विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो

Best Khabar Team | २०७७ बैशाख १३ गते शनिबार


२५ अप्रिल, २०२०
प्रदिप शर्मा– काठमाडौं । गत डिसेम्बरमा चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणमा परी हालसम्म विश्वभर २ लाख बढी मानिसले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमण फैलिएकोे करिब ४ महिनामा २ लाख मानिसले ज्यान गुमाएका हुन् । कोरोनाका कारण हालसम्म सबैभन्दा बढी अमेरिकामा मानिसहरुले ज्यान गुमाएका छन् ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा झण्डै ५३ हजार मानिसहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । अमेरिकापछि कोरोनाबाट इटली सबैभन्दा बढी प्रभावित बनेको छ । इटली, स्पेन, फ्रान्स, लण्डन, इरान, बेल्जियम, क्यानेडा, नेदरल्याण्ड, चीन, मेक्सिको, ब्राजिललगायतका देशहरु कोरोनाको चपेटामा परेका छन् ।

त्यसो त विश्वका सबैजसो देशहरुमा कोरोना संक्रमित भेटिइरहेका छन् । तर मृतकको संख्यालाई आधार मान्दा युरोप, अमेरिका क्यनडा बढी प्रभावित बनेको छ । कोरोना भाइरसका कारण हालसम्म विश्वर २८ लाख ६५ हजार मानिस प्रभावित बनेका छन् । ती मध्ये ८ लाख १६ हजार ४ सय ३६ जना निको भएर घर फर्केका छन् ।

हालसम्म ५८ हजारभन्दा बढी मानिसहरु गम्भीर अवस्थामा विभिन्न देशका अस्पतालमा उपचाररत छन् । हालसम्म कोरोनाबाट ज्यान गुमाउेको संख्या यसप्रकार रहेको छ ।

अमेरिकामा कुल मृतक : ५२ हजार ३ सय ७१ जना ।

संक्रमित : ९ लाख २९ हजार २८ जना ।

निको भएर घर फर्केका : १ लाख १० हजार ५ सय ४ जना ।

इटलीमा कुल मृतक : २६ हजार ३ सय ८४ जना ।

संक्रमित : १ लाख ९५ हजार ३ सय ५१ जना ।

निको भएर घर फर्केका : ६३ हजार ।

अन्य देशको तुलनामा इटलीमा तुलनात्मक रुपमा निको हुनेको संख्या कम रहेको छ ।

स्पेनमा कुल मृतक : २२ हजार ९ सय २ जना ।
संक्रमित : २ लाख २३ हजार ७ सय ५९ जना ।
निको भएर घर फर्केका : ९५ हजार ७ सय ८ जना ।

फ्रान्समा कुल मृतक : २२ हजार २ सय ४५ ।
संक्रमित :१ लाख ५९ हजार ८ सय २८ जना ।
निको भएर घर फर्केका : ४३ हजार ४ सय ९३ जना । यो तथ्यांकमा शनिबारको तथ्यांक समावेश गरिएको छैन ।

बेलायतमा कुल मृतक : २० हजार ३ सय १९ जना ।
संक्रमित : १ लाख ४८ हजार ३ सय ७७ जना ।
निको भएर घर फर्केका : अहिलेसम्म उपलब्ध नभएको । (ओल्डोमिटरका अनुसार)

जर्मनीमा कुल मृतक : ५ हजार ८ सय ५ जना ।
संक्रमित : १ लाख ५५ हजार ४ सय १८ जना ।
निको भएर घर फर्केका : १ लाख ९ हजार ८ सय जना ।

चीनमा कुल मृतक : ४ हजार ६ सय ३२ जना ।
संक्रमित : ८२ हजार ८ सय १६ जना ।
निको भएर घर फर्केका : ७७ हजार ३ सय ४६ जना ।
(नेपालको समय अनुसार बैशाख १३ गते राति साढे ९ बजेसम्म कोरोनाको विश्वव्यापी तथ्यांकको प्रत्यक्ष जानकारी दिने ओल्डोमिटर डटकमले उल्लेख गरेको तथ्यांक यहाँ उल्लेख गरिएको हो– सम्पादक)

यी देशका अलवा विश्वका झण्डै २ सय देशमा कोरोनाको संक्रमण फैलिएको छ । कोरोनाका कारण यतिबेला विश्वभरको हवाई सेवा प्रभावित बनेको छ । कतिपय देशहरुले संक्रमणकालको घोषणा गरेका छन् भने कतिपय देशहरु लकडाउनको अवस्थाबाट गुज्रिरहेका छन् । जसका कारण अर्थतन्त्र चौपट भएको छ । कोरोनाका कारण धेरै देशको शिक्षण संस्था, होटल, रेस्टुरेन्ट उद्योगधन्दा, बजारलगायत बन्द रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भूकम्पको ५ वर्षपछि दरबार हाइस्कुलको नयाँ भवनमा पठनपाठन शुरु भूकम्पको ५ वर्षपछि दरबार हाइस्कुलको नयाँ भवनमा पठनपाठन शुरु

२०७७ माघ २० गते मंगलबार

०२ फेब्रुअरी, २०२१काठमाडौं । २०७२ साल बैशाखमा गएको महाभूकम्पले...

केही सरकारी कार्यालय सातै दिन खोल्ने सरकारको निर्णय केही सरकारी कार्यालय सातै दिन खोल्ने सरकारको निर्णय

२०७९ फाल्गुन १५ गते सोमबार

२७ फेब्रुअरी, २०२३काठमाडौं । सरकारले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै...

कोरोनाको क्षति इटली भन्दा अमेरिकामा धेरै : मृतकको संख्या २० हजार नाघ्यो, एकैदिन २ हजार बढीको ज्यान गयो कोरोनाको क्षति इटली भन्दा अमेरिकामा धेरै : मृतकको संख्या २० हजार नाघ्यो, एकैदिन २ हजार बढीको ज्यान गयो

२०७६ चैत्र २९ गते शनिबार

११ अप्रिल, २०२० न्यूर्योक । विश्वव्यापी रुपमा महामारीको रुपमा...

५५ वर्षमाथिका सबैलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने सरकारको तयारी ५५ वर्षमाथिका सबैलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने सरकारको तयारी

२०७७ फाल्गुन १० गते सोमबार

२२ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले ५५ वर्षमाथिका उमेर समूहका...

Top