कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने ३ लाख नाघ्यो, करिब ४० लाख संक्रमित

Best Khabar Team | २०७७ बैशाख २६ गते शुक्रबार


०८ मे, २०२०
लिंकरोभर बेल्जियम । कोरोना अर्थात् कोभिड १९ को विश्वव्यापी प्रकोपका कारण दैनिक हजारौंले ज्यान गुमाईरहेका छन् । चीनको बुहान प्रान्तबाट गएको डिसेम्बर तेश्रो सातादेखि शुरु भएको कोरोनाले करिब ५ महिनाको यस अवधिमा पौने तीनलाख मानिसको जीवनलिला समाप्त पारिदिएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाका कारण २ लाख ७५ हजार ७५ जनाको ज्यान कोरोनाकै कारण गै सकेको छ ।

कोरोनाका कारण अहिलेसम्म विश्वभर करिब ४० लाखको हाराहारीमा मानिसहरु संक्रमित भै सकेका छन् । कोरोनाको सबैभन्दा बढी असर अमेरिकामा परेको छ । अमेरिकामा कोरोनाका कारण हालसम्म ७८ हजार २ सय ५० जनाको ज्यान गएको छ भने १३ लाख १४ हजार २ सय ९५ जना संक्रमित बनेका छन् । यस्तै युरोपेली मुलुकहरु स्पेन, इटली, फ्रान्स जर्मनीमा पनि कोरोनाको संक्रमण तीब्र बनेको छ ।

स्पेनमा कोरानाका कारण शुक्रबार साँझ स्थानीय समय अनुसार राती साढे ९ बजेसम्म २६ हजार २ सय ९९ जनाको ज्यान गै सकेको छ । स्पेनमा हालसम्म २ लाख ६० हजार १ सय १७ जना कोरोना संक्रमित बनेका छन् । यस्तै इटलीमा संक्रमितको संख्या २ लाख १७ हजार १ सय ८५ पुगेको छ । इटलीमा हालसम्म ३० हजार २ सय १ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् । इटलीपछि बेलायतमा सबैभन्दा बढी संक्रमित देखिएका छन् ।

बेलयातमा हालसम्म २ लाख ११ हजार ३ सय ६४ जना संक्रमण भेटिएका छन् । ती मध्ये ३१ हजार २ सय ४१ जनाको ज्यान कोरोनाले लिएको छ । यस्तै मानवीय क्षतिको हिसावले बेलायतपछि युरोपेली देश फ्रान्स अग्रस्थानमा रहेको छ । फ्रान्समा कोरोना भाइरसको संक्रमणकै कारण हालसम्म २६ हजार २ सय ३० जनाको ज्यान गै सकेको छ । तर संक्रमितको संख्याको आधारमा फ्रान्सलाई रुसियाले जितेको छ ।

रसियामा हालसम्म १ लाख ८७ हजार ८ सय ५९ जना संक्रमित भेटिएका छन् । रसियामा यो समाचार तयार गर्दासम्म १ हजार ७ सय २३ जनाले ज्यान गुमाएका छन् । यस्तै जर्मनीमा हालसम्म १ लाख ७० हजार १ सय १४ जना संक्रमित भेटिएका छन् । जर्मनीमा कोरोनाका कारण ७ हजार ४ सय ४५ जनाको ज्यान गै सकेको छ ।

जर्मनीपछि संक्रमितको हिसावले ब्राजिल, टर्की, इरान, चाइना, क्यानडा, भारत, पेरु, बेल्जियम, नेदरल्याण्ड, साउदी अरेविया, इक्वेडर, स्वीट्जरल्याण्ड, मेक्सिको, पोर्चुगल पाकिस्तानलगायतका देशहरु अगाडि रहेका छन् । कोरोनाका कारण यतिबेला विश्वभर पर्यटकीय गतिविधि ठप्प छ । यस्तै कतिपय देशहरुमा उद्योगधन्दा बन्द हुँदा आर्थिक गतिविधिहरु ठप्प छ । जसका कारण विश्वभर खबौंको क्षति पुगेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

गैर आवासीय नेपाली संघमा कम्युनिष्ट निकटको वर्चस्व, अध्यक्षमा पन्त विजयी गैर आवासीय नेपाली संघमा कम्युनिष्ट निकटको वर्चस्व, अध्यक्षमा पन्त विजयी

२०७६ कार्तिक १ गते शुक्रबार

१८ अक्टोबर २०१९ काठमाडौं । गैर आवासीय नेपाली संघ...

निलकण्ठ शोकमा, आज सार्वजनिक विदा निलकण्ठ शोकमा, आज सार्वजनिक विदा

२०७६ माघ ८ गते बुधबार

२२ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध ढोला मण्डली...

धर्मगूरु रामबहादुर बम्जन ३ वर्षको ‘महा ध्यान’मा बसेको  दाबी धर्मगूरु रामबहादुर बम्जन ३ वर्षको ‘महा ध्यान’मा बसेको दाबी

२०७६ असार १९ गते बिहिबार

०४ जुलाई, २०१९ काठमाडौं । धर्मगुरु रामबहादुर बम्जन तीन...

अस्ताए बरिष्ठ गीतकार भैरबनाथ रिमाल अस्ताए बरिष्ठ गीतकार भैरबनाथ रिमाल

२०७७ पुष २५ गते शनिबार

२१ जनवरी, २०२१काठमाडौं । बरिष्ठ गीतकार भैरबनाथ रिमालको आज...

Top