Best Khabar Team | २०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१९
काठमाडौं । यसवर्षको मिस टुरिजम–२०१९ को आवेदन असार ६ गते शुक्रवारवाट खुल्ला गरिएको छ । मिस टुरिजमको आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.ले पत्रकार सम्मेलनको आयोजना गरि यस वर्षको मिस टुरिजमको आवेदन खुल्ला भएको जनाएको छ ।
प्वाईन्ट मिडियाले सन् २०१६ देखि नेपालमा मिस टुरिजमको आयोजना गर्दै आईरहेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने, सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले “मिस टुरिजम–२०१९” को आयोजना गरिएको प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले वताए । यो कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनेछ भन्ने विश्वास आयोजकको छ ।
आगामी श्रावण २५ ( अगस्ट १०) का दिन आयोजना हुने “मिस टुरिजम–२०१९” का लागी असार ६ गते शुक्रवारवाट देशभर आवेदन खुल्ला गरिएको हो । १८ देखि २५ वर्ष उमेर समुहका अविवाहित नेपाली महिलाहरुले आगामी असार २० गते सम्म आवेदन दिन पाउने प्रबन्ध निर्देशक काफ्लेले वताए । आवेदन दिने मिति सकिएपश्चात काठमाडौंका साथै पर्यटकियस्थलहरु पोखरा र चितवनमा समेत अडिसन लिईने छ ।
मिस टुरिजम–२०१९ लाई नगद पचास हजार रुपैयाँ, मिस टुरिजम फस्ट रनर अप–२०१९ लाई ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेण्ड रनर अप–२०१९ लाई नगद २० हजार रुपैयाँ प्रदान गरिनुका साथै विभिन्न ब्राण्डका एम्बेसडर बन्ने अवसर दिइने प्रबन्ध निर्देशक काफ्लेले वताए ।
पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अन्तर्राष्ट्रिय रुपमा समेत अभ्यास भइरहेको मिस टुरिजमजस्ता प्रतियोगिताले पर्यटन प्रवद्र्धनका लागि मात्र नभई महिला नेतृत्व विकासमा समेत टेवा पुग्ने वताए । उनले भ्रमण वर्षको सन्दर्भमा प्रतियोगिता उपयोगी हुने भन्दै यसलाई सफल बनाउन सबै निकायको सक्रियताको खाँचो रहेको औंल्याए ।
टानका पूर्व महासचिव सागर पाण्डेले पर्यटनको महत्वपूर्ण प्रडक्टका रुपमा रहेको प्रतियोगितालाई ताज पहि=याउने मात्र नभई उनीहरुको क्षमतालाई पर्यटन क्षेत्रले सदुपयोग गर्नसक्नुपर्नेमा जोड दिए । पर्यटन व्यवसायी राजन सिंखडाले यो प्रतियोगिताले अझ बृहत र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागी पर्यटन क्षेत्रका सम्पूर्ण संघ–संस्था र निकायहरुको सहयोग आवश्यक रहेको वताए ।
कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक पम्फा धमला, अजोड ईन्सुरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री, नाट्टाका वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाई, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, नेपाल योग एशोशियसनका उपाध्यक्ष अञ्जन थापा, मिस टुरिजमका सम्पूर्ण विजेताहरु, पर्यटन व्यवसायिहको उपस्थित रहेको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मार्च अन्तिम सातादेखि त्रिभुवन विमानस्थल रातिको समयमा बन्द हुने
२०७७ फाल्गुन ३ गते सोमबार
१६ फेब्रुअरी, २०२१काठमाडौं । नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन...
सर्लाहीका कोरोना संक्रमित जनकपुर अस्पतालको आइसोलेसनबाट फरार, प्रहरी खोजीमा जुट्यो
२०७७ जेठ ११ गते आइतबार
२५ मे, २०२०मानसिक समस्यासमेत रहेका सर्लाही जिल्ला स्थायी घर...
प्रदेश ५ को राजधानी बुटबल र नाम लुम्बिनी कायम हुने सम्भावना प्रवल
२०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० बुटबल । अन्ततः प्रदेश नम्बर ५...
रौतहटमा १४ दिन क्वारेन्टाइन बसेर घर फर्केका युवकमा कोरोना पोजेटिभ
२०७७ बैशाख १६ गते मंगलबार
२८ अप्रिल, २०२०गौर । बैदेशिक रोजगारीको लागि भारतको कोलकत्ता...
Top