काठमाडौं छिर्ने सबै नाकामा विशेष कडाई, अत्यावश्यकबाहेक अरुलाई प्रवेश निधेष

Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार


०५ मे, २०२०
काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने ६ वटै नाकामा विशेष कडाई शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले काठमाडौं उपत्यका छिर्ने ६ वटा नाकामा कडाई गरेको हो । यसका लागि उपत्यका छिर्ने नाकामा थप सुरक्षाकर्मी राखेर चेकजाँच तीव्र पारिएको छ । सरकारी स्रोतका अनुसार विरामी बोकेर आएका एम्बुलेन्स, अति आवश्यक कामका लागि काठमाडौं आएका बाहेक अरु कसैले पनि पास लिएरै पनि काठमाडौं प्रवेश गर्न नपाउने भएका छन् ।

लकडाउन जारी रहेको अहिलको अवस्थामा सरकारले अत्यावश्यक अत्यावश्यक कामको विभिन्न तह निर्धारण गरेको छ । विगतमा राजनीतिक दल र पावरको चरम दुरुपयोग गरी सवारी पास लिएकाहरुले सोही पास लिएर काठमाडौं छिर्ने क्रम तीब्र पारेपछि सरकारले यो निर्णय गरेको हो । यस्तै कतिपयले स्थानीय तहबाट सवारी पास लिएर काठमाडौं छिर्न थालेपछि सरकारले सुरक्षाकर्मीलाई विशेष सतर्क रहन र राम्रोसँग चेकजाँच गरेर मात्रै उनीहरुलाई आवश्यक भएमात्रै काठमाडौं प्रवेश गर्न दिने निर्णय गरेको हो । यो सँगै अब अत्यावश्यक कामले काठमाडौं आएका र अत्यावश्यक सेवा प्रवाह गर्ने गाडीहरु प्रवेश गर्न पाउने भएका छन् ।

तराईका जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि अहिले विभिन्न समूह गाडी रिर्जभ गरेर काठमाडौं आउने क्रम बढेपछि सम्भावित जोखिम बढ्न नदिन सरकारले यो निर्णय गरेको हो । विशेष गरी काठमाडौं छिर्ने नागढुंगा, मुड्खु, फर्पिङ्ग दक्षिणकाली, शिवपुरी, साँगा, जहरसिंहपौवा, र कात्तिके नाकामा विशेष सुरक्षा सावधानी अपनाईएको सरकारको भनाई छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा नाका कडाई नगरिए र पास बोकेका सबै सवारी साधनलाई काठमाडौं छिर्न दिए जोखिम बढ्ने भन्दै यसलाई कडाई गर्नुपर्ने माग उठेको थियो ।

समितिको बैठकलगत्तै सरकारले यस विषयमा सुरक्षाकमीको ध्यानाकर्षण गराएको बुझिएको छ । केहीदिन अघि जनकपुर, बारालगायतका जिल्लाबाट गाडी रिजर्भ गरेर मानिसहरु काठमाडौं आएसँगै कोरोना फैलनसक्ने सम्भावित जोखिमलाई देखेर सरकारले यो निर्देशन दिएको हो । कतिपय गाडीहरुलाई प्रहरीलेले नाकाबाटै फकाईदिएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

गतवर्ष भन्दा १ सय मेट्रिक टन बढी कन्दमुल काठमाडौं भित्रि-यो, भारबाट तरुल बढी आयात गतवर्ष भन्दा १ सय मेट्रिक टन बढी कन्दमुल काठमाडौं भित्रि-यो, भारबाट तरुल बढी आयात

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० काठमाडौं । विशेषत हिन्दुहरुले मनाउने माघे...

कोरोनाको करिब ७ महिने ताण्डव : विश्वभर ज्यान गुमाउनेको संख्या ६ लाख नाघ्यो (बढी प्रभावित विश्वका १० देशको तथ्यांक सहित) कोरोनाको करिब ७ महिने ताण्डव : विश्वभर ज्यान गुमाउनेको संख्या ६ लाख नाघ्यो (बढी प्रभावित विश्वका १० देशको तथ्यांक सहित)

२०७७ श्रावण ३ गते शनिबार

१८ जुलाई, २०२०काठमाडौं । गएको डिसेम्बर तेश्रो साता चीनको...

विमानस्थलमा सुन तस्करीको नयाँ शैली, पेटदेखि मलद्वारसम्म सुनैसुन विमानस्थलमा सुन तस्करीको नयाँ शैली, पेटदेखि मलद्वारसम्म सुनैसुन

२०७६ पुष २० गते आइतबार

०५ जनवरी, २०२० काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र...

वीरगञ्जमा युवतीको शंकास्पद मृत्यु ! वीरगञ्जमा युवतीको शंकास्पद मृत्यु !

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । पर्साको वीरगञ्जमा एक ‘शंकास्पद कोरोना...

Top