युरोपेली मुलुक साइप्रसमा नेपालीले गरे नेपालीको हत्या ((प्रत्यक्षदर्शीको बयानसहित)

Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार


मृतक अमगाई

०६, मे, २०२०
लिंकरोभर, बेल्जियम । युरोपेली मुलुक साइप्रसमा सामान्य विवादमा एक नेपालीले अर्का नेपालीको छुरा प्रहार गरी हत्या गरेका छन् । साइप्रसको निकोसिया भन्ने ठाउँमा एउटै कोठामा बस्दै आएका सिन्धुपाल्चोकका एक युवकले चितवनका अर्का युवकलाई छुरा प्रहार गरी हत्या गरेका हुन् । हत्या गरेपछि हत्याराले प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गरेका छन् । साइप्रसको निकोसियाको इभ्रिचिउमा बस्दै आएका स्थायी घर चितवन भएका विवेक अमगाईको छुरा प्रहारबाट ज्यान गएको हो ।

उनलाई घटनास्थलबाट उद्दार गरेर अस्पताल लैजाँदै गर्दा बाटैमा निधन भएको बताइएको छ । घटनामा गिरी थरका एक युवक सहभागी भएको भनिएपनि उनको वास्तविक नाम खुल्न सकेको छैन । उनले प्रहरी कार्यालयमा गएर आत्मसमर्पण गरिसकेका छन् । उनीहरु गएराति आफ्नै कोठामा रक्सी खाएर सामान्य विवादमा उत्रिएका थिए ।

घटनास्थलमा घाइते अचेत अवस्थामा भेटिएको अमगाईको तस्वीर ।

घरायसी अर्थात् कोठासफा गर्ने विषयमा भएको विवादले झडपको रुप लिँदा गिरीले अमगाईमाथि छुरा हानेको घटनास्थलमा पुगेका नेपालीहरुले बताएका छन् । घटना भएको घरमा १० जना नेपालीहरु बस्दै आएका छन् । मृतक अमगाई २१ वर्षका रहेका छन् भने गिरी २२ वर्षका रहेका छन् । उनीहरु दुबै करिब २ वर्ष अघि विद्यार्थी भिषामा साइप्रस आएका थिए ।

घटनास्थल साइप्रसको इभ्रिचिउ गाउँ र इन्सेटमा मृतक अमगाईको तस्वीर ।

३ वर्षअघि युरोपेली मुलुक पोर्चुगलमा धादिङ्गका एक युवकले कामको विषयमा विवाद हुँदा पर्वतका अर्का युवकलाई चक्कु प्रहार गरी हत्या गरेका थिए । हत्याका आरोपी हाल पोर्चुगलको जेलमा रहेका छन् । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

भिडियो साभार : Chefno TV


Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

यसरी रमाईन् बेल्जियमकी राजकुमारी भक्तपुर दरबार क्षेत्रमा (फोटोफिचर) यसरी रमाईन् बेल्जियमकी राजकुमारी भक्तपुर दरबार क्षेत्रमा (फोटोफिचर)

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०भक्तपुर । नेपाल भ्रमणका क्रममा रहेकी बेल्जियमकी...

फेरियो विदेशबाट हुने उद्दारको उडान तालिका (नयाँ तालिकासहित) फेरियो विदेशबाट हुने उद्दारको उडान तालिका (नयाँ तालिकासहित)

२०७७ असार ३ गते बुधबार

१७ जुन, २०२०काठमाडौं । सरकारले विश्वका विभिन्न देशमा रहेका...

भारतमा कोरोना : संक्रमित २१ हजार नाघे, मृतक ६ सय ८१ भारतमा कोरोना : संक्रमित २१ हजार नाघे, मृतक ६ सय ८१

२०७७ बैशाख ११ गते बिहिबार

२४ अप्रिल, २०२०नयाँदिल्ली । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...

अस्ताए बरिष्ठ गीतकार भैरबनाथ रिमाल अस्ताए बरिष्ठ गीतकार भैरबनाथ रिमाल

२०७७ पुष २५ गते शनिबार

२१ जनवरी, २०२१काठमाडौं । बरिष्ठ गीतकार भैरबनाथ रिमालको आज...

Top