Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०
वेस्टह्याम, लण्डन । कोरोनाको संक्रमणबाट बेलायतमा पछिल्लो पटक थप एक नेपालीको निधन भएको छ । स्थायी घर नेपालको पर्वत जिल्लाको फलेवास नगरपालिका -८ ठानामौला चारभञ्ज्याङ्ग भएका समाजसेवी नारायण गुरुङ्गको स्थायीय समय अनुसार हिजो दिउँसो निधन भएको हो । केहीसाता यता कोरोनाको लक्षण देखिएपछि गुरुङ्गको लण्डनस्थित ननिटनको जर्ज इलिएट अस्पतालमा उपचार भै रहेको थियो ।

उपचारका क्रममा आइसियुमा रहेका उनको हिजो दिउँसो ज्यान गएको तमु धिं यूकेले जानकारी दिएको छ । स्वर्गीय गुरुङ्ग परिवारसहित विगत लामो समयदेखि अल्डरशटमा बसोबास गर्दै आइरहेका थिए । बेलायतमा रहेका नेपालीहरु माझ अत्यन्तै असल र सामाजसेवी व्यक्तित्वको रुपमा स्वर्गीय गुरुङ्ग रहेका थिए । उनले बेलायतमा गठित धेरै नेपाली संघ संस्थामा सक्रिय रुपमा कार्यगर्दै आइरहेका थिए ।
उनले आफ्नो गाउँमा पनि विभिन्न विकास निर्माण तथा अन्य सामाजिक सहयोग गर्दै आइरहेका थिए । यस्तै उनी पर्वत वेलफेयर सोसाइटी युकेका सल्लाहकार तथा चार भञ्ज्याङ्ग समाजका संरक्षक समेत रहेका थिए ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
असारे झरीले भत्कियो काठमाडौंको सदरखोर
२०७७ असार ६ गते शनिबार
२० जुन, २०२०काठमाडौं । निरन्तरको बर्षाको कारण काठमाडौंको डिल्लीबजारमा...
रसियाको कुरिरमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प
२०७६ चैत्र १२ गते बुधबार
२५ मार्च, २०२० मस्को । विश्वमा कोरोना भाइरसले प्रकोपको...
तत्काल सार्वजनिक गाडी सञ्चालन गर्न सक्दैनौं : यातयात व्यवसायी
२०७७ असार २६ गते शुक्रबार
१० जुलाई, २०२०काठमाडौं । सरकारले तत्काल देशभरका यातयात व्यवसायीलाई...
धादिङ्गका प्रशेष पाण्डेले जिते भ्वाइस अफ नेपाल छैटौं सिजनको उपाधि
२०८२ बैशाख १९ गते शुक्रबार
०२ मे, २०२५काठमाडौ । काठमाडौंमा जारी भ्वाईस अफ नेपाल...
Top