कोरोना संक्रमणबाट निको हुनेको संख्या १२ पुग्यो

Best Khabar Team | २०७७ बैशाख १३ गते शनिबार


२५ मार्च, २०२०
चितवन । । नेपालमा कोरोना संक्रमणलाई जितेर स्वास्थ्यलाभ गर्नेको संख्या १२ पुगेको छ । पछिल्लो समयमा चितवनका एक युवकले कोरेना संक्रमणलाई जितेका हुन् । उनलाई आज भरतपुरस्थित अस्पतालले डिस्चार्ज गरिदिएको छ ।

उनलाई अस्पतालले डिस्चार्ज गरिदिएपनि उनकी आमा अस्पतालमै उपचारत रहेकोले उनी केही दिन अस्पतालमै रहने भएका छन् । केहीसमयअघि बेलायतमा सँगै फर्केका आमाछोरामा कोरोना भेटिएको थियो । आज डिस्चार्ज भएका युवक आमा निको भएपछि उनी सँगै घर जाने भन्दै अस्पतालमै बसेका हुन् ।

उनलाई अहिले अस्पतालभित्रै तर कोरोना आइसोलेसन भन्दा टाढाको बेडमा रारिएको छ । चैत्र ३ गते बेलायतबाट फर्केका पूर्वी चितवन राप्ती नगरपालिका–८ ब्रह्मनगरका यी युवकमा गएको बैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै यसअघि हिजोमात्रै बाग्लुङ्गकी एक युवतीपनि कोरोनालाई जित्दै अस्पतालबाट घर फर्केकी छिन् । यसअघि देशका विभिन्न ठाउँमा १० जना कोरोना संक्रमितको सफल उपचार सम्पन्न भै सकेको छ ।

हाल आइसोलेसनमा रहेका ३७ जनाको देशका विभिन्न अस्पतालमा उपचार जारी छ । ती मध्ये ३ जना भारतीय नागरिक रहेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प

२०७६ चैत्र २ गते आइतबार

१५ मार्च, २०२०लेकसाईड । कास्कीको लुम्लेलाई केन्द्रबिन्दु बनाएर आज...

५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह ५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

२०७७ श्रावण २ गते शुक्रबार

१७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरुभएसँगै देशका विभिन्न भागमा...

माओवादीका केन्द्रीयसहित ८ नेताकार्यकर्ता पक्राउ माओवादीका केन्द्रीयसहित ८ नेताकार्यकर्ता पक्राउ

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको...

प्रधानमन्त्री ओली युरोप आउँदै प्रधानमन्त्री ओली युरोप आउँदै

२०७६ जेठ १९ गते आइतबार

पी.एल. तरंग/ब्रसेल्स ०२ जुन, २०१९यही जुन ८ तारिखमा स्विटजरल्याण्डको...

Top