बलिउड अभिनेता ऋषि कपूरको निधन, अस्ताए २४ घण्टामा दुई भारतीय चलचित्र ‘नायक’

Best Khabar Team | २०७७ बैशाख १८ गते बिहिबार


३० अप्रिल, २०२०
नयाँदिल्ली । पछिल्लो २४ घण्टायता बलिउड क्षेत्रले दुई दिग्गज अभिनेताहरुलाई गुमाएको छ । भारतीय चलचित्र क्षेत्रमा सदाबाहक नायकको रुपमा परिचित चलचित्र अभिनेता ऋषि कपुर र इरफान खानको पछिल्लो २४ घण्टायता अस्पतालमा उपचारका क्रममा निधन भएको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अभिनेता कपूरको उपचारका क्रममा भारतको मुम्बईमा गएराति ज्यान गएको हो ।

६७ वर्षका कपूर विगत केहीवर्षयता क्यान्सर रोगबाट पीडित थिए । गतवर्ष अमेरिकामा उनले क्यान्सरको उपचार गराएर भारत फर्केका थिए । अमेरिकामा हुँदा उनको अवस्था सामान्य रहेको र उपचारपछि घर फर्केपनि पछि विभिन्न समस्या देखिएपनि फेरि अस्पताल भर्ना भएका थिए । त्यसयता सामान्य अवस्थामा रहेका कपुरको मुम्बईस्थित सर एचएन रिलायन्स अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको हो ।

पछिल्लो पटक कपुरद्वारा अभिनित ‘द बडी’ नामक चलचित्र प्रदर्शनीमा आएको थियो । स्मरणीय के छ भने ऋषि कपूरकी पत्नी नितू कपूर बलिउडकी अभिनेत्री, छोरा रणबिर कपूर बलिउडका चर्चित अभिनेता हुन् भने छोरी रिद्दीमा कपूर सहनी फेसन डिजाइनर हुन् । सन् १९५२ मा जन्मिएका कपुरले ‘मेरो नाम जोकर’ नामक चलचित्रमा बालकलाकारको रुपमा अभिनय गरेर आफ्नो अभिनय यात्रा शुरु गरेका थिए ।

सो चलचित्र उनका पिता राज कपूरले निर्देशन गरेका थिए । यसअघि हिजो मात्रै बलिउडले चलचित्र नायक इरफान खानलाई गुमाएको थियो । स्वर्गीय नायक इरफान खानको बारेमा विस्तृत समाचार यहाँ क्लिक गरेर हेर्न सक्नुहुनेछ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चौधौं शताब्दीमा करोडौं मानिसको ज्यान लिएको ‘प्लेग’ रोग देखियो मंगोलियामा चौधौं शताब्दीमा करोडौं मानिसको ज्यान लिएको ‘प्लेग’ रोग देखियो मंगोलियामा

२०७७ असार २२ गते सोमबार

०६ जुलाई, २०२०बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणको केन्द्रविन्दु बनेको...

अमेरिकाको न्यूर्योकमा २ जना नेपालीमा कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै अमेरिकाको न्यूर्योकमा २ जना नेपालीमा कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२ न्यूर्योक । अमेरिकाको न्यूर्योकमा रहेका २...

नेपालमा कोरोना संक्रमण : बुधबारसम्म संक्रमितको संख्या साढे ३४ हजार नजिक, १९ हजार बढी कोरोनामुक्त नेपालमा कोरोना संक्रमण : बुधबारसम्म संक्रमितको संख्या साढे ३४ हजार नजिक, १९ हजार बढी कोरोनामुक्त

२०७७ भाद्र १० गते बुधबार

२६ अगस्ट, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पछिल्ला...

काठमाडौं विमानस्थलमा टरेको खतरा : ३ घण्टापछि विमानस्थल सूचारु काठमाडौं विमानस्थलमा टरेको खतरा : ३ घण्टापछि विमानस्थल सूचारु

२०७६ माघ २७ गते सोमबार

१०, फेब्रुअरी, २०२०काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा आज साँझ...

Top