भारतबाट ट्रकमा रौतहट फर्केका युवकमा कोरोना संक्रमण, वीरगञ्जमा उपचार चल्दै

Best Khabar Team | २०७७ बैशाख १ गते सोमबार


१३ अप्रिल, २०२०
संग्रामपुर । गत चैत्र १६ गते भारतको राजधानी दिल्लीबाट नेपाल आएका एक युवकमा कोरोना संक्रमण देखिएको छ । रौतहटको इसनाथ गाउँपालिका बस्ने १९ वर्षका नाम उल्लेख नगरिएका ती युवकमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

रोजगारीको लागि दिल्ली पुगेका ती युवक भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि दिल्लीबाट मोतिहारी जिल्लासम्म औषधी बोकेको ट्रकमा लिफ्ट मागेर आएका थिए । त्यसपछि उनी हिडेरै मध्यरातमा भारतीय सिमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गरेका थिए ।

उनीसँगै आएका अरु दुई जना पनि हालसम्म क्वारेन्टाइनमा रहेको भएपनि उनीहरुमा भने कोरोना देखिएको छैन । ती युवकलाई थप उपचारका लागि हाल वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ । उनमा कोरोना देखिएपछि परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राखेर उपचार थालिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हिमालय एयरलाइन्सको मलेसिया उडान एक वर्षपछि पुनः सुचारु हिमालय एयरलाइन्सको मलेसिया उडान एक वर्षपछि पुनः सुचारु

२०७६ मंशिर २५ गते बुधबार

११ डिसेम्बर, २०१९ क्वालालाम्पुर । स्थगित भएको झण्डै १३...

नेपालगञ्जमा ९ र वीरगञ्जमा १ गरी थपिए १० कोरोना संक्रमित नेपालगञ्जमा ९ र वीरगञ्जमा १ गरी थपिए १० कोरोना संक्रमित

२०७७ बैशाख २१ गते आइतबार

०३ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६९...

देशभरबाट ५ जना कोरोना संक्रमण निको भएर घर फर्किए देशभरबाट ५ जना कोरोना संक्रमण निको भएर घर फर्किए

२०७७ बैशाख ९ गते मंगलबार

२१ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमणमा परी निको...

माघे संक्रान्ति र यसको बहुआयमिक विशेषता माघे संक्रान्ति र यसको बहुआयमिक विशेषता

२०७६ माघ १ गते बुधबार

–सुन्दर कसजू माघे संक्रान्तिको कुरो गर्नुभन्दा पहिले संक्रान्ति शब्दको...

Top