Best Khabar Team | २०७७ बैशाख २५ गते बिहिबार

०७ मे, २०२०
तौलिहवा । नेपालको कपिलबस्तु जिल्लामा पहिलो पटक कोरोना संक्रमणको विरामी भेटिएका छन् । राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणका क्रममा कपिलबस्तुका दुई पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै देशभर कोरोना (कोभिड १९) बाट संक्रमित हुनेको संख्या १ सय नाघेको छ ।
कपिलबस्तुमा आज थप २ जनामा कोरोना संक्रमण भेटिएसँगै कुल कोरोना संक्रमितको संख्या १ सय १ पुगेको हो । कपिलबस्तुमा १६ र २२ वर्षका दुईजना युवकमा कोरोन संक्रमण भेटिएको र उनीहरु हाल चिकित्सकको सम्पर्कमा आइसकेको बताइएको छ । संक्रमितको अवस्था सामान्य रहेको छ । नेपालमा यसअघि ९९ जनामा कोरोना संक्रमण भेटिएकोमा आज थप २ जना गरी कुल १ सय १ जनामा कोरोना सक्रमण भेटिएको छ ।
कपिलबस्तुसँगको छिमेकी जिल्ला रुपन्देहीमा भने यसअघि नै कोरोना संक्रमित भेटिएका थिए । यसैबीच वीराटनगरमा उपचाररत ८ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् उनीहरुलाई अस्पतालले डिस्चार्जको तयारी गरेको छ । तर आज साँझ अबेर भएकोले भोलि बिहानै उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिने अस्पताल स्रोतको भनाई छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पछिल्लो २४ घण्टाको कोरोना तथ्यांक : २९०९ जना नयाँ संक्रमित थपिए, १८ को मृत्य, ४५ सय बढी कोरोना मुक्त
२०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...
सप्तरीमा अज्ञात समूहले राखेको एम्बुसमा परी ४ प्रहरी घाइते
२०७४ श्रावण २२ गते आइतबार
०६ अगस्ट, २०१७ काठमाडौं । अज्ञात समूहले प्रहरी सवार...
अर्घाखाँचीको भूमिकास्थानमा बाटो खनेको १५ वर्षपछि बस पुग्यो
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकास्थित...
दैलेखमा १० दिनअघि भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, कोरोनाको आशंका
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०दुल्लु, दैलेख । भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै...
Top