अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन गरिरहँदा ह्वाईट हाउस बाहिर गोली चल्यो, ट्रम्पको पत्रकार सम्मेलन स्थगित (भिडियोसहित)

Best Khabar Team | २०७७ श्रावण २७ गते मंगलबार


११ अगस्ट, २०२०
न्यूर्योक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट हाउसस्थित राष्ट्रपति कार्यालयभित्र पत्रकार सम्मेलन गरिरहँदा बाहिर गोली चलेको आवाज आयो । यो आवाज उनको सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा अन्य अधिकारीहरुले राम्ररी सुने । आवाज त्यहाँ जम्मा भएका पत्रकारहरुको कानमा समेत प-यो ।

तर गोलीको आवाज आइरहँदा पनि अमेरिकी राष्ट्रपति ट्रम्प आफ्नो भनाई पत्रकारहरुमाझ प्रस्तुत गरिरहेका थिए । एक्कासी उनको सुरक्षामा खटिएका एकजना सुरक्षाकर्मीले उनलाई रोके । ट्रम्पको पत्रकार सम्मेलनस्थलको दाहिनेपछि ढोकाको पछाडि बसिरहेका ती सुरक्षाकर्मीले ट्रम्पलाई आएर केही भने र अनि कान नजिकै गएर थप कुराकानी गरे । त्यसपछि उनले ट्रम्पलाई लिएर ढोकाभित्रपछि गए ।

पत्रकार सम्मेलनमा ट्रम्पको आसपासमा रहेका ह्वाईट हाउसका अन्य पदाधिकारी तथा सुरक्षाकर्मीपनि त्यसपछि बसिरहेको कुर्ची छाडेर ट्रम्प गएतिरै लागे । त्यतिबेलासम्म गोली चलिरहेको आवाज स्पष्टसँग सुनिइरहेको थियो । घटनाको नौ मिनेट पछि ट्रम्प फेरि पत्रकार सम्मेलन स्थलमै फर्केर घटनाको बारेमा जानकारी गराएका थिए । उनले पत्रकारहरुलाई बाहिर गोली चलेको र घटना के हो भन्ने बारेमा आफूले विस्तृत थाहा नपाएको बताएका थिए ।

घटना के थियो ?
अमेरिकाको गुप्त निकायले ह्वाईट हाउस बाहिर एकजना ५१ वर्षका संदिग्ध व्यक्तिलाई गोली हानेपछि अमेरिकी राष्ट्रपति भवन भित्र डोनाल्ड ट्रम्पको ‘प्रेसमिट’ नै स्थगित भएको थियो । बाहिर गोली चलेको आवाज राष्ट्रपति भवन बाहिरका विशेष प्रहरीले राष्ट्रपति भवनभित्र ट्रम्पको सुरक्षामा खटिएका सुरक्षा अधिकारीलाई जानकारी गराएका थिए ।

त्यसलगत्तै ती अधिकारीले राष्ट्रपति ट्रम्पलाई घटनाको जानकारी गराउँदै पत्रकार सम्मेलन बीचमा रोकेर भित्र लगेका थिए । सिबिएस न्यूजका अनुसार राष्ट्रपति भवन बाहिर एकजना संदिग्ध व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले शंकास्पद क्रियाकलाप गरेपछि गोली प्रहार गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

प्रहरीको गोली लागेर घाइते भएका ती व्यक्तिको अहिले स्थानीय अस्पतालमा उपचार भै रहेको छ । ५१ वर्षका एकजना संदिग्ध व्यक्तिले आफ्नो साथमा हतियार रहेको भन्दै सुरक्षाकर्मीलाई धम्क्याईरहेका थिए । यसपछि उनले शरीरको कपडाभित्रबाट पेस्तोल निकालेर नजिकै रहेको रुखलाई ताकेर फाएरिङ्ग खोलेका थिए । त्यसपछि जवाफमा प्रहरीले उनीमाथि गोली प्रहार गरेको थियो । घटना अमेरिकी समय अनुसार सोमबार साँझ ५ बजेर ५५ मिनेट जाँदा भएको बताइएको छ। भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै

२०७७ असार २८ गते आइतबार

१२ जुलाई, २०२०नयाँदिल्ली । बलिउड क्षेत्रका प्रख्यात अभिनेता अमिताभ...

कोरोना संक्रमणबाट भयभित बन्दै विश्व : कहाँ के भयो ? (विश्वभरको पछिल्लो अपडेटसहित) कोरोना संक्रमणबाट भयभित बन्दै विश्व : कहाँ के भयो ? (विश्वभरको पछिल्लो अपडेटसहित)

२०७६ फाल्गुन १७ गते शनिबार

१ मार्च, २०२०काठमाडौं । चीनको हुवेई प्रान्तबाट करिब साढे...

४ जिल्लामा थपिए ५७ संक्रमित, कोरोना संक्रमितको संख्या १९१ ४ जिल्लामा थपिए ५७ संक्रमित, कोरोना संक्रमितको संख्या १९१

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । नेपालमा एकैदिन ५७ जनामा कोरोना...

देशभर कोरोना संक्रमितको संख्या १४ हजार बढी (प्रदेशहरुको तथ्यांकसहित) देशभर कोरोना संक्रमितको संख्या १४ हजार बढी (प्रदेशहरुको तथ्यांकसहित)

२०७७ असार १७ गते बुधबार

०१ जुलाई, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा देखिएको कोरोना...

Top