Best Khabar Team | २०७४ श्रावण २२ गते आइतबार

०६ अगस्ट, २०१७
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद गरेको भनिएका केही विवादास्पद जग्गाहरुको संसदीय समितिले स्थलगत अनुगमन गर्ने भएको छ । निगमले जग्गा खरिद प्रक्रियामा व्यापक अनियमितता गरेको भन्दै चौतर्फी गुनासो बढेपछि संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको आज बसेको बैठकले खरिद गरिएका जग्गाहरुको स्थलगत अध्ययन गर्ने निर्णय गरेको हो ।
निगमले विभिन्न प्रदेशमा खरिद गरेको जग्गामा निगमका प्रमुखले व्यापक अनियमितता गरेको तथा आफ्नै छोराको कम्पनीमार्फत् जग्गा खरिद गरेर ठूलो आर्थिक चलखेल गरेको आरोप लगोपछि समितिले यो विषयमा चासो दिएर छलफल थालेको थियो । निगमले पूर्वी नेपालको झापा देखि, सर्लाही, चितवन, भैरहवालगायत विभिन्न प्रदेशमा जग्गा खरिद गरेको थियो ।
समितिले सो जग्गा खरिद प्रक्रियाका बारेमा प्रयोग गरिएको फायलहरु झिकाएर अध्ययन गरिरहेको छ । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारीदेखि स्थानीय जनतासम्म पुगेर त्यसको बारेमा सत्यतथ्य छानबिन गर्ने समितिको भनाई छ ।
स्थलगत अध्ययनका लागि समिति केही दिनभित्रै विभिन्न जिल्लामा रहेका निगमको जग्गा खरिद स्थलमा पुग्ने तयारीमा जुटेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
लुम्बिनीको मायादेवी मन्दिर ८ महिनापछि सबैका लागि खुल्ला गरियो
२०७७ मंशिर २१ गते आइतबार
०६ डिसेम्बर, २०२०तिलौराकोट, कपिलबस्तु । भगवान् बुद्धको जन्मस्थल कपिलबस्तुको...
हिन्दु धर्म, जनै पूर्णिमा र यसको धार्मिक महत्व
२०७७ श्रावण १९ गते सोमबार
निलकण्ठ महारुपपृष्ठभूमिनेपालमा संविधानतः मुलुक अहिले धर्म निरपेक्ष राष्ट्र भएको...
कोरोनाको कहरमा ‘बकर इद’ पर्व
२०७७ श्रावण १७ गते शनिबार
– पि.एल. तरंग०१ अगस्ट, २०२०विगत ८ महिनादेखि विश्वभरी फैलिएको...
कोरोनाको इपिसेन्टर बनेको इटलीले पर्यटकलाई स्वागत गर्न शुरु ग-यो
२०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०रोम । युरोपमा कोरोनाको इपिसेन्टरको रुपमा रहेको...
Top