उत्तर कोरियाली राष्ट्रपति सकुशल रहेको दक्षिण कोरियाका सरकारी अधिकारीको दाबी !

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार


२६ अप्रिल, २०२०
सिओल । विभिन्न सञ्चारमाध्यममा आएको विभिन्न खाले समाचारहरुलाई खण्डन गर्दै दक्षिण कोरियाले उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग उनको स्वास्थ्य अवस्था सामान्य रहेको दाबी गरेको छ । अन्र्तराष्ट्रिय सञ्चारमाध्यम सिएनएनले उल्लेख गरे अनुसार राष्ट्रपति किमका बारेमा आएका विभिन्न खाले समाचारहरुमा कुनै सत्यता नभएको भन्दै दक्षिण कोरियाले उनी सामान्य अवस्थामा रहेको दाबी गरेको हो ।

दक्षिण कोरियाका राष्ट्रपति मून जेइनका बरिष्ठ विदेश नीति सल्लाहकार मुन चुंगको भनाई उद्दृत गर्दै सिएनएनले उल्लेख गरे अनुसार किमको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी जीवित रहेका छन् । राष्ट्रपति किम अप्रिल १३ देखि वानसन एरियामा रहेको र उनका बारेमा आएका सबै समाचारहरु निराधार रहेको दक्षिण कोरियाको दाबी छ । केहीदिन अघि उत्तरको कोरियाको एउटा राष्ट्रिय कार्यक्रम (अर्थात् हालका राष्ट्रपतिका हजुर बुबाको जन्मदिनमा गरिएको कार्यक्रम) मा किम उपस्थित नभएपछि उनको स्वास्थ्यको विषयलाई लिएर विभिन्न खाले अड्कलबाजीहरु गर्न थालिएको थियो ।

कतिपय सञ्चारमाध्यमले उनको मृत्यु भै सकेको बताएका थिए भने कतिपयले उनको ब्रेन डेथ भएको भनेका थिए । तर उत्तर कोरियाली मिडियाले यसको बारेमा कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन । राष्ट्रपति किम दिनअघि मात्रै पार्टीको एउटा पोलिटव्युरो बैठकमा सहभागी भएको दाबी दक्षिण कोरियाको समाचार माध्यमको छ । जुन अप्रिल १५ पछिको घटनाक्रम भएको बताइएको छ ।

यसअघि अमेरिकी गुप्तचर संस्थाले सार्वजनिक गरेको रिपोर्टमा अप्रिलको दोश्रो साता मुटुको शल्यक्रिया गरेका उत्तर कोरियाली राष्ट्रपति किम गम्भीर अवस्थामा रहेको उल्लेख थियो । सोही कारण उनी अप्रिल १५ को राष्ट्रिय समारोहमा सहभागी नभएको सो रिपोर्टमा जनाइएको थियो । केही सञ्चारमाध्यमले भने किम आफ्नै निवासमा रहेको भन्दै उनले प्रयोग गर्ने रेलको स्याटेलाईट तस्वीर पनि सर्वाजनिक गरेका छन् ।

गतवर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाली भूमिमा भेटवार्ता गर्दै राष्ट्रपति किम ।

किमले धेरै ध्रुम्रपान गर्ने, ज्यादा तौल र अध्यधिक काम गर्ने शैलीका कारण उनमा मुटुजन्य समस्या भएको विभिन्न गुप्तचर संस्थाहरुले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ । किमको स्वास्थ्यको विषयमा विभिन्न समाचार सार्वजनिक भएपछि चिनियाँ चिकित्सकसहितको विशेषज्ञहरुको एउटा टोली हिजोमात्रै उत्तर कोरियाको राजधानी पोङ्गयाङ्ग गएको थियो ।

उनीहरुले अहिलेसम्म किमको स्वास्थ्यको बारेमा केही बताएका छैनन् । हाल उनी आफ्नै भिल्लामा आराम गरिरहेको र उनमा कुनै समस्या भएको भन्दै दक्षिण कोरियाका राष्ट्रपतिको विदेश मामिला सल्लाहकारको भनाई उद्धृत गर्दै सिएनएनले समाचार सार्वजनिक गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
हिमपहिरोमा पुरिएका धादिङ्का तामाङ्को शव ३ महिनापछि भेटियो हिमपहिरोमा पुरिएका धादिङ्का तामाङ्को शव ३ महिनापछि भेटियो

२०२६ पुष १७ गते बिहिबार

२४ अप्रिल, २०२०काठमाडौं । २०७६ साल माघ ३ गतेदेखि...

अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु

२०२६ पुष १७ गते बिहिबार

३१ जुलाई, २०२०काबुल, अफगानिस्तान । अफगानिस्तानको लोगार प्रान्तमा अज्ञात...

कार्यतालिका बनाएर नेपाल आउँछु : भारतीय प्रम मोदी कार्यतालिका बनाएर नेपाल आउँछु : भारतीय प्रम मोदी

२०२६ पुष १७ गते बिहिबार

२१ जनवरी, २०२० नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...

दुई सांसदसहित पूर्व प्रहरी महानिरीक्षक विरुद्ध अपहरणको उजुरी दर्ता दुई सांसदसहित पूर्व प्रहरी महानिरीक्षक विरुद्ध अपहरणको उजुरी दर्ता

२०७६ चैत्र २३ गते आइतबार

०४ मे, २०२०काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षकसहित बहालवाला...

Top