दल बिभाजनसम्बन्धी नयाँ अध्यादेशको प्रभाव : बाबुराम भट्टराई र महन्थ ठाकुर नेतृत्वको दुई पार्टीबीच मध्यरातमा एकता

Best Khabar Team | २०७७ बैशाख १० गते बुधबार


२२ अप्रिल, २०२०
काठमाडौं । नेपालका इतिहाँसमा धेरैजस्ता महत्वपूर्ण निर्णय तथा घटनाहरु मध्यरातमा हुने गरेका छन् । यही राजनीतिक परम्पराले यसपटक पछि धेरै पछि पुनराबृत्ति पाएको छ । सिँगो देश तथा जनता एवं विश्व समुदाय कोरोनाको कहरबाट गुज्रिरहेका बेला नेपालका राजनीतिक दलहरु भने आफू अनुकुल हुने गरी शक्तिसञ्चयको अभियानमा जुटेका छन् ।

यही क्रममा आजराति मध्यरातमा नेपालमा दुई राजनीतिक शक्तिबीच एकताको घोषणा भएको छ । महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीबीच आजराति मध्यरातमा एकता भएको हो । एकतासँगै नयाँ बन्ने पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने बैठकपछि जारी गरिएको एकता पत्रमा उल्लेख छ ।

बैठकपछि जारी गरिएको एकता पत्र ।

सहमति पत्रमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादी पार्टीको तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

नयाँ सहमति अनुसार अब नवघोषित पार्टीको झण्डा यसअघिको समाजवादीको र चुनाव चिन्ह भने राजपाको हुनेछ । सरकारले दल विभाजनसम्बन्धी २ वटा अध्यादेश ल्याएको४८ घण्टा वित्न नपाउँदै दुई दलले आ–आफ्नो पार्टीलाई फुट्नबाट जोगाउन यो कदम चालेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातयात सञ्चालनको तयारी काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातयात सञ्चालनको तयारी

२०७७ असार २० गते शनिबार

०४ जुलाई, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न भन्दै...

अबैध आप्रबासी बोकेर युरोप आउँदै गरेको डुंगा भूमध्यसागरमा दुर्घटना, ४३ को मृत्यु, १० को जिवितै उद्दार अबैध आप्रबासी बोकेर युरोप आउँदै गरेको डुंगा भूमध्यसागरमा दुर्घटना, ४३ को मृत्यु, १० को जिवितै उद्दार

२०७७ माघ ८ गते बिहिबार

२१ जनवरी, २०२०लिंकरोभर, बेल्जियम । अबैधरुपमा युरोप छिर्न खोजेका...

कोरोनाको कारण धुलिखेलमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको काठमाडौंमा दाहसंस्कार ! कोरोनाको कारण धुलिखेलमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको काठमाडौंमा दाहसंस्कार !

२०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०काठमाडौं । बिहीबार राती काभ्रेको धुलिखेल अस्पतालमा...

पुराना संगीतकर्मी तथा गायक सञ्जीप प्रधानका बुबा गणेशभक्तको निधन पुराना संगीतकर्मी तथा गायक सञ्जीप प्रधानका बुबा गणेशभक्तको निधन

२०७६ माघ २७ गते सोमबार

१०, फेब्रुअरी, २०२० काठमाडौं । ५० र ६० को...

Top