रौतहटमा १४ दिन क्वारेन्टाइन बसेर घर फर्केका युवकमा कोरोना पोजेटिभ

Best Khabar Team | २०७७ बैशाख १६ गते मंगलबार


२८ अप्रिल, २०२०
गौर । बैदेशिक रोजगारीको लागि भारतको कोलकत्ता पुगेका रौतहटका वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका रतनथान यादव (नाम परिवर्तन) ले सरकारले तोके अनुसार १४ दिनको क्वारेन्टाइन स्थानीय चन्द्रपुरमा विताए । घर परिवारलाई पाल्नका लागि रोजगारी गर्नु रतननाथको बाध्यता थियो । त्यसैले उनले भारत जाने सोच बनाए । अनि विगत २ वर्षदेखि उनी भारतमै मजदुरी गर्दै आइरहेका छन् ।

तर विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोनाको प्रभाव बढ्दै गएपछि उनी उनै परिवार सम्झेर घर फर्के । उनी १ महिना अघि भारतको कोलकत्ताबाट नेपाल फर्केका थिए । गाउँमा त्यतिबेला विदेशबाट आउनेहरुको सूची संकलन र उनीहरुलाई क्वारेन्टाइनमा राख्ने काम शुरु भै सकेको थियो । रतननाथ नि सरकारको नियमलाई पालना गर्दै २ साता क्वारेन्टाइनमा बसे । क्वारेन्टाइनमा रहँदा दिनहुँजसो उनको शरीरको तापक्रम लिनेदेखि अन्य सबै चेकजाँच पनि भयो । तर उनमा न कोरोनाका लक्षण देखियो न संक्रमण नै । त्यसपछि चिकित्सकको टोलीले उनलाई क्वारेन्टाइनबाट घर जान अनुमति दिए ।

फेरि पछि गाउँमा दोहो-याएर कोरोना टेस्ट गर्ने अभियान चल्यो । काठमाडौंबाट टोली नै पुग्यो । त्यसमा रतननाथ जस्ता व्यक्तिहरु जो पछिल्लो एक महिनाअघि विदेशबाट आएका थिए, उनीहरुलाई सहभागी गराईयो । तर अचम्म के भयो भने जनकपुरबाट आएको चिकित्सकहरुको टोलीले गरेको परीक्षणमा रतननाथमा कोरोनाको संक्रमण पोजेटिभ देखियो । त्यसपछि पटक पटक उनको जनकपुर अञ्चल अस्पतालमा पनि स्वाब परीक्षण भयो । त्यसमा पनि उनमा कोरोना (कोभिड १९) को पोजेटिभ रिपोर्ट आयो । त्यसपछि त्यसको निक्यौल गर्नका लागि काठमाडौंबाट आएको चिकित्सकहरुको टोलीले नमुना काठमाडौं लिएर गयो ।

फेरि पछि गाउँमा दोहो-याएर कोरोना टेस्ट गर्ने अभियान चल्यो । काठमाडौंबाट टोली नै पुग्यो । त्यसमा रतननाथ जस्ता व्यक्तिहरु जो पछिल्लो एक महिनाअघि विदेशबाट आएका थिए, उनीहरुलाई सहभागी गराईयो । तर अचम्म के भयो भने जनकपुरबाट आएको चिकित्सकहरुको टोलीले गरेको परीक्षणमा रतननाथमा कोरोनाको संक्रमण पोजेटिभ देखियो । त्यसपछि पटक पटक उनको जनकपुर अञ्चल अस्पतालमा पनि स्वाब परीक्षण भयो । त्यसमा पनि उनमा कोरोना (कोभिड १९) को पोजेटिभ रिपोर्ट आयो । त्यसपछि त्यसको निक्यौल गर्नका लागि काठमाडौंबाट आएको चिकित्सकहरुको टोलीले नमुना काठमाडौं लिएर गयो ।

तर अचम्म के भयो भने जनकपुरबाट आएको चिकित्सकहरुको टोलीले गरेको परीक्षणमा रतननाथमा कोरोनाको संक्रमण पोजेटिभ देखियो । त्यसपछि पटक पटक उनको जनकपुर अञ्चल अस्पतालमा पनि स्वाब परीक्षण भयो । त्यसमा पनि उनमा कोरोना (कोभिड १९) को पोजेटिभ रिपोर्ट आयो । त्यसपछि त्यसको निक्यौल गर्नका लागि काठमाडौंबाट आएको चिकित्सकहरुको टोलीले नमुना काठमाडौं लिएर गयो ।नमुना परीक्षणका क्रममा काठमाडौंको टेकु अस्पतालले रतननाथमा कोरोना पोजेटिभ भएको पुष्टि गरिदियो । यसपछि रतननाथ छाँगाबाट खसेजस्तो भए । किनकी उनले सरकारले तोकेको मापदण्ड पुरा गरेर क्वारेन्टाइनमा बस्ने मात्रै गरेका थिएनन् । घरमा रहँदा पनि उनी सकेसम्म सामाजिक दुरी कायम गर्दै बस्दै आएका थिए । ’’

नमुना परीक्षणका क्रममा काठमाडौंको टेकु अस्पतालले रतननाथमा कोरोना पोजेटिभ भएको पुष्टि गरिदियो । यसपछि रतननाथ छाँगाबाट खसेजस्तो भए । किनकी उनले सरकारले तोकेको मापदण्ड पुरा गरेर क्वारेन्टाइनमा बस्ने मात्रै गरेका थिएनन् । घरमा रहँदा पनि उनी सकेसम्म सामाजिक दुरी कायम गर्दै बस्दै आएका थिए । अहिले उनलाई जनकपुर अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचारार्थ भर्ना भएका छन् । उनको अवस्था सामान्य रहेको छ ।

रतनथानको यो घटना पछि क्वारेन्टाइनमा निश्चित समय विताएर घर फर्केकाहरुमा पनि कोरोनाको जोखिम कायमै रहने नयाँ तथ्य फेला परेको चिकित्सकहरु बताउँछन् । उनीसँगै सोही स्थानमा क्वारेन्टाइनमा रहेका देवाही गोनाही १ का ३५ वर्षका थप एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । संक्रमित गोनाहीका युवक भने हाल चन्द्रपुरको क्वारेन्टाइनमै रहेका छन् । रौतहटका यी दुई युवकमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । यस्तै हालसम्म उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्याका १६ पुगेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विजय गच्छदारसहित १७२ जना विरुद्ध ठगी मुद्दा, पक्राउ गर्न प्रहरीलाई बाटो खुल्यो विजय गच्छदारसहित १७२ जना विरुद्ध ठगी मुद्दा, पक्राउ गर्न प्रहरीलाई बाटो खुल्यो

२०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२० काठमाडौं । बहुचर्चित बालुवाटारस्थित ललितानिवासको जग्गा...

गंगाजमुना गाउँपालिकाको गज्जबको काम : विदेशबाट आउनेको नाम, ठेगाना र मोबाइल नम्बर सार्वजनिक, कोरोना सचेतनामा गाउँपालिका एककदम अगाडि गंगाजमुना गाउँपालिकाको गज्जबको काम : विदेशबाट आउनेको नाम, ठेगाना र मोबाइल नम्बर सार्वजनिक, कोरोना सचेतनामा गाउँपालिका एककदम अगाडि

२०७६ चैत्र १७ गते सोमबार

३० मार्च, २०२० धादिङ्गबेसी । धादिङ्गको गंगाजमुना गाउँपालिकाले पछिल्लो...

चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घट्यो, पछिल्लो २४ घण्टामा मृतकको संख्या सून्य चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घट्यो, पछिल्लो २४ घण्टामा मृतकको संख्या सून्य

२०७६ चैत्र २५ गते मंगलबार

०७ मार्च, २०२० बेइजिङ्ग । गत डिसेम्बरको अन्तिम साताबाट...

‘हिमाल पारीको जिल्ला’ मनाङ्मा भेटिए पहिलो कोरोना संक्रमित ‘हिमाल पारीको जिल्ला’ मनाङ्मा भेटिए पहिलो कोरोना संक्रमित

२०७७ असार ४ गते बिहिबार

१८ जुन, २०२०चामे, मनाङ् । हिमाल पारीको जिल्लाको रुपमा...

Top