बेलायतमा कोरोना : लण्डनमा फेरि अर्का नेपालीको निधन, मृतक नेपालीको संख्या ९ पुग्यो

Best Khabar Team | २०७७ बैशाख ३ गते बुधबार


१५ अप्रिल, २०२०
साउथइस्ट । बेलायतमा कोरोनाको संक्रमणबाट अर्का एक नेपालीले पनि ज्यान गुमाएका छन् । बेलायतको साउथइस्टमा बस्ने पूर्व भारतीय सैनिक लक्ष्मण श्रेष्ठको कोरोनाका कारण आज बिहान निधन भएको अस्पतालले जनाएको छ ।

उनी कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नबौं नेपाली हुन् । यसअघि ८ जनाले कोरोनाकै कारण ज्यान गुमाई सकेका छन् । स्याङ्गजाको पुतलीबजार नगरपालिका स्थायी घर भै परिवारसहित बेलायतमा बस्दै आएका ५८ वर्षका लक्ष्मण श्रेष्ठको कोरोनाका संक्रमणमा परी आज बिहान लण्डनको गाईज्अ स्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

विगत दुई साताअघि सामान्य ज्वरो आएर घरमै क्वारेन्टाइनमा बसिरहेका श्रेष्ठलाई केहीदिन अघि एक्कासी स्वासप्रश्वासमा अप्ठेरो भएपछि एम्बुलेन्समा राखेर अस्पताल पु-याइएको थियो । तर अस्पतालमा उपचार गराउने क्रममा उनमा कोरोना पुष्टि भएपछि विशेष निगरानीका साथ उपचार गरिएको भए पनि उनलाई बचाउन नसकेको अस्पतालको भनाई छ । उनको आज बिहान आज बिहान निधन भएको हो ।

श्रेष्ठको निधन भएपछि उनको परिवारमा रहेका तीन छोरी एक छोरा र उनकी श्रीमतीलाई पनि आइसोलेसनमा राखेर उपचार अघि बढाईको छ । श्रेष्ठ बेलायतमा ज्यान गुमाउने सातौं गोर्खा सैनिक हुन् । बेलायतमा हालसम्म कोरोनाका कारण १२ हजार ८ सय ८६ जनाको ज्यान गै सकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दिल्लीमा दंगा : २४ ले गुमाए ज्यान, प्रदर्शन थप हिंसात्मक बन्दै दिल्लीमा दंगा : २४ ले गुमाए ज्यान, प्रदर्शन थप हिंसात्मक बन्दै

२०७६ फाल्गुन १४ गते बुधबार

२६ फेब्रुअरी, २०२०नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नयाँ...

अमेरिकामा बर्दीमै रहेका प्रहरी अधिकारीमाथि गोली प्रहार, एक गम्भीर घाइते अमेरिकामा बर्दीमै रहेका प्रहरी अधिकारीमाथि गोली प्रहार, एक गम्भीर घाइते

२०७६ माघ २६ गते आइतबार

०९ फेब्रुअरी, २०२० न्यूर्योक । अमेरिकाको न्यूर्योकमा आज साँझ...

आयल निगमले किनेको जग्गा विवाद : संसदीय समितिले अनुगमन गर्ने आयल निगमले किनेको जग्गा विवाद : संसदीय समितिले अनुगमन गर्ने

२०७४ श्रावण २२ गते आइतबार

  ०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल आयल निगमले...

उदयपुर भुल्केका ८ जनामा कोरोना आशंका : थप परीक्षणका लागि स्वाब धरान पठाईयो उदयपुर भुल्केका ८ जनामा कोरोना आशंका : थप परीक्षणका लागि स्वाब धरान पठाईयो

२०७७ बैशाख ९ गते मंगलबार

२१ अप्रिल, २०२०गाईघाट । उदयपुरको भुल्केस्थित एकै गाउँका ८...

Top