Best Khabar Team | २०७७ बैशाख ३ गते बुधबार

१५ अप्रिल, २०२०
साउथइस्ट । बेलायतमा कोरोनाको संक्रमणबाट अर्का एक नेपालीले पनि ज्यान गुमाएका छन् । बेलायतको साउथइस्टमा बस्ने पूर्व भारतीय सैनिक लक्ष्मण श्रेष्ठको कोरोनाका कारण आज बिहान निधन भएको अस्पतालले जनाएको छ ।
उनी कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नबौं नेपाली हुन् । यसअघि ८ जनाले कोरोनाकै कारण ज्यान गुमाई सकेका छन् । स्याङ्गजाको पुतलीबजार नगरपालिका स्थायी घर भै परिवारसहित बेलायतमा बस्दै आएका ५८ वर्षका लक्ष्मण श्रेष्ठको कोरोनाका संक्रमणमा परी आज बिहान लण्डनको गाईज्अ स्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

विगत दुई साताअघि सामान्य ज्वरो आएर घरमै क्वारेन्टाइनमा बसिरहेका श्रेष्ठलाई केहीदिन अघि एक्कासी स्वासप्रश्वासमा अप्ठेरो भएपछि एम्बुलेन्समा राखेर अस्पताल पु-याइएको थियो । तर अस्पतालमा उपचार गराउने क्रममा उनमा कोरोना पुष्टि भएपछि विशेष निगरानीका साथ उपचार गरिएको भए पनि उनलाई बचाउन नसकेको अस्पतालको भनाई छ । उनको आज बिहान आज बिहान निधन भएको हो ।

श्रेष्ठको निधन भएपछि उनको परिवारमा रहेका तीन छोरी एक छोरा र उनकी श्रीमतीलाई पनि आइसोलेसनमा राखेर उपचार अघि बढाईको छ । श्रेष्ठ बेलायतमा ज्यान गुमाउने सातौं गोर्खा सैनिक हुन् । बेलायतमा हालसम्म कोरोनाका कारण १२ हजार ८ सय ८६ जनाको ज्यान गै सकेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
७० करोड कमिसन सम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीले दिए राजीनामा
२०७६ फाल्गुन ८ गते बिहिबार
२० फेब्रअरी, २०२० काठमाडौं । स्वदेशमै राहदानी छाप्नका लागि...
पाकिस्तानको कराँचीमा यात्रुबाहक विमान बस्तीमा खस्यो, ११ को मृत्यु भएको पुष्टि, धेरैको अवस्था चिन्ताजनक
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०इस्लामावाद । पाकिस्तानमा आज एउटा यात्रुबाहक विमान...
कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ४ लाख नाघ्यो, अमेरिका सबैभन्दा बढी प्रभावित
२०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०न्यूर्योक, अमेरिका । विश्वभर कोरोना (कोभिड–१९) को...
दुःखेको मन लिएर हरेक दिन काठमाडौंका सडकमा टेम्पो गुडाउने एक युवकको कथा
२०७६ पुष ११ गते शुक्रबार
– पि.एल . तरंगपुस महिनाको कठ्यांग्रिने जाडोमा काठमाडौं शहर...
Top