Best Khabar Team | २०७४ श्रावण २२ गते आइतबार

०६ अगस्ट, २०१७
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद गरेको भनिएका केही विवादास्पद जग्गाहरुको संसदीय समितिले स्थलगत अनुगमन गर्ने भएको छ । निगमले जग्गा खरिद प्रक्रियामा व्यापक अनियमितता गरेको भन्दै चौतर्फी गुनासो बढेपछि संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको आज बसेको बैठकले खरिद गरिएका जग्गाहरुको स्थलगत अध्ययन गर्ने निर्णय गरेको हो ।
निगमले विभिन्न प्रदेशमा खरिद गरेको जग्गामा निगमका प्रमुखले व्यापक अनियमितता गरेको तथा आफ्नै छोराको कम्पनीमार्फत् जग्गा खरिद गरेर ठूलो आर्थिक चलखेल गरेको आरोप लगोपछि समितिले यो विषयमा चासो दिएर छलफल थालेको थियो । निगमले पूर्वी नेपालको झापा देखि, सर्लाही, चितवन, भैरहवालगायत विभिन्न प्रदेशमा जग्गा खरिद गरेको थियो ।
समितिले सो जग्गा खरिद प्रक्रियाका बारेमा प्रयोग गरिएको फायलहरु झिकाएर अध्ययन गरिरहेको छ । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारीदेखि स्थानीय जनतासम्म पुगेर त्यसको बारेमा सत्यतथ्य छानबिन गर्ने समितिको भनाई छ ।
स्थलगत अध्ययनका लागि समिति केही दिनभित्रै विभिन्न जिल्लामा रहेका निगमको जग्गा खरिद स्थलमा पुग्ने तयारीमा जुटेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपाली दुतावास बर्लिनद्वारा पोल्याण्डको वार्सामा घुम्ती सिबिर सञ्चालन
२०८० आश्विन २७ गते शनिबार
१४ अक्टोबर, २०२३ बर्लिन, जर्मनी । बर्लिनस्थित नेपाली दूतावासको...
अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन गरिरहँदा ह्वाईट हाउस बाहिर गोली चल्यो, ट्रम्पको पत्रकार सम्मेलन स्थगित (भिडियोसहित)
२०७७ श्रावण २७ गते मंगलबार
११ अगस्ट, २०२०न्यूर्योक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट...
ट्रम्प पुनः राष्ट्रपति बन्ने दौडमा, चुनावी अभियान शुरु
२०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१९ वासिङ्टन । आगामी सन् २०२० मा...
भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित सूचीको सातौ नम्बरमा
२०७७ जेठ २० गते मंगलबार
०२ मे, २०२०नयाँदिल्ली । विश्वमा महिनौंअघिदेखि कोरोना संक्रमण शुरुभएका...
Top