भारतमा थप ३ साता ‘लकडाउन’ लम्बियो, मृतकको संख्या साढे ३ सय नाघ्यो

Best Khabar Team | २०७७ बैशाख २ गते मंगलबार


१४ अप्रिल, २०२०
नयाँदिल्ली । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न नेपालको छिमेकी मुलुक भारतले लकडाउनको समयावधि थप गरेको छ । यसअघि आजसम्मका लागि लकडाउनको समयावधि रहेकोमा आज भारतीय सरकारले आगामी बैशाख २१ अर्थात् मे ३ तारिखसम्मका लागि लकडाउनको समयावधि थप भएको जनाएको छ ।

भारतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि त्यहाँको सरकारले लकडाउनलाई थप कडाई गर्दै लगेको छ । यही क्रममा उसले आज थप ३ साताको लागि लकडाउन लम्ब्याउने घोषणा समेत गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आम नागरिकको सुरक्षा र कोरोना निरुत्साहनको लागि लकडाउन नै एकमात्रै भरपर्दो विकल्प भएको बताएका छन् । भारतमा हालसम्म कोरोनाका कारण १० हजार बढी संक्रमित भएका छन् भने ३ सय ५८ जनाको ज्यान गै सकेको छ ।

भारतीय सरकारले आम नागरिकका लागि आवश्यक पर्ने खाद्यान्न र औषधी पर्याप्त मात्रामा रहेको भन्दै सरकारको निर्देशन पालन गरेर घरभित्रै बस्न र सुरक्षा संयमता अपनाउन नागरिकहरुलाई आग्रह गरेको छ । भारतमा नाकाबन्दीको समय बढेसँगै नेपालमा पनि नेपाल सरकारले नाकाबन्दी थप्ने तयारी गरेको छ ।

यसका लागि नेपालमा आज दिउँसो मन्त्रीपरिषद्को बैठक बसेर निर्णय लिने नेपालका सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सरकारले लकडाउनका बेला बढी प्रभावित हुने बृद्दबृद्दा र मजदुरको हितमा छिट्टै विशेष कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना, बुधबार दोश्रो पटक मृगौला  प्रत्यारोपण हुँदै प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना, बुधबार दोश्रो पटक मृगौला प्रत्यारोपण हुँदै

२०७६ फाल्गुन १९ गते सोमबार

०२ मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...

‘लकडाउन’मा थप कडाई ‘लकडाउन’मा थप कडाई

२०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२०काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन)लाई अझै प्रभावकारी...

वीरगञ्जमा युवतीको शंकास्पद मृत्यु ! वीरगञ्जमा युवतीको शंकास्पद मृत्यु !

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । पर्साको वीरगञ्जमा एक ‘शंकास्पद कोरोना...

मंगलबार अमेरिकामा कोरोनाका कारण १४ सयको मृत्यु, न्यूर्योकमा मात्रै ७ सय बढीको ज्यान गयो मंगलबार अमेरिकामा कोरोनाका कारण १४ सयको मृत्यु, न्यूर्योकमा मात्रै ७ सय बढीको ज्यान गयो

२०७६ चैत्र २५ गते मंगलबार

०७ अप्रिल, २०२०न्यूर्योक । अमेरिकामा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण...

Top