हुम्लामा पनि जीप दुर्घटना, सबै यात्रु नदीमा वेपत्ता, खोजी जारी

Best Khabar Team | २०७६ असार ३ गते मंगलबार


१७ जुन, २०१९
काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा जीप दुर्घटना भै करिब एक दर्जनले ज्यान गुमाएको २४ घण्टा वित्न नपाउँदै आज फेरि अर्को विकट पहाडी जिल्ला हुम्लामा जीप दुर्घटना भएको छ । जिल्लाको खार्पुनाथ गाउँपालिकाबाट सदरमुकाम जाँदै गरेको जीप कर्णाली नदीमा खसेर वेपत्ता भएको हो ।

सदमुकाम सिमिकोट जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप स्थानीय याङ्चुबाट करिब २ सय मिटर तल कणाली नदीमा खसेको हो । सो जीपमा कम्तीमा १० जना यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालयको भनाई छ । घटनालगत्तै अहिले स्थानीय वासिन्दा, प्रहरी तथा स्थानीय प्रशासन घटनास्थल पुगेको छ । जीप नदीमा खसेकोले यात्रुहरुको उद्धारमा कठिनाई भैरहेको स्थानीयको भनाई छ ।

दुर्घटनाग्रस्त जीपमा खर्पुनाथ गाउँपालिकाका उपाध्यक्ष तथा उहाँको परिवारका सदस्यहरु समेत रहेको बताइएपनि यसको पुष्टि भै सकेको छैन । हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालका अनुसार अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय वासिन्दा र स्थानीय प्रशासनबाट पुगेकाहरुले जीपमा सवार यात्रुहरुको खोजी जारी रहेको छन् । यसअघि हिजो बझाङमा बसेको जीप दुर्घटनामा कम्तीमा १० यात्रुको ज्यान गएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरियामा कोरोना कहर : सुरक्षित रहन नेपालीलाई दूतावासको आग्रह कोरियामा कोरोना कहर : सुरक्षित रहन नेपालीलाई दूतावासको आग्रह

२०७६ फाल्गुन ११ गते आइतबार

२३ फेब्रुअरी, २०२०सोल । दक्षिण कोरियामा पछिल्लो केहीदिनयता तीव्र...

नवलपरासी, पर्सा, रुपन्देही र कपिलबस्तुमा आजमात्रै थपिए २४ जना संक्रमित, देशभर संक्रमितको संख्या २४३ पुग्यो (अपडेट) नवलपरासी, पर्सा, रुपन्देही र कपिलबस्तुमा आजमात्रै थपिए २४ जना संक्रमित, देशभर संक्रमितको संख्या २४३ पुग्यो (अपडेट)

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २...

मध्यरातमा बाँकेको जंगलमा भयानक दुर्घटना, १२ को मृत्यु, २१ घाइते मध्यरातमा बाँकेको जंगलमा भयानक दुर्घटना, १२ को मृत्यु, २१ घाइते

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०सोनारी, बाँके । बाँकेमा गएराति भएको भ्यान...

जब हाफ कट्टुलगाएर ७१ वर्षका बयोबृद्द राष्ट्रपति सामान किन्न लाइनमा बसे…. जब हाफ कट्टुलगाएर ७१ वर्षका बयोबृद्द राष्ट्रपति सामान किन्न लाइनमा बसे….

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । विश्वभर कोरोना भाइरस (कोभिड...

Top