बैशाख २५ सम्म लम्बियो ‘लकडाउन’

Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार


२६ अप्रिल, २०२०
काठमाडौं । सरकारले लकडाउनको समय पाँचौपटक थपेको छ । गत चैत्र ५ गतेदेखि शुरुभएको लकडाउनको समयावधि सकिन ३० घण्टाभन्दा कम समय बाँकी रहेका बेला आज पाँचौपटक थप गरी आगामी बैशाख २५ गतेसम्मका लागि कायम गरिएको हो । आज साँझ बसेको नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिनका लागि लकडाउनको समयावधि थप गर्ने निर्णय भएको जनाएको छ ।

यद्यपि लकडाउनका बेला पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सवारी साधन तथा पसलहरु निश्चित मापदण्ड तोकेर सञ्चालन गर्न सकिने सरकारको भनाई छ । सरकारले लकडाउनकै कारण नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिन नपाएको निष्कर्षसहित लकडाउन थप्ने निर्णय गरेको हो ।

आज मात्रै झापामा १ जना कोरोना संक्रमित थपिएको र भारतले पनि नाकाबन्दी तथा लकडाउन कायमै राखेका कारण नेपालले पनि लकडाउनको समयावधी लम्ब्याउने निर्णय गरेको सरकारी स्रोतको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकन आइडलमा उपविजेता बने नेपाली गायक दिवेश अमेरिकन आइडलमा उपविजेता बने नेपाली गायक दिवेश

२०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०काठमाडौं । अमेरिकामा जारी चर्चित सांगीतिक प्रस्तुती...

चीनमा रहेका कुनै नेपालीमा कोरोना संक्रमण छैन : चिनियाँ दूतावास चीनमा रहेका कुनै नेपालीमा कोरोना संक्रमण छैन : चिनियाँ दूतावास

२०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, २०२० । काठमाडौं । नेपालस्थित चिनियाँ दुतावासले...

भविष्यका एयर होस्टेसको समूह पोखरा विमानस्थलमा पुग्दा.. भविष्यका एयर होस्टेसको समूह पोखरा विमानस्थलमा पुग्दा..

२०७४ श्रावण २५ गते बुधबार

काठमाडौं । कक्षा १२ को परिक्षा दिएर फूर्सदमा वसेका...

२० लाख पर्यटकको महत्वकांक्षी योजना र चुनौतीहरु २० लाख पर्यटकको महत्वकांक्षी योजना र चुनौतीहरु

२०७६ असार ५ गते बिहिबार

२० जुन, २०१९ काठमाडौं । सरकारले घोषणा गरेको नेपाल...

Top