Best Khabar Team | २०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२०
मानमा । बैदेशिक रोजगारीको लागि बहराईन आएका थप २७ जना नेपालीमा कोरोना संक्रमण भेटिएको छ । परीक्षणका क्रममा आज मात्रै थप २७ जनामा कोरोना संक्रमण भेटिएको हो ।
एउटै कम्पनीमा काम गर्ने उनीहरुमा कोरोनाको संक्रमण देखिएको भएपनि उनीहरुको परिचय खुलाइएको छैन । संक्रमितहरुलाई अहिले अस्पतालमा उपचार थालिएको छ । यद्यपि उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । यो सँगै बहराईनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ ।

बहराईनस्थित नेपाली दुतावासका अनुसार कम्पनीमा काम गर्ने भारतीय र अन्य देशका नागरिकहरुमा पनि कारोनाको संक्रमण भएको छ । उनीहरुलाई पनि अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । यस्तै यूएई र कुबेतमा रहेका नेपालीहरुमध्ये थप ७ जनामा कोरोना संक्रभण पुष्टि भएको छ ।
दुतावासका अनुसार युएईको एउटै कम्पनीमा कार्यरत ६ जना नेपाली र कुवेतमा कार्यरत एक नेपाली गरी थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको पनि अवस्था सामान्य रहेको छ । दुतावासले कोरोना संक्रमणबाट बच्नका लागि आवश्यक सुरक्षा सावधानी अपनाउन नेपालीहरुलाई आग्रह गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतीय ध्वजाबाहक विमान दुर्घटना : २ सय भन्दा बढीको मृत्यु
२०८२ जेठ २९ गते बिहिबार
१२ जुन, २०२५ नयाँदिल्ली, भारत । भारतको अहमदाबादबाट लण्डनका...
एक्कासी कसरी थपिए चीनमा एकैदिन झण्डै १३ सय मृतक ?
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२० बेइजिङ्ग । चीनमा कोरोना भाइरसका कारण...
भारतमा कोरोना संक्रमित नेपालीको संख्या १२, एउटै परिवारका ८ मा संक्रमण भेटियो
२०७६ चैत्र २८ गते शुक्रबार
१० अप्रिल, २०२० नयाँदिल्ली । भारतका विभिन्न शहरमा बस्दै...
हिमाल देखाएर विदेशी ल्याउने मात्रै कि सुरक्षामा पनि ध्यान दिने ?
२०७६ मंशिर २३ गते सोमबार
– पि.एल तरंग स्पेनको मड्रिड सहरमा यतिबेला जलबायु परिवर्तनसम्बन्धी...
Top