ ।
एकतर्फी रुपमा सञ्चालनमा ल्याएको सो सडक लकडाउनको समयमा भारतीय पक्षले ३ अघि भिडियो कन्फरेन्समार्फत् उद्घाटन गरेपछि त्यसको विरोधमा नेपालीहरुले विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् । विशेष गरी राजनीतिक नेतृत्वलाई दबाब दिन उनीहरुले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन् । प्रहरीले बानेश्वर र लैनचौर क्षेत्रमा भएको प्रदर्शनमा सहभागी ३ दर्जन बढी विद्यार्थीलाई पक्रेको हो ।

पक्राउ परेकाहरुलाई प्रहरीले बानेश्वर र भृकुटीमण्डपमा स्थित प्रहरी कार्यालयमा राखको छ । विद्यार्थीहरुले आजै राजधानीको माइतीघर मण्डलामा पनि प्रदर्शन गरेका छन् । भारतले अक्रिमण गरेको भूमि तत्काल फिर्ता ल्याउन माग गर्दै विद्यार्थी संगठनले माइतीघरमा गरेको प्रदर्शनमा पनि प्रहरीले हस्तक्षेप गरेको छ ।
उनीहरुले तत्काल अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन तथा विगतमा भएका असमान सम्धी सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । विद्यार्थी संगठनले हिजो पनि राजधानीको लैनचौरस्थित भारतीय दुतावास अगाडि र माइतघर मण्डलामा प्रदर्शन गरेका थिए ।त्यस क्रममा पनि ५० भन्दा बढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा पहिलो पटक संघीय संरचना अनुसार एसइईको परीक्षा हुँदै
२०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ काठमाडौं । नेपालको इतिहाँसमा पहिलोपटक संघीय...
धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकाले उता-र्यो विदेशबाट आउनेको सूची, सबै आ-आफ्नै घरको क्वारेन्टाइनमा (नामावलीसहित)
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२०सल्यानटार । धादिङ्गको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी...
किन्डर गार्डेनकी शिक्षिका नम्रतालाई सन् २०२० को मिस नेपालको उपाधि
२०७७ मंशिर २० गते शनिबार
०५ डिसेम्बर, २०२०काठमाडौं । यो वर्षको मिस नेपाल वर्डको...
आगामी बैशाख १८ सम्मका लागि नेपाल आउने सबै विदेशी पर्यटकलाई नेपाल प्रवेशको भिषा बन्द, हवाई र स्थलमार्ग दुबैमा यो नियम लागू हुने
२०७६ चैत्र १ गते शनिबार
१४ मार्च, २०२०काठमाडौं । सरकारले आजराति (आइतबार बिहान १...
Top