भारतमा लिगमा सुतिरहेका १६ मजदुरको रेलले किचेर मृत्यु, रोटी लिएर यात्रा गरेका थिए मजदुरले…

Best Khabar Team | २०७७ बैशाख २६ गते शुक्रबार


०८ मे, २०२०
नयाँदिल्ली । भारतमा रेलले किचेर १६ जना मजदुरको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार भारतमा जारी लकडाउनको चपेटमा परेका मजदुरहरु हिँडेरै घर जाने क्रममा स्थानीय औरंगाबादमा रेलको लिगमा बास बसेका थिए । बिहान ५ बजेतिर मजदुर सुतिरहेका बेला एक्कासी आएको रेलले किच्दा उनीहरुको घटनास्थमै ज्यान गएको हो ।

मजदुरहरुले बाटोमा खानको लागि ल्याएको रोटी दुर्घटनापछि रेलको लिकमा छरिएको अवस्थामा ।

रेलको लिगमा सुतिरहेका बेला एक्कासी रेल उनीहरुको शरीरमाथिबाट गुडेको थियो । महाराष्ट्रमा भएको सो घटनामा अरु ५ जना घाइते भएका छन् । स्थानीय स्टील कारखानामा कार्यरत २१ जना मजदुरहरु लकडाउनको प्रभावका कारण हिँडेरै आफ्नो घर तर्फ लागेका थिए । रेलको लिगमै बास बसेका बेला बिहान सबेरै सो घटना भएको हो ।

लकडाउनका बाबजूत गन्तव्यमा निस्केका कारण सम्भावित चुनौतीलाई समना गर्न उनीहरुले रोटी बोकेर यात्रा गरेका थिए । दुर्घटनापछि रेलको लिगमा भेटिएको रोटीले यसलाई पुष्टि गरेको छ । यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरसल भएको छ ।

बिहान ५ बजेतिर भएको सो घटनामा घाइते ५ जनाको स्थानीय महाराष्ट्र अस्पतालमा उपचार भै रहेको छ । घटनाको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दुःख व्यक्त गर्दै घाइतेको उपचार तथा मृतकका परिवारलाई उचित राहत दिन रेलमन्त्रीलाई निर्देशन दिइसकेका छन् ।

तर भारतीय रेलमन्त्रीले भने रेलका चालकले लिगमा मजदुरहरु सुतेका देखेर रेल रोक्न खोजेको भएपनि रेल तीव्र गतिमा रहेका कारण नियन्त्रण गर्न नसकिएको प्रतिक्रिया दिएका छन् । भारतमा आगामी मे १७ तारिखसम्मका लागि लकडाउन लम्बिएपछि मजदुरहरु हप्तौ लगाएर हिँडेरै आफ्नो घर गाउँ फर्कन थालेका छन् ।

मृतक सबै भारतको महाराष्ट्र जिल्लाका छन् । घटनाको स्थानीय वासिन्दाले तीब्र विरोध जनाएका छन् । दैनिक उपभोग्य सामग्री लिएर आएको सो मालबाहक रेलका चालकलाई नियन्त्रणमा लिएर अहिले प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते पाइलट सेढाईलाई थप उपचारका लागि भारत लगियो हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते पाइलट सेढाईलाई थप उपचारका लागि भारत लगियो

२०८० आश्विन २८ गते आइतबार

१५ अक्टोबर, २०२३काठमाडौं । हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका...

पूर्वसभामुख महरा थुनामुक्त पूर्वसभामुख महरा थुनामुक्त

२०७६ फाल्गुन ५ गते सोमबार

१७ फेब्रुअरी, २०२०काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी...

नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि झर्यो पहिरो, सडक पूर्वरुपमा अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि झर्यो पहिरो, सडक पूर्वरुपमा अवरुद्ध

२०७७ असार ३ गते बुधबार

१७ जुन, २०२०रामनगर, चितवन । अविरल वर्षात्का कारण गएको...

सरकारको निर्णय : बैशाख ३१ सम्म सीमा नाका बन्द, कोरिया जाने कामदार  अब नरोकिने सरकारको निर्णय : बैशाख ३१ सम्म सीमा नाका बन्द, कोरिया जाने कामदार अब नरोकिने

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी बैशाख ३१ गते...

Top