नेपालमा कोरोना : २ संक्रमित थपिए, निको हुनेको संख्या १६ पुग्यो

Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार


२६ अप्रिल, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । पर्साको वीरगञ्जमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ५१ पुगेको हो । । वीरगञ्ज महानगरपालिका छपकैया बस्ने २ जना पुरुषमा आज कोराना संक्रमाण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ५१ पुगेको हो ।

उनीहरु पनि छपकैयाको मस्जिदमा रहेका भारतीय नागरिकहरुको सम्पर्कमा आएको र स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि काठमाडौंस्थित टेकु अस्पतालले गरेको हो । यसअघि उदयपुरमा मस्जिदमा बसेका र उनीहरुको सम्पर्कमा आएका १८ जनामा कोरोना संक्रमण भेटिएको थियो । आज भेटिएका दुई पुरुषमध्ये ५० वर्षका एकजना पुरुष वीरगञ्ज महानगरपालिकाको सरसफाइमा कार्यरत कर्मचारी हुन् । यस्तै अर्का ५० वर्षका पुरुष भने सामान्य खेती किसानी गर्ने नागरिक हुन् । उनीहरुको हाल नारायणी उप क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा उपचार भै रहेको छ । उनीहरुको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

यसैबीच कोरोना संक्रमणमा परी सोही अस्पतालमा उपचाररत ४ जनालाई आज अस्पतालले डिस्चार्ज गरेको छ । केहीदिनअघि उदयपुरको नुर मस्दिजमा भेटिएका उनीहरुमा परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा उपचारका क्रममा तीन पटकसम्म उनीहरुमा कोरोना जाँच गरिएको र उनीहरुको पछिल्ला सबै रिपोर्ट नेगेटिभ आएपछि आजै उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको हो ।

ती मध्ये ३ जना भारतीय जमाती रहेका छन् । अर्का एक भने नेपाली रहेको बताइएको छ । यो सँगै नेपालमा कोरोना निको भएर अस्पतालबाट डिचार्ज हुनेको संख्या १६ पुगेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकी औषधी विज्ञको दाबी : ‘परिवर्तित कोरोना’का विरुद्ध पनि भ्याक्सिन उपयोगी अमेरिकी औषधी विज्ञको दाबी : ‘परिवर्तित कोरोना’का विरुद्ध पनि भ्याक्सिन उपयोगी

२०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१न्यूर्योक, अमेरिका । कोरोना भाइरसका विरुद्ध अमेरिकी...

झुल्कियो इस्वी सम्वत् २०२० को पहिलो घाम झुल्कियो इस्वी सम्वत् २०२० को पहिलो घाम

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी २०२०विगतका वर्षहरुमा जस्तै घरका भित्ताहरुमा राखिएका अंग्रेजी...

आयल निगमले किनेको जग्गा विवाद : संसदीय समितिले अनुगमन गर्ने आयल निगमले किनेको जग्गा विवाद : संसदीय समितिले अनुगमन गर्ने

२०७४ श्रावण २२ गते आइतबार

  ०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल आयल निगमले...

कोरोना महामारीकैबीच पहिलोपटक युरोपेली देश डेनमार्कले यसरी खोल्यो ‘प्राइमरी स्कुल’ कोरोना महामारीकैबीच पहिलोपटक युरोपेली देश डेनमार्कले यसरी खोल्यो ‘प्राइमरी स्कुल’

२०७७ जेठ १ गते बिहिबार

१४ मार्च, २०२०कोपनहेगन, डेनमार्क । डेनमार्क युरोपको यस्तो एउटा...

Top