हिमपहिरोमा पुरिएका धादिङ्का तामाङ्को शव ३ महिनापछि भेटियो

Best Khabar Team | २०७७ बैशाख १२ गते शुक्रबार


२४ अप्रिल, २०२०
काठमाडौं । २०७६ साल माघ ३ गतेदेखि अन्र्नपूर्ण पदयात्राका क्रममा बेपत्ता भएका एकजनाको शव आज फेला परेको छ । कोरियन नागरिकसहित पोखराबाट अन्नपूर्ण आधार शिविरको पदयात्रामा निस्केका धादिङ्गका मेमबहादुर तामाङ्गको शव स्थानीय वासिन्दाले हिँकु केभनजिकै फेला पारेका हुन् ।

पदयात्राका क्रममा गएका तामाङ्गसहित अन्य एक नेपाली र ४ जना कोरियाली पर्यटक एक्कासी गएको हिमपहिरोमा परेर वेपत्ता भएका थिए । सोही घटनामा परेका एक नेपालीको शव गत महिना नै भेटिइसकेको छ । अन्नपूर्णको दक्षिणी मोहडातर्फबाट झरेको हिमपहिरोमा परेर उनीहरु गत माघ ३ गतेदेखि बेपत्ता भएको बताइएको छ । काठमाडौंको पिक गाइड नेपालबाट उनीहरुको टोली अन्नपूर्ण पदयात्रामा निस्केको थियो ।

आज शव भेटिएका पर्यटक हेल्पर तामाङ्गको घर धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ११भएको बताइएको छ । उनीसँगै पदयात्रामा गएका पर्यटक सहयोगी छिरिङ्ग भोटे कोरियाली पर्यटकहरू लि मिन सु, जोङपिल बोङ, किम सोक जा र चोइ जो वोन अहिलेपनि वेपत्ता नै छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लमजुङ्मा २२ सहित थप १०१ जनामा कोरोना संक्रमण, मृतकको संख्या ४० पुग्यो लमजुङ्मा २२ सहित थप १०१ जनामा कोरोना संक्रमण, मृतकको संख्या ४० पुग्यो

२०७७ श्रावण २ गते शुक्रबार

१७ जुलाई, २०२०काठमाडौं । लमजुङ्गमा पछिल्लो २४ घण्टामा थप...

इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणको राष्ट्रपति ट्रम्पद्वारा दुःख व्यक्त इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणको राष्ट्रपति ट्रम्पद्वारा दुःख व्यक्त

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर , २०१९ न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड...

अबैध आप्रबासी लिएर इटली जाँदै गरेको पानीजहाज ट्युनिसियामा दुर्घटना, ४६ को मृत्यु, मृतक अधिकांश महिला अबैध आप्रबासी लिएर इटली जाँदै गरेको पानीजहाज ट्युनिसियामा दुर्घटना, ४६ को मृत्यु, मृतक अधिकांश महिला

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०टुनिस, ट्युनिसिया । अफ्रिकी मुलुक ट्युनिसियाबाट अबैध...

भारत चीनबीचको सीमा विवाद : रुसको मध्यस्थतामा वार्ता हुँदै भारत चीनबीचको सीमा विवाद : रुसको मध्यस्थतामा वार्ता हुँदै

२०७७ असार ४ गते बिहिबार

१८ जुन, २०२०नयाँदिल्ली । गएको सोमबार राती भारत चीन...

Top