Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०
काठमाडौं । ललितपुरको पाटन अस्पतालमा कोरोनाको उपचार गरी निको भएर घर फर्केका काठमाडौंका एक पुरुषमा फेरि कोरोना संक्रमण देखिएको छ । अस्पताल स्रोतका अनुसार गत चैत्र ५ गते बेलायतबाट आफ्नी आमासँगै काठमाडौं आएका ती पुरुषमा कोरोना संक्रमण देखिएपछि पाटन अस्पतालमा राखेर उपचार गरिएको थियो । उनले आफूमा कोरोना संक्रमण देखिएपछि १० दिनसम्म अस्पताल बसेर उपचार गराएका थिए ।

पछि उनको स्वाब परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएपछि चिकित्सकले उनलाई अस्पतालबाट डिस्चार्ज गरिदिएका थियो । उनी गएको बैशाख ११ गते अस्पतालबाट डिस्चार्ज भएपछि नियमित रुपमा घरमै बस्दै आएका थिए । तर चिकित्सकहरुले एकसातापछि फेरि चेकजाँचका लागि आउन सुझाव दिएसँगै उनी हिजो अस्पताल पुगेका थिए । उनको पुनः स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतको भनाई छ ।
स्वाब परीक्षणका क्रममा फेरि कोरोना देखिएपछि उनलाई पाटन अस्पतालकै आइसोलेसन वार्डमा राखेर पुनः उपचार थालिएको छ । उनीसँगै निको भएर उनको घरमा गएकी आमाको भने रिपोर्ट आइनसकेको बताइएको छ । चैत्र ५ गते ५२ वर्षका ती पुरुष र ८१ वर्षकी उनकी आमा बेलायतबाट काठमाडौं आएका थिए । चेकजाँचका क्रममा गत बैशाख १ गते उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ताईवानका बायुसेना प्रमुखको हेलिकप्टर दुर्घटनामा परी निधन
२०७६ पुष १७ गते बिहिबार
०२, जनवरी, २०२० ताईपेइ । ताईवानका बायुसेना प्रमुखको हेलिकोप्टर...
अर्घाखाँचीको भूमिकास्थानमा बाटो खनेको १५ वर्षपछि बस पुग्यो
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकास्थित...
भारतमा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरुमाथि सांघातिक हमला, दर्जनौं विद्यार्थी घाइते (भिडियोसहित)
२०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० नयाँदिल्ली । भारतको चर्चित जवाहरलाल नेहरु...
लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०काठमाडौं । गत चैत्र ५ गतेदेखि मलुकभर...
Top