अन्तर्राष्ट्रीय उडान रोक्ने समयसिमा पनि थपियो, अब मे ३० सम्म अन्तर्राष्ट्रीय उडान नहुने

Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार


०६ मे, २०२०
काठमाडौं । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि सरकारले अन्तर्राष्ट्रीय  उडान रोक्नका लागि तोकेको समय सिमा थप गरेको छ । कोरोना संक्रमण उच्चस्तरीय समितिको सिफासिरसमा सरकारले आगामी जेठ१८ गतेसम्म ( मे ३०) का लागि विदेशबाट यात्रु लिएर आउने कुनैपनि यात्रुबाहक उडान तथा नेपालबाट बाहिर जाने (चार्टर बाहेक) विमानहरुमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको हो ।

यसअघि सरकारले जेठ २ गतेसम्मका लागि अन्तर्राष्ट्रीय  उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर छिमेकी मुलुक भारतलगायत विश्वका अधिकांश देशमा अहिलेपनि कोरोना भाइरस नियन्त्रण बाहिर रहेको भन्दै तत्काल हवाई उडान रोक्ने निर्णय गरेको हो । यस अवधिमा पनि नेपालमा अलपत्र परेका विदेशी नागरिक लिनका लागि आउने चार्टर विमानहरु तथा नेपालबाट अत्यावश्यक सामग्री लिन विदेश जाने विमानहरुले उडान भर्न पाउनेछन् ।

नेपालमा पहिलो चरणमा देखिएका सबै कोरोना संक्रमितहरु विदेशबाटै आएकाहरु भएकोले पनि अन्र्तराष्ट्रिय उडानमा थप कडाई गर्दै जेठ १८ सम्मको समयसिमा लम्ब्याइएको मन्त्रीपरिषद् स्रोतको भनाई छ । यसैबीच सरकारले सीमा क्षेत्रको नाकाबन्दी पनि आगामी जेठ १८ सम्मका लागि थप गरेको जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

युरोपको पोर्चुगलमा कोरोना संक्रमण तथा मृत्युदर अत्यन्तै उच्च, प्रधानमन्त्री भन्छन् : स्थिति भयानक भयो युरोपको पोर्चुगलमा कोरोना संक्रमण तथा मृत्युदर अत्यन्तै उच्च, प्रधानमन्त्री भन्छन् : स्थिति भयानक भयो

२०७७ माघ १५ गते बिहिबार

२८ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । पछिल्ला केहीदिनयता युरोपेली मुलुक...

प्राथमिकताका आधारमा विदेशमा रहेका नेपाली स्वदेश ल्याइने : पहिलो चरणमा २५ हजारलाई फर्काईँदै प्राथमिकताका आधारमा विदेशमा रहेका नेपाली स्वदेश ल्याइने : पहिलो चरणमा २५ हजारलाई फर्काईँदै

२०७७ जेठ १६ गते शुक्रबार

२९ मे, २०२०काठमाडौं । कोरोनाको संक्रमण (कोभिड १९) का...

बाग्लुङ्गमा भीषण दुर्घटना, १४ को मृत्यु, ३ घाइते, १ वेपत्ता बाग्लुङ्गमा भीषण दुर्घटना, १४ को मृत्यु, ३ घाइते, १ वेपत्ता

२०७६ मंशिर १७ गते मंगलबार

०३ डिसेम्बर, २०१९काठमाडौं । पश्चिम नेपालको बाग्लुङ्ग जिल्लामा आज...

५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह ५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

२०७७ श्रावण २ गते शुक्रबार

१७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरुभएसँगै देशका विभिन्न भागमा...

Top