अस्ताईन् रेडियो नेपालकी पहिलो गायिका ‘रानुदेबी’

Best Khabar Team | २०७७ बैशाख १९ गते शुक्रबार


०१ मे, २०२०
काठमाडौं । रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गर्ने गायिका रानुदेवी अधिकारीको गएराति निधन भएको छ । विगत लामो समयदेखि पार्किसन्स र अल्जाईमर्स रोगबाट पीडित अधिकारीको ८८ वर्षको उमेरमा गएराति काठमाडौं मेडिकल कलेज सिनामंगलमा निधन भएको हो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई कान्छी छोरीले अस्पताल पु-याएकी थिइन् ।

पूर्वी नेपालको विराटनगरमा जन्मिएकी रानुदेवी तारणीप्रसाद कोइरालाको प्रेरणाबाट राणा विरोधी आन्दोलनमा होमिएकी थिइन् भने उनले २००७ सालमा विराटनगरमा स्थापना भएको रेडियो नेपालमा पहिलोपटक गीत रेकर्ड समेत गराएकी थिइन् । उनको बाल्यकाल भारतको बनारसमा वितेको थियो । विशेष गरी उनले विराटनगरमा स्थापना भएको रेडियो नेपालमा पहिलोपटक जागरणसम्बन्धी गीत गाउने गरेकी थिइन् ।

‘जागे नेपाली’ ‘उठे नेपाली’, ‘जुनेली रात हजुर’लगायत उनले गाएका दर्जनौं गीतहरु अहिलेपनि चर्चाको शिखरमा रहेका छन् । जुन गीतहरु आज कालजयी गीत बनेका नेपाली सांगीतिक संग्रहमा संग्रहित छन् । २०३६ सालको शिक्षक आन्दोलनमा होमिएपछि उनी केही समय जेल समेत परेकी थिइन् । २०४६ सालको जनआन्दोलनपछि नेपाल महिला संघ मोरङको अध्यक्ष बनेकी उनले करिब ३० वर्ष अध्यापन पेशासमेत अँगालेकी थिइन् ।

स्वर्गीय रानुदेवी अधिकारीका एक छोरा र दुई छोरी छन्। उनको गएराति नै हिन्दु धार्मिक परम्परा अनुसार पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको उनको परिवारले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मध्यतराईमा शितलहरको प्रभाव बढ्दै, बालबालिका तथा बृद्दबृद्दा बढी प्रभावित मध्यतराईमा शितलहरको प्रभाव बढ्दै, बालबालिका तथा बृद्दबृद्दा बढी प्रभावित

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९कलैया । जाडोयाम शुरुभएसँगै मध्य तराईका जिल्लाहरुमा...

डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा ! डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा !

२०७९ पुष २५ गते सोमबार

०९ जनवरी, २०२३काठमाडौं । झण्डै डेढ दशकपछि राष्ट्रनिर्माता पृथ्वी...

पेट्रोलियम पदार्थको मूल्य समायोजन पेट्रोलियम पदार्थको मूल्य समायोजन

२०७६ असार १ गते आइतबार

१६ जुन, २०१९ काठमाडौं । नेपाल आयल निमगले आज...

जलवायु पविर्तनसम्बन्धी कुम्भमेला मड्रिडमा शुरु, करिब २ सय देशका प्रतिनिधि सहभागी जलवायु पविर्तनसम्बन्धी कुम्भमेला मड्रिडमा शुरु, करिब २ सय देशका प्रतिनिधि सहभागी

२०७६ मंशिर २३ गते सोमबार

०९ डिसेम्बर, २०१९मड्रिड । युरोपेली मुलुक स्पेनको पर्यटकीय सहर...

Top