Best Khabar Team | २०७७ बैशाख ७ गते आइतबार

१९ अप्रिल, २०२०
धनगढी । नेपालमा कोरोना संक्रमणमा परी निको भएर घर फर्कनेहरुको संख्या ४ पुगेको छ । आज कैलाली लम्कीका २१ वर्षका युवकले कोरोनालाई जितेका हुन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ती युवकको ल्याव परीक्षणका क्रममा पछिल्लो ४ पटक नै नेगेटिभ रिपोर्ट आएपछि उनलाई आज अस्पतालले डिस्चार्ज गरेको हो । यसअघि कोरोना संक्रमित तीन जनाको डिस्चार्ज भै सकेको छ ।
हिजो मात्रै काठमाडौंकी १९ वर्षकी युवती, बाग्लुङ्गकी ६५ वर्षकी बृद्द तथा गएको फागुनमा काठमाडौंमा एक युवकले कोरोना जितिसकेका छन् । आज कोरोना जित्ने युवक कोरोनाको संक्रमणमा परी विगत १६ दिनदेखि अस्पतालको आइसोलेसनमा बस्दै आएका थिए । रोजगारीको लागि भारत पुगेका ती युवकमा कोरोनाको संक्रमण देखिएपछि उनलाई चैत्र २२ गतेदेखि अस्पतालको आइसोलेसनमा राखेर उपचार अघि बढाईको थियो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३१ पुगेको भएपनि यसमध्ये ४ जना उपचारपछि घर फर्किसकेका छन् । अब बाँकी २८ जनाको उपचार देशका विभिन्न अस्पतालहरुको आइसोलेसनमा भै रहेको छ । ती मध्ये १३ जना भारतीय नागरिकहरु रहेका छन् । अस्पतालमा उपचारमा रहेकाहरु सबैको अवस्था सामान्य रहेको बताइएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकामा यहुदी धर्मगुरुको घरमा छुराकाण्ड : ५ घाइते
२०७६ पुष १३ गते आइतबार
२९ डिसेम्बर, २०१९ न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेका यहुदी...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकको कोरोनाका कारण मृत्यु
२०७७ श्रावण २५ गते आइतबार
०९ अगस्ट, २०२०लेकसाईड, कास्की । मधुमेहको उपचारका लागि अस्पताल...
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०४२ पुग्यो
२०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...
कर्णाली प्रदेशमा पनि पस्यो कोरोना, थप १८ जनामा संक्रमण, कुल संक्रमितको संख्या ३७५ पुग्यो
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०काठमाडौं । नेपालको कर्णाली प्रदेशमा पनि कोरोना...
Top