Best Khabar Team | २०७६ असार ३ गते मंगलबार
१७ जुन, २०१९
काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा जीप दुर्घटना भै करिब एक दर्जनले ज्यान गुमाएको २४ घण्टा वित्न नपाउँदै आज फेरि अर्को विकट पहाडी जिल्ला हुम्लामा जीप दुर्घटना भएको छ । जिल्लाको खार्पुनाथ गाउँपालिकाबाट सदरमुकाम जाँदै गरेको जीप कर्णाली नदीमा खसेर वेपत्ता भएको हो ।
सदमुकाम सिमिकोट जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप स्थानीय याङ्चुबाट करिब २ सय मिटर तल कणाली नदीमा खसेको हो । सो जीपमा कम्तीमा १० जना यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालयको भनाई छ । घटनालगत्तै अहिले स्थानीय वासिन्दा, प्रहरी तथा स्थानीय प्रशासन घटनास्थल पुगेको छ । जीप नदीमा खसेकोले यात्रुहरुको उद्धारमा कठिनाई भैरहेको स्थानीयको भनाई छ ।
दुर्घटनाग्रस्त जीपमा खर्पुनाथ गाउँपालिकाका उपाध्यक्ष तथा उहाँको परिवारका सदस्यहरु समेत रहेको बताइएपनि यसको पुष्टि भै सकेको छैन । हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालका अनुसार अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय वासिन्दा र स्थानीय प्रशासनबाट पुगेकाहरुले जीपमा सवार यात्रुहरुको खोजी जारी रहेको छन् । यसअघि हिजो बझाङमा बसेको जीप दुर्घटनामा कम्तीमा १० यात्रुको ज्यान गएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
युद्ध अपराधको अभियोगमा रुसका राष्ट्रपति पुटिनसहित २ जना विरुद्ध पक्राउ पूर्जी जारी
२०७९ चैत्र ३ गते शुक्रबार
१७ मार्च, २०२३लिंकरोभर, बेल्जियम । युक्रेनमाथि विगत एक वर्षदेखि...
Nepal’s Mount Everest seen from Bihar India by open eyes
२०७७ बैशाख २३ गते मंगलबार
A picture of the the snow-capped peaks of the...
बाग्लुङ्गमा जन्ती बोकेको ट्राक्टर दुर्घटना, ३ को मृत्यु ४ घाइते
२०७६ माघ २३ गते बिहिबार
०६ फेब्रुअरी, २०२० बलेवा । प्रदेशनम्बर ४ अन्र्तगत पर्ने...
पुनः बैवाहिक जीवनमा बाधिँदै नायिका श्वेता खड्का
२०७७ मंशिर १७ गते बुधबार
०२ डिसेम्बर, २०२०काठमाडौं । विवाह गरेको केही समयपछि नै...
Top