पोर्चुगलका चिकित्सकको मर्मस्पर्शी भिडियो, जसले भाबुक तुल्याउँछ (भिडियोसहित)

Best Khabar Team | २०७७ बैशाख १३ गते शनिबार


२५ अप्रिल, २०२०
पोर्तिमाउ । विश्वभर कोरोनाको महामारी चलिरहँदा यसको सबैभन्दा प्रत्यक्ष मारमा परेको एउटा समूह हो चिकित्सक । कोरोनाको संक्रमणबाट विरामीपछि सबैभन्दा बढी प्रभावित व्यक्तिका रुपमा चिकित्सक पर्दछन् । जतिसुकै विरामी आएपनि चिकित्सकहरुले अहोरात्र खटेर उनीहरुको उपचारमा समय खर्च गरिरहेका छन् ।

त्यसमा पनि अहिलेको कोरोनाको महामारी । पछिल्ला केही महिनायता युरोपका विभिन्न देशमा महामारीको रुपमा फैलिएको छ कोरोना । कोरोनाबाट युरोपका इटली, स्पेन, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, जर्मनी, स्वीडेन, स्वीट्जरल्याण्ड, पोर्चुगललगायतका देशहरु प्रभावित बनेका छन् । स्पेनसँग सिमाना जोडिएको भएपनि पोर्चुगलमा अहिलेसम्म तुलनात्मक रुपमा कोरोनाले महामारीको रुप लिन पाएको छैन ।

सँगैको छिमेकी देशमा कोरोनाबाट २२ हजार ९ सय २ जनाको ज्यान गै सक्दा पोर्चुगलमा हालसम्म ८ सय ८० जनाले ज्यान गुमाएका छन् । यस्तै संक्रमितको संख्या पनि निक्कै बढी छ स्पेनमा पोर्चुगलको तुलनामा । हालसम्म स्पेनमा २ लाख २३ हजार ७ सय ६० जना संक्रमित भेटिएका छन् भने पोर्चुगलमा मात्रै २३ हजार २ सय ९२ जना संक्रमित पुष्टि भएका छन् । महामारीका बीच सँधै विरामीको उपचारमा खटिइरहने चिकित्सकहरुले बेला बखत सामाजिक सञ्जालमार्फत् माफ्नो पिडा तथा सन्देशहरु सार्वजनिक गर्ने गरेका छन् । यसैक्रममा शनिबार पोर्चुगलका चिकित्सकहरुले बनाएको एउटा भिडियो सार्वजनिक भयो ।

सामाजिक सञ्जाल टिकटकमार्फत सार्वजनिक सो भिडियो निक्कै मर्मस्पर्शी थियो । ६ जना स्वास्थ्यकर्मीहरु अस्पतालको हाताभित्र एउटा बेडमा बसेर अघि बढ्दै थिए । अगाडिका दुईजना महिला स्वास्थ्यकर्मीमध्ये पछिल्लोले अघिल्लोलाई अँगालो हालेको देखिन्छ भने पछाडिका अरु तीनजनाले हातमा स्वास्थ्य उपचारमा प्रयोग हुने विभिन्न उपकरणलाई ढुंगा खियाउने नाउको रुपमा प्रयोग गरिरहेका देखिन्छन् । यस्तै अन्तिममा रहेका एकजना पुरुष स्वास्थ्यकर्मीले डुंगारुपी सो बेडलाई धकलिरहेका हुन्छन् ।

१२ सेकेन्डको सो भिडियोमा प्रस्तुत भिडियोले के सन्देश दिन खोजेको देखिन्छ भने ‘कोरोनारुपी ढुंगालाई निश्चित गन्तव्यमा पु-याउन चिकित्सकहरु एउटा निर्दिष्ट लक्ष्य लिएर अघि बढिरहेका छन् । उनीहरु यो कार्यमा सफल हुनेमा आशावादी देखिन्छन् ।’ हामी पनि कामना गरौं विश्वले कोरोनालाई जित्न सकोस् र भोलिका दिनमा विश्वबाट कोरोना भाइरस उन्मुलन भएको सुन्न पाइयोस् । यी र यस्ता लाखौं चिकित्सक जो कोरोनाको महामारीमा आफ्नो ज्यानलाई बाजी लगाएर विरामीको सेवामा खटिएका छन्, उनीहरुप्रति साधुवाद ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आइपुग्यो चीनबाट कोरोना नियन्त्रणसम्बन्धी विशेष स्वास्थ्य सामग्री आइपुग्यो चीनबाट कोरोना नियन्त्रणसम्बन्धी विशेष स्वास्थ्य सामग्री

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२० काठमाडौं । सरकारले चीनबाट चार्टर विमानमार्फत...

नेपालमा असार २१ (जुलाई ५) सम्मका लागि लम्बियो नियमित हवाई उडानमाथिको प्रतिबन्ध (विज्ञप्तिसहित) नेपालमा असार २१ (जुलाई ५) सम्मका लागि लम्बियो नियमित हवाई उडानमाथिको प्रतिबन्ध (विज्ञप्तिसहित)

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलनसक्ने...

त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ

२०७६ असार ४ गते बुधबार

१९ जुन, २०१९ काठमाडौ । त्रिभुवन विश्वविद्यालय किर्तिपुर अन्र्तगत...

शितलनिवास भित्र सभामुखको सपथ– बाहिर विरोध, विरोधमा उत्रिएका १२ अधिकारकर्मी पक्राउ शितलनिवास भित्र सभामुखको सपथ– बाहिर विरोध, विरोधमा उत्रिएका १२ अधिकारकर्मी पक्राउ

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२०काठमाडौं । व्यक्ति हत्यामा संलग्न रहेको आरोपसम्बन्धी...

Top