उदयपुरमा थप एक भारतीयमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

Best Khabar Team | २०७७ बैशाख ६ गते शनिबार


१८ अप्रिल, २०२०
गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकामा रहेको एक मस्दिजमा बस्दै आएका थप अर्का एक भारतीय नागरिकमा कोरोनाको संक्रमण भेटिएको छ । त्रिगुगा नपाको भुल्केस्थित नुर मस्जिदमा बस्दै आएका ६५ वर्षका भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाको आशंकामा ती भारतीय नागरिकको स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

विराटनगरको कोशी अञ्चल अस्पतालका अनुसार प्रयोगशालामा परीक्षण गर्दा मस्जिदमा बसेका उनमा कोरोना भाइरसको पोजेटिभ लक्षण भेटिएको हो । यसअघि ३ दिनअघि सोही मस्जिदमा बस्दै आएका ११ जना भारतीय नागरिक र १ नेपालीमा कोरोना संक्रमण भेटिएको थियो । उनीहरुको कोशी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचार भै रहेको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।

जसमध्ये ३ जना उपचारपछि घर फर्किसकेका छन् । बाग्लुङ्गकी ६५ वर्षकी बृद्दा र काठमाडौंकी १९ वर्षीय युवती आज अस्पतालबाट डिस्चार्ज भएका हुन् । यसअघि काठमाडौंका एक युवकमा कोरोना संक्रमण देखिएकोमा उनीपनि उपचारपछि घर फर्किसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। बासुदेव पाण्डेका अनुसार ती भारतीय नागरिकमा संक्रमण देखिएको हो ।

यसअघि शुक्रबार उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका ११ जना भारतीय र एक नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमित ती भारतीय नागरिक र अरु तीन नेपालीलाई शुक्रबार राति मोरङको टाँडीस्थित क्वारेन्टाइन स्थलमा लगिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विदेशी सैनिकलाई तत्काल देश छाड्न इराकी संसदको निर्देशन विदेशी सैनिकलाई तत्काल देश छाड्न इराकी संसदको निर्देशन

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० बग्दाद । इराकले देशमा तैनाथ सबै...

पहलगाम आक्रमणको जवाफ ‘अप्रेसन सिन्दुर’बाट फकाउँदै भारत : पाकिस्तानका विभिन्न स्थानमा आक्रमण, दर्जनौं मारिए पहलगाम आक्रमणको जवाफ ‘अप्रेसन सिन्दुर’बाट फकाउँदै भारत : पाकिस्तानका विभिन्न स्थानमा आक्रमण, दर्जनौं मारिए

२०८२ बैशाख २४ गते बुधबार

०७ मे, २०२५नयाँदिल्ली, भारत । गत अप्रिल २२ तारिखका...

कास्की, म्याग्दी र जाजरकोटका विभिन्न स्थानमा पहिरो, ७ को मृत्यु, ३९ जना वेपत्ता कास्की, म्याग्दी र जाजरकोटका विभिन्न स्थानमा पहिरो, ७ को मृत्यु, ३९ जना वेपत्ता

२०७७ असार २६ गते शुक्रबार

१० जुलाई, २०२०लेकसाईड, पोखरा । अविरल वर्षासँगै आएको पहिरोमा...

गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित) गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित)

२०७७ श्रावण २१ गते बुधबार

०६ अगस्ट, २०२०कोरोना भाइरसको प्रकोपबाट विश्व आतंकित भै रहेका...

Top