नेपालमा कोरोना : चौथो संक्रमितपनि डिस्चार्ज, २७ को उपचार चल्दै

Best Khabar Team | २०७७ बैशाख ७ गते आइतबार


१९ अप्रिल, २०२०
धनगढी । नेपालमा कोरोना संक्रमणमा परी निको भएर घर फर्कनेहरुको संख्या ४ पुगेको छ । आज कैलाली लम्कीका २१ वर्षका युवकले कोरोनालाई जितेका हुन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ती युवकको ल्याव परीक्षणका क्रममा पछिल्लो ४ पटक नै नेगेटिभ रिपोर्ट आएपछि उनलाई आज अस्पतालले डिस्चार्ज गरेको हो । यसअघि कोरोना संक्रमित तीन जनाको डिस्चार्ज भै सकेको छ ।

हिजो मात्रै काठमाडौंकी १९ वर्षकी युवती, बाग्लुङ्गकी ६५ वर्षकी बृद्द तथा गएको फागुनमा काठमाडौंमा एक युवकले कोरोना जितिसकेका छन् । आज कोरोना जित्ने युवक कोरोनाको संक्रमणमा परी विगत १६ दिनदेखि अस्पतालको आइसोलेसनमा बस्दै आएका थिए । रोजगारीको लागि भारत पुगेका ती युवकमा कोरोनाको संक्रमण देखिएपछि उनलाई चैत्र २२ गतेदेखि अस्पतालको आइसोलेसनमा राखेर उपचार अघि बढाईको थियो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३१ पुगेको भएपनि यसमध्ये ४ जना उपचारपछि घर फर्किसकेका छन् । अब बाँकी २८ जनाको उपचार देशका विभिन्न अस्पतालहरुको आइसोलेसनमा भै रहेको छ । ती मध्ये १३ जना भारतीय नागरिकहरु रहेका छन् । अस्पतालमा उपचारमा रहेकाहरु सबैको अवस्था सामान्य रहेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोना संक्रमण रोक्न सरकारले गरेको प्रयास सकारात्मक नेपालमा कोरोना संक्रमण रोक्न सरकारले गरेको प्रयास सकारात्मक

२०७६ चैत्र २९ गते शनिबार

काठमाडौं । नेपाल सरकारले कोरोना नियन्त्रणका लागि हालसम्म गरेको...

गोर्खाको लापुडाँडामा गएको पहिरोले स्थानीय नौली खोला थुनियो गोर्खाको लापुडाँडामा गएको पहिरोले स्थानीय नौली खोला थुनियो

२०७७ श्रावण १० गते शनिबार

२५ जुलाई, २०२०आरुघाट, गोरखा । अविरल वर्षात्का कारण गोर्खामा...

काठमाडौंमा ४ स्वास्थ्यकर्मीसहित थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ सय नजिक काठमाडौंमा ४ स्वास्थ्यकर्मीसहित थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ सय नजिक

२०७७ जेठ २० गते मंगलबार

०२ जुन, २०२०काठमाडौै । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल...

बेलायतबाट नेपाल आउने सबै उडानमा रोक लगाउने सरकारको निर्णय बेलायतबाट नेपाल आउने सबै उडानमा रोक लगाउने सरकारको निर्णय

२०७७ पुष ७ गते मंगलबार

२२ डिसेम्बर, २०२०काठमाडौं । नेपालले बेलायतबाट नेपालमा हुने सबै...

Top