२० लाख पर्यटकको महत्वकांक्षी योजना र चुनौतीहरु

Best Khabar Team | २०७६ असार ५ गते बिहिबार


२० जुन, २०१९
काठमाडौं । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष आउन अब करिब ६ महिना बाँकी छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षको घोषणा गरेको सरकारले केही महत्वकांक्षी योजनाहरु पनि सार्वजनिक गरेको छ । यो वर्ष २० लाख विदेशी पर्यटक ल्याउने सरकारको योजना भएपनि पर्यटन क्षेत्रका पूर्वाधारलगायतका कारण यो वर्ष सरकारले गरेको अपेक्षा पुराहुने सम्भावना कम रहेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

पछिल्लो समयमा पर्यटन क्षेत्रमा देखिएको राजनीति यसको मुख्य कारण रहेको उनीहरु बताउँछन् । यसका साथै पर्यटन पूर्वधार, विमानस्थलमा देखिएको चापलगायत पनि यसको अर्को कारण हो । यसका अलवा नेपालको केन्द्रीय राजनीतिमा देखिएको समस्या, विप्लव नेतृत्वको नेकपाका पछिल्ला गतिविधिलगायत सरकारको योजनाको बाधक रहेको उनीहरु बताउँछन् । काठमाडौं उपत्यकाभित्रका पर्यटकीय क्षेत्रमा देखिएको जीर्ण सडक तथा सवारी व्यवस्थापनलगायतका विषयमा पनि बेलैमा ध्यान दिनुपर्ने देखिन्छ ।

पर्यटक नेपाल आएपनि उनीहरुको नेपाल बसाई सफल र सुखद बनाउनका लागि आवश्यक सबै तयारी पुरा गराउन सरकारले कुनै कसर बाँकी राख्नु हुन्न । यसका साथै कुनै पार्टी विशेषको योजना र सफलता भन्नुको साटो सिँगो मुलुकको सफलता हुने दिशामा सोच बनाएर यसलाई सफल पार्न सबै लाग्नुपर्ने देखिएन्छ । काठमाडौंबाट अन्य पर्यटकीय तथा पदमार्गमा जाने सडकहरुको खवस्थामा पनि तत्काल सुधार गर्नुपर्ने देखिन्छ । कतिपय पदमार्गमा अहिलेपनि सडक संरचना अत्यन्तै जोखिम रहेकोले तत्काल त्यसलाई सहज बनाउन लाग्नुपर्ने देखिन्छ । २० लाख पर्यटक नेपाल भित्र्याउने तयारी भै रहँदा उनीहरुलाई काठमाडौंलगायत देशका अन्य स्थानमा सरल र सहज रुपले यात्रा गर्ने तथा नेपाल बसाई सुरक्षित बनाउन पनि सरकारले ध्यान दिनुपर्ने हुन्छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

रसियाको कुरिरमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प रसियाको कुरिरमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प

२०७६ चैत्र १२ गते बुधबार

२५ मार्च, २०२० मस्को । विश्वमा कोरोना भाइरसले प्रकोपको...

नेकपाको  निर्णय : ३ नम्बर प्रदेशको  नाम बाग्मती, केन्द्र हेटौंडा नेकपाको निर्णय : ३ नम्बर प्रदेशको नाम बाग्मती, केन्द्र हेटौंडा

२०७६ पुष १३ गते आइतबार

२९ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा)...

काठमाडौं बानेश्वरका एक बृद्धको कोरोना संक्रमणका कारण निधन, संक्रमितको संख्या १५ हजार २ सय नाघ्यो काठमाडौं बानेश्वरका एक बृद्धको कोरोना संक्रमणका कारण निधन, संक्रमितको संख्या १५ हजार २ सय नाघ्यो

२०७७ असार १९ गते शुक्रबार

०३ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौंमा एकजना...

सर्वोच्चले साढे १६ वर्ष जेल सजायाँ घटाई दिएपछि पूर्वडिआइजी कोइराला थुनामुक्त सर्वोच्चले साढे १६ वर्ष जेल सजायाँ घटाई दिएपछि पूर्वडिआइजी कोइराला थुनामुक्त

२०७७ श्रावण ८ गते बिहिबार

२३ जुलाई, २०२०काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरी शव...

Top