Best Khabar Team | २०७७ बैशाख १९ गते शुक्रबार

०१ मे, २०२०
नेपालगञ्ज । नेपालमा थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी बाँके र रुपन्देहीका गरी थप २ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । बाँकेको नेपालगञ्जका एक ६० वर्षका पुरुषमा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

ती बृद्दको नाम र वास्तविक ठेगाना खुलाईएको छैन । उनको अवस्था सामान्य रहेको बताइएको छ । उनलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भै रहेको बताइएको छ । उनमा कसरी कोरोना संक्रमण भयो भन्ने विषयमा चिकित्सकहरुको टोलीले थप अनुसन्धान अघि बढाएको छ । यस्तै रुपन्देहीका एक २५ वर्षका युवकमा पनि कोरोना संक्रमण देखिएको छ । ती युवकको पनि बुटबलस्थित सिद्दार्थ अस्पतालमा उपचार हुँदैछ ।

उनको अवस्था पनि सामान्य रहेको मन्त्रालयको भनाई छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । ती मध्ये १६ जना उपचारपछि घर फर्केका छन् । मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार कोरोना संक्रमितमध्ये ४९ जना पुरुष र १० जना महिला रहेका छन् । हाल अस्पतालमा उपचाररत सबै विरामीको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पूर्वराजदूत शर्माको हृदयघातका कारण लण्डनमा निधन
२०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० लण्डन । पूर्वराजदूत मुरारीराज शर्माको हृदघातका...
फेरियो विदेशबाट हुने उद्दारको उडान तालिका (नयाँ तालिकासहित)
२०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०काठमाडौं । सरकारले विश्वका विभिन्न देशमा रहेका...
ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युवा भ्रमणमा रोक लगायो
२०७६ जेठ २३ गते बिहिबार
०६ जुन, २०१९न्यूयोर्क । छिमेकी मुलुक क्युवाको भ्रमणमा आफ्ना...
उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो
२०७७ श्रावण २९ गते बिहिबार
१३ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...
Top