Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार

०६, मे, २०२०
लिंकरोभर, बेल्जियम । युरोपेली मुलुक साइप्रसमा सामान्य विवादमा एक नेपालीले अर्का नेपालीको छुरा प्रहार गरी हत्या गरेका छन् । साइप्रसको निकोसिया भन्ने ठाउँमा एउटै कोठामा बस्दै आएका सिन्धुपाल्चोकका एक युवकले चितवनका अर्का युवकलाई छुरा प्रहार गरी हत्या गरेका हुन् । हत्या गरेपछि हत्याराले प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गरेका छन् । साइप्रसको निकोसियाको इभ्रिचिउमा बस्दै आएका स्थायी घर चितवन भएका विवेक अमगाईको छुरा प्रहारबाट ज्यान गएको हो ।
उनलाई घटनास्थलबाट उद्दार गरेर अस्पताल लैजाँदै गर्दा बाटैमा निधन भएको बताइएको छ । घटनामा गिरी थरका एक युवक सहभागी भएको भनिएपनि उनको वास्तविक नाम खुल्न सकेको छैन । उनले प्रहरी कार्यालयमा गएर आत्मसमर्पण गरिसकेका छन् । उनीहरु गएराति आफ्नै कोठामा रक्सी खाएर सामान्य विवादमा उत्रिएका थिए ।

घरायसी अर्थात् कोठासफा गर्ने विषयमा भएको विवादले झडपको रुप लिँदा गिरीले अमगाईमाथि छुरा हानेको घटनास्थलमा पुगेका नेपालीहरुले बताएका छन् । घटना भएको घरमा १० जना नेपालीहरु बस्दै आएका छन् । मृतक अमगाई २१ वर्षका रहेका छन् भने गिरी २२ वर्षका रहेका छन् । उनीहरु दुबै करिब २ वर्ष अघि विद्यार्थी भिषामा साइप्रस आएका थिए ।

३ वर्षअघि युरोपेली मुलुक पोर्चुगलमा धादिङ्गका एक युवकले कामको विषयमा विवाद हुँदा पर्वतका अर्का युवकलाई चक्कु प्रहार गरी हत्या गरेका थिए । हत्याका आरोपी हाल पोर्चुगलको जेलमा रहेका छन् । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘कोरोना अझै केही समय रहन सक्छ, आवश्यक सावधानी अपनाऊँ’ : प्रधानमन्त्री ( सम्बोधनको पूर्णपाठसहित)
२०७७ जेठ १२ गते सोमबार
२५ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना...
बेल्जियममा नेपाल महोत्सव आयोजना गरिँदै
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ब्रसेल्स । ‘नेपाली कला संस्कृतिको संरक्षण गरौं,...
चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु
२०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२० घोराही । दाङ्गमा आज दिउँसो फरक...
ठमेललाई पुरानै लयमा फर्काउने अभियानमा लाग्यो ‘ठमेल पर्यटन विकास परिषद्’
२०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट...
Top