रौतहटमा १४ दिन क्वारेन्टाइन बसेर घर फर्केका युवकमा कोरोना पोजेटिभ

Best Khabar Team | २०७७ बैशाख १६ गते मंगलबार


२८ अप्रिल, २०२०
गौर । बैदेशिक रोजगारीको लागि भारतको कोलकत्ता पुगेका रौतहटका वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका रतनथान यादव (नाम परिवर्तन) ले सरकारले तोके अनुसार १४ दिनको क्वारेन्टाइन स्थानीय चन्द्रपुरमा विताए । घर परिवारलाई पाल्नका लागि रोजगारी गर्नु रतननाथको बाध्यता थियो । त्यसैले उनले भारत जाने सोच बनाए । अनि विगत २ वर्षदेखि उनी भारतमै मजदुरी गर्दै आइरहेका छन् ।

तर विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोनाको प्रभाव बढ्दै गएपछि उनी उनै परिवार सम्झेर घर फर्के । उनी १ महिना अघि भारतको कोलकत्ताबाट नेपाल फर्केका थिए । गाउँमा त्यतिबेला विदेशबाट आउनेहरुको सूची संकलन र उनीहरुलाई क्वारेन्टाइनमा राख्ने काम शुरु भै सकेको थियो । रतननाथ नि सरकारको नियमलाई पालना गर्दै २ साता क्वारेन्टाइनमा बसे । क्वारेन्टाइनमा रहँदा दिनहुँजसो उनको शरीरको तापक्रम लिनेदेखि अन्य सबै चेकजाँच पनि भयो । तर उनमा न कोरोनाका लक्षण देखियो न संक्रमण नै । त्यसपछि चिकित्सकको टोलीले उनलाई क्वारेन्टाइनबाट घर जान अनुमति दिए ।

फेरि पछि गाउँमा दोहो-याएर कोरोना टेस्ट गर्ने अभियान चल्यो । काठमाडौंबाट टोली नै पुग्यो । त्यसमा रतननाथ जस्ता व्यक्तिहरु जो पछिल्लो एक महिनाअघि विदेशबाट आएका थिए, उनीहरुलाई सहभागी गराईयो । तर अचम्म के भयो भने जनकपुरबाट आएको चिकित्सकहरुको टोलीले गरेको परीक्षणमा रतननाथमा कोरोनाको संक्रमण पोजेटिभ देखियो । त्यसपछि पटक पटक उनको जनकपुर अञ्चल अस्पतालमा पनि स्वाब परीक्षण भयो । त्यसमा पनि उनमा कोरोना (कोभिड १९) को पोजेटिभ रिपोर्ट आयो । त्यसपछि त्यसको निक्यौल गर्नका लागि काठमाडौंबाट आएको चिकित्सकहरुको टोलीले नमुना काठमाडौं लिएर गयो ।

फेरि पछि गाउँमा दोहो-याएर कोरोना टेस्ट गर्ने अभियान चल्यो । काठमाडौंबाट टोली नै पुग्यो । त्यसमा रतननाथ जस्ता व्यक्तिहरु जो पछिल्लो एक महिनाअघि विदेशबाट आएका थिए, उनीहरुलाई सहभागी गराईयो । तर अचम्म के भयो भने जनकपुरबाट आएको चिकित्सकहरुको टोलीले गरेको परीक्षणमा रतननाथमा कोरोनाको संक्रमण पोजेटिभ देखियो । त्यसपछि पटक पटक उनको जनकपुर अञ्चल अस्पतालमा पनि स्वाब परीक्षण भयो । त्यसमा पनि उनमा कोरोना (कोभिड १९) को पोजेटिभ रिपोर्ट आयो । त्यसपछि त्यसको निक्यौल गर्नका लागि काठमाडौंबाट आएको चिकित्सकहरुको टोलीले नमुना काठमाडौं लिएर गयो ।

तर अचम्म के भयो भने जनकपुरबाट आएको चिकित्सकहरुको टोलीले गरेको परीक्षणमा रतननाथमा कोरोनाको संक्रमण पोजेटिभ देखियो । त्यसपछि पटक पटक उनको जनकपुर अञ्चल अस्पतालमा पनि स्वाब परीक्षण भयो । त्यसमा पनि उनमा कोरोना (कोभिड १९) को पोजेटिभ रिपोर्ट आयो । त्यसपछि त्यसको निक्यौल गर्नका लागि काठमाडौंबाट आएको चिकित्सकहरुको टोलीले नमुना काठमाडौं लिएर गयो ।नमुना परीक्षणका क्रममा काठमाडौंको टेकु अस्पतालले रतननाथमा कोरोना पोजेटिभ भएको पुष्टि गरिदियो । यसपछि रतननाथ छाँगाबाट खसेजस्तो भए । किनकी उनले सरकारले तोकेको मापदण्ड पुरा गरेर क्वारेन्टाइनमा बस्ने मात्रै गरेका थिएनन् । घरमा रहँदा पनि उनी सकेसम्म सामाजिक दुरी कायम गर्दै बस्दै आएका थिए । ’’

नमुना परीक्षणका क्रममा काठमाडौंको टेकु अस्पतालले रतननाथमा कोरोना पोजेटिभ भएको पुष्टि गरिदियो । यसपछि रतननाथ छाँगाबाट खसेजस्तो भए । किनकी उनले सरकारले तोकेको मापदण्ड पुरा गरेर क्वारेन्टाइनमा बस्ने मात्रै गरेका थिएनन् । घरमा रहँदा पनि उनी सकेसम्म सामाजिक दुरी कायम गर्दै बस्दै आएका थिए । अहिले उनलाई जनकपुर अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचारार्थ भर्ना भएका छन् । उनको अवस्था सामान्य रहेको छ ।

रतनथानको यो घटना पछि क्वारेन्टाइनमा निश्चित समय विताएर घर फर्केकाहरुमा पनि कोरोनाको जोखिम कायमै रहने नयाँ तथ्य फेला परेको चिकित्सकहरु बताउँछन् । उनीसँगै सोही स्थानमा क्वारेन्टाइनमा रहेका देवाही गोनाही १ का ३५ वर्षका थप एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । संक्रमित गोनाहीका युवक भने हाल चन्द्रपुरको क्वारेन्टाइनमै रहेका छन् । रौतहटका यी दुई युवकमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । यस्तै हालसम्म उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्याका १६ पुगेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

वीरगञ्जमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो वीरगञ्जमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

२०७६ चैत्र ३० गते आइतबार

१२ अप्रिल, २०२० काठमाडौं । नेपालमा थप ३ जनामा...

टीकापुर हत्याकाण्डका मुख्य नाईकेको खुट्टामा फलामे सिक्री देखेपछि प्रधानमन्त्री रुष्ट.. टीकापुर हत्याकाण्डका मुख्य नाईकेको खुट्टामा फलामे सिक्री देखेपछि प्रधानमन्त्री रुष्ट..

२०७६ असार ७ गते शनिबार

२२ जुन, २०१९ काठमाडौं । एक नाबालक सहित ९...

बाइडेनको सपथ अगाबै ट्रम्प ह्वाईट हाउस छाडेर फ्लोरिडा उडे बाइडेनको सपथ अगाबै ट्रम्प ह्वाईट हाउस छाडेर फ्लोरिडा उडे

२०७७ माघ ७ गते बुधबार

२० जनवरी, २०२१न्यूर्योक । गत नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा...

‘छक्कापञ्जा-४’ आउँदै :  निमार्ण दिपकराज गिरीले गर्ने ‘छक्कापञ्जा-४’ आउँदै : निमार्ण दिपकराज गिरीले गर्ने

२०७६ पुष १२ गते शनिबार

२८ डिसेम्बर, २०१९ काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा ‘सेरिज’...

Top