Best Khabar Team | २०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२०
काठमाडौं । सरकारले तत्कालका लागि एक जिल्लाबाट अर्को जिल्लामा मानिसहरुको आउजाउ रोक्न थप कडाई गरेको छ । सरकारको निर्देशनमा गृहमन्त्रालयले कोरोना भाइरसको संक्रमण रोक्नका लागि एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि थप कडाई गर्नका लागि मातहतका निकायमा परिपत्र गरेको हो ।
गृहमन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् जिल्लामा रहेका सबै सुरक्षा निकायलाई परिपत्र गर्दै तत्काल एक ठाउँबाट अर्को ठाउँमा जानको लागि कडाई गर्न भनेको हो । कुनै व्यक्ति कोरोना संक्रमित भएको अवस्थामा एक ठाउँबाट अर्को ठाउँमा जाँदा अरुलाई पनि जोखिम बढ्न सक्ने भन्दै सरकारले यसअघि नै एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान रोक लगाएको थियो ।
तर यो प्रावधान प्रभावकारी नभएको भन्दै सरकारले कडाईका साथ एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि रोक लगाउने निर्णय गरेको हो । अत्यावश्यक कामका लागि भने सम्बन्धित सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर जान सकिने गृहमन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयको यो निर्णयसँगै अब काठमाडौंलगायत देशका विभिन्न ठाउँमा मजदुरीका लागि गएर बन्दाबन्दीमा हिँडेरै घर फर्कन चाहेकाहरुलाई थप समस्या पर्ने देखिएको छ । किनभने अहिले दर्जनौं जिल्ला हिँडेर पार गर्दै एउटा जिल्लाबाट अर्को जिल्लामा जाने मजदुरहरुको संख्या बाक्लो रहेको छ । गृहमन्त्रालयको यो निर्देशन कार्यान्वयन भएसँगै यसरी जाने मजदुरहरु जहाँ पुगेका छन् त्यही रोकिने अवस्था आउने छ ।
गृहमन्त्रालयका अनुसार जो जहाँ जस्तो अवस्थामा छन्, त्यही अवस्थामा बस्न र आवश्यक परे सहयोगका लागि स्थानीय निकायमा अनुरोध गर्न सकिने छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अबैध आप्रबासी बोकेर युरोप आउँदै गरेको डुंगा भूमध्यसागरमा दुर्घटना, ४३ को मृत्यु, १० को जिवितै उद्दार
२०७७ माघ ८ गते बिहिबार
२१ जनवरी, २०२०लिंकरोभर, बेल्जियम । अबैधरुपमा युरोप छिर्न खोजेका...
सिन्धुपाल्चोकको जुगलमा भेटिएका विरामीमा मौसमी संक्रमण : स्वास्थ्य मन्त्रालय
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२० चौतरा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा देखिएको...
नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित)
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०काठमाडौं । नेपालका कुल ४२ जिल्लामा हालसम्म...
बेलायतबाट नेपाल आउने सबै उडानमा रोक लगाउने सरकारको निर्णय
२०७७ पुष ७ गते मंगलबार
२२ डिसेम्बर, २०२०काठमाडौं । नेपालले बेलायतबाट नेपालमा हुने सबै...
Top