पोर्चुगलका चिकित्सकको मर्मस्पर्शी भिडियो, जसले भाबुक तुल्याउँछ (भिडियोसहित)

Best Khabar Team | २०७७ बैशाख १३ गते शनिबार


२५ अप्रिल, २०२०
पोर्तिमाउ । विश्वभर कोरोनाको महामारी चलिरहँदा यसको सबैभन्दा प्रत्यक्ष मारमा परेको एउटा समूह हो चिकित्सक । कोरोनाको संक्रमणबाट विरामीपछि सबैभन्दा बढी प्रभावित व्यक्तिका रुपमा चिकित्सक पर्दछन् । जतिसुकै विरामी आएपनि चिकित्सकहरुले अहोरात्र खटेर उनीहरुको उपचारमा समय खर्च गरिरहेका छन् ।

त्यसमा पनि अहिलेको कोरोनाको महामारी । पछिल्ला केही महिनायता युरोपका विभिन्न देशमा महामारीको रुपमा फैलिएको छ कोरोना । कोरोनाबाट युरोपका इटली, स्पेन, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, जर्मनी, स्वीडेन, स्वीट्जरल्याण्ड, पोर्चुगललगायतका देशहरु प्रभावित बनेका छन् । स्पेनसँग सिमाना जोडिएको भएपनि पोर्चुगलमा अहिलेसम्म तुलनात्मक रुपमा कोरोनाले महामारीको रुप लिन पाएको छैन ।

सँगैको छिमेकी देशमा कोरोनाबाट २२ हजार ९ सय २ जनाको ज्यान गै सक्दा पोर्चुगलमा हालसम्म ८ सय ८० जनाले ज्यान गुमाएका छन् । यस्तै संक्रमितको संख्या पनि निक्कै बढी छ स्पेनमा पोर्चुगलको तुलनामा । हालसम्म स्पेनमा २ लाख २३ हजार ७ सय ६० जना संक्रमित भेटिएका छन् भने पोर्चुगलमा मात्रै २३ हजार २ सय ९२ जना संक्रमित पुष्टि भएका छन् । महामारीका बीच सँधै विरामीको उपचारमा खटिइरहने चिकित्सकहरुले बेला बखत सामाजिक सञ्जालमार्फत् माफ्नो पिडा तथा सन्देशहरु सार्वजनिक गर्ने गरेका छन् । यसैक्रममा शनिबार पोर्चुगलका चिकित्सकहरुले बनाएको एउटा भिडियो सार्वजनिक भयो ।

सामाजिक सञ्जाल टिकटकमार्फत सार्वजनिक सो भिडियो निक्कै मर्मस्पर्शी थियो । ६ जना स्वास्थ्यकर्मीहरु अस्पतालको हाताभित्र एउटा बेडमा बसेर अघि बढ्दै थिए । अगाडिका दुईजना महिला स्वास्थ्यकर्मीमध्ये पछिल्लोले अघिल्लोलाई अँगालो हालेको देखिन्छ भने पछाडिका अरु तीनजनाले हातमा स्वास्थ्य उपचारमा प्रयोग हुने विभिन्न उपकरणलाई ढुंगा खियाउने नाउको रुपमा प्रयोग गरिरहेका देखिन्छन् । यस्तै अन्तिममा रहेका एकजना पुरुष स्वास्थ्यकर्मीले डुंगारुपी सो बेडलाई धकलिरहेका हुन्छन् ।

१२ सेकेन्डको सो भिडियोमा प्रस्तुत भिडियोले के सन्देश दिन खोजेको देखिन्छ भने ‘कोरोनारुपी ढुंगालाई निश्चित गन्तव्यमा पु-याउन चिकित्सकहरु एउटा निर्दिष्ट लक्ष्य लिएर अघि बढिरहेका छन् । उनीहरु यो कार्यमा सफल हुनेमा आशावादी देखिन्छन् ।’ हामी पनि कामना गरौं विश्वले कोरोनालाई जित्न सकोस् र भोलिका दिनमा विश्वबाट कोरोना भाइरस उन्मुलन भएको सुन्न पाइयोस् । यी र यस्ता लाखौं चिकित्सक जो कोरोनाको महामारीमा आफ्नो ज्यानलाई बाजी लगाएर विरामीको सेवामा खटिएका छन्, उनीहरुप्रति साधुवाद ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

परिश्रमी हातहरू : जसको दैनिकी माटोसँगै खेलेर वित्दछ परिश्रमी हातहरू : जसको दैनिकी माटोसँगै खेलेर वित्दछ

२०७६ मंशिर २३ गते सोमबार

पि.एल. तरङ्ग, सुकुलढोका / भक्तपुरभक्तपुर सुकुल ढोकाका ६५ वर्षका...

देशभर निषेधाज्ञामा थप कडाई गरिँदै : उल्लंघन गर्नेलाई आर्थिक जरिवानासहित  कैदसम्म राखिने देशभर निषेधाज्ञामा थप कडाई गरिँदै : उल्लंघन गर्नेलाई आर्थिक जरिवानासहित कैदसम्म राखिने

२०७८ जेठ १० गते सोमबार

२४ मे, २०२१काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले...

हराईरहेको इन्डोनेसियाली जहाज समुद्रमा ‘दुर्घटनाग्रस्त’ ! हराईरहेको इन्डोनेसियाली जहाज समुद्रमा ‘दुर्घटनाग्रस्त’ !

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१जाकर्ता । इन्डोनेसियाको जाकर्ताबाट ६२ जना यात्रु...

चीनतर्फबाट सामान ल्याउने गरी ६ महिना पछि एकतर्फी खुल्यो रसुवागढी नाका चीनतर्फबाट सामान ल्याउने गरी ६ महिना पछि एकतर्फी खुल्यो रसुवागढी नाका

२०७७ असार २२ गते सोमबार

०६ जुलाई, २०२०धुन्चे । चीनले केही कन्टेनर सामान ल्याइदिएसँगै...

Top