Best Khabar Team | २०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१९
धादिङ्ग । धादिङ्गको गजुरी गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ यात्रुको ज्यान गएको छ भने अन्य १२ जना घाइते भएको छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गजुरी गाउँ पालिका वडा नम्बर ४ को कार्कीडाँडाबाट तरकारी लिएर गल्छी जाँदै गरेको सो जीप गजुरीको बाँझगाउँमा दुर्घटनामा परेको हो ।
र्दुघटनामा गल्छीका ३८ वर्षका राजु रम्तेल, सेतु मिजार, वडा नम्बर ६ का ३० वर्षकी कान्छी भुजेल र नानु तामाङको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाउने सबै कृषक भएको बताइएको छ । उनीहरु बा १८ च ९४०८ नम्बरको जीपमा तरकारी लोड गरेर बजार तर्फ जाँदै थिए । घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।
५ जना घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु रहेका कारण जीपले नियन्त्रण गुमाएर दुर्घटना भएको प्रहरीको भनाई छ । कच्ची सडक, घुमाउरो र साँघुरो मोडबाट जीप ५० मिटर तल खसेको छ । जीप चालक सुजन रम्तेल फरार रहेको र उनीको खोजी भै रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
क्यानडा र अमेरिकाको सिमाना थप एक महिनाका लागि बन्द
२०७७ जेठ ६ गते मंगलबार
१९ मे, २०२०टोरन्टो । क्यानडा र अमेरिकाले दुईदेशबीचको सीमा...
इटालीका रोग संक्रमण विशेषज्ञ डाक्टर भन्छन् : ‘कोरोना भाइरस कमजोर हुँदै गएको छ’
२०७७ असार ९ गते मंगलबार
२३, जुन, २०२०रोम, इटली । कुनै बेला चीनपछि कोरोना...
विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या डेढलाख नाघ्यो
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२०लिंकरोभर, बेल्जियम । गत २०१९ सालको डिसेम्बर...
रौतहटका ४ नगरपालिकामा २२ जना कोरोना संक्रमित भेटिए, ३ जना बालबालिका
२०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०चन्द्रनिगाहपुर । रौतहटमा आज थप २२ जनामा...
Top