Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०
काठमाडौं । ललितपुरको पाटन अस्पतालमा कोरोनाको उपचार गरी निको भएर घर फर्केका काठमाडौंका एक पुरुषमा फेरि कोरोना संक्रमण देखिएको छ । अस्पताल स्रोतका अनुसार गत चैत्र ५ गते बेलायतबाट आफ्नी आमासँगै काठमाडौं आएका ती पुरुषमा कोरोना संक्रमण देखिएपछि पाटन अस्पतालमा राखेर उपचार गरिएको थियो । उनले आफूमा कोरोना संक्रमण देखिएपछि १० दिनसम्म अस्पताल बसेर उपचार गराएका थिए ।

पछि उनको स्वाब परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएपछि चिकित्सकले उनलाई अस्पतालबाट डिस्चार्ज गरिदिएका थियो । उनी गएको बैशाख ११ गते अस्पतालबाट डिस्चार्ज भएपछि नियमित रुपमा घरमै बस्दै आएका थिए । तर चिकित्सकहरुले एकसातापछि फेरि चेकजाँचका लागि आउन सुझाव दिएसँगै उनी हिजो अस्पताल पुगेका थिए । उनको पुनः स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतको भनाई छ ।
स्वाब परीक्षणका क्रममा फेरि कोरोना देखिएपछि उनलाई पाटन अस्पतालकै आइसोलेसन वार्डमा राखेर पुनः उपचार थालिएको छ । उनीसँगै निको भएर उनको घरमा गएकी आमाको भने रिपोर्ट आइनसकेको बताइएको छ । चैत्र ५ गते ५२ वर्षका ती पुरुष र ८१ वर्षकी उनकी आमा बेलायतबाट काठमाडौं आएका थिए । चेकजाँचका क्रममा गत बैशाख १ गते उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा बायु प्रदुषको प्रभाव : भोलिदेखि देशभरका विद्यालय ५ दिन बन्द
२०७७ चैत्र १६ गते सोमबार
२९ मार्च, २०२१काठमाडौं । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकासहित देशभर...
३ दिनको अस्पताल बसाईपछि अमेरिकी राष्ट्रपति ट्रम्प ह्वाईट हाउस फर्किए, होम आइसोलेसनबाटै चुनाव प्रचारमा जुट्ने
२०७७ आश्विन २० गते मंगलबार
०६ अक्टोबर, २०२०न्यूर्योक, अमेरिका । दोश्रो कार्यकालका लागि पनि...
पोखरामा ७२ जना सवार यात्रुबाहक विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । निजी बायुसेवा निगम एति...
यी अभागी डाक्टर, जसले दिए कोरोना बारे पहिलो जानकारी, उनैलाई लग्यो कोरोनाले…
२०७६ माघ २३ गते बिहिबार
०६ फेब्रुअरी, २०२० बेइजिङ्ग । ३ महिनाअघिसम्म कोरोना भाईरसको...
Top