Best Khabar Team | २०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२०
काठमाडौं । सरकारले तत्कालका लागि एक जिल्लाबाट अर्को जिल्लामा मानिसहरुको आउजाउ रोक्न थप कडाई गरेको छ । सरकारको निर्देशनमा गृहमन्त्रालयले कोरोना भाइरसको संक्रमण रोक्नका लागि एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि थप कडाई गर्नका लागि मातहतका निकायमा परिपत्र गरेको हो ।
गृहमन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् जिल्लामा रहेका सबै सुरक्षा निकायलाई परिपत्र गर्दै तत्काल एक ठाउँबाट अर्को ठाउँमा जानको लागि कडाई गर्न भनेको हो । कुनै व्यक्ति कोरोना संक्रमित भएको अवस्थामा एक ठाउँबाट अर्को ठाउँमा जाँदा अरुलाई पनि जोखिम बढ्न सक्ने भन्दै सरकारले यसअघि नै एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान रोक लगाएको थियो ।
तर यो प्रावधान प्रभावकारी नभएको भन्दै सरकारले कडाईका साथ एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि रोक लगाउने निर्णय गरेको हो । अत्यावश्यक कामका लागि भने सम्बन्धित सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर जान सकिने गृहमन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयको यो निर्णयसँगै अब काठमाडौंलगायत देशका विभिन्न ठाउँमा मजदुरीका लागि गएर बन्दाबन्दीमा हिँडेरै घर फर्कन चाहेकाहरुलाई थप समस्या पर्ने देखिएको छ । किनभने अहिले दर्जनौं जिल्ला हिँडेर पार गर्दै एउटा जिल्लाबाट अर्को जिल्लामा जाने मजदुरहरुको संख्या बाक्लो रहेको छ । गृहमन्त्रालयको यो निर्देशन कार्यान्वयन भएसँगै यसरी जाने मजदुरहरु जहाँ पुगेका छन् त्यही रोकिने अवस्था आउने छ ।
गृहमन्त्रालयका अनुसार जो जहाँ जस्तो अवस्थामा छन्, त्यही अवस्थामा बस्न र आवश्यक परे सहयोगका लागि स्थानीय निकायमा अनुरोध गर्न सकिने छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नुवाकोट ककनीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय नाघ्यो
२०७७ जेठ ११ गते आइतबार
२४ मे, २०२०काठमाडौं । ३ नम्बर प्रदेश अर्थात् बाग्मती...
कक्षा ११ को बोर्ड परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै हुने, एसईईका विद्यार्थीलाई साउन १५ भित्र लब्धांकपत्र दिने तयारी
२०७७ असार २१ गते आइतबार
०५ जुलाई, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...
विषाक्त रक्सी सेवनबाट महोत्तरीमा ५ जनाको ज्यान गयो
२०७७ बैशाख १८ गते बिहिबार
३० अप्रिल, २०२०जलेश्वर । घरमै बनाइएको विषाक्त मदिरा सेवनबाट...
नेपालमा पहिलो पटक संघीय संरचना अनुसार एसइईको परीक्षा हुँदै
२०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ काठमाडौं । नेपालको इतिहाँसमा पहिलोपटक संघीय...
Top