Best Khabar Team | २०७६ चैत्र ३० गते आइतबार

पि.एल. तरंग / लिंकरोभर, बेल्जियम । महामारी बन्दै गएको कोरोना भाइरसको कारण यतिबेला विश्व समुदाय त्रसित छ । विश्वका विभिन्न देशमा कोरोनाका कारण सिँगो मुलुकलाई लकडाउन गरिएका छन् । सडक तथा सार्वजनिक स्थलहरु सुनसान प्राय बनेका छन् ।
तर यस्तै सन्त्रासका बीच शनिबार युरोपेली मुलुक बेल्जियमको राजधानी ब्रसेल्सको सडकमा एउटा फरक दृष्य देखियो । कोरोनाका कारण दैनिक सयौंले ज्यान गुमाइरहेको बेल्जियममा पनि यतिबेला सरकारले आपत्कालीन अवस्थाको घोषणा गरेको छ । सडकमा सवारी साधनहरु कम चलेका छन् भने रेस्टुरेन्ट, होटल, विद्यालय, क्याम्पसलगायत बन्द छन् । लगभग लकडाउनकै अवस्थाबाट गुज्रिएको बेल्जियममा शनिबार एउटा फरक दृश्य देखिन्छ ।
दुईजना युवाहरु राजधानी ब्रसेल्समा स्कुटरमा सवार हुन्छन् । उनीहरुलाई देख्नेवित्तिकै प्रहरीले रोक्नका लागि आग्रह गर्दछ । प्रहरीले यस्तो निर्देशन दिएपछि स्कुटरमा सवार युवा अतालिन्छन् र स्कुटर थप अघि बढ्दछ । त्यहीबीचमा स्कुटरको पछाडि बस्ने युवा स्कुटरबाट हामफालेर भाग्दछ । आफूसँगै पछाडिको सिटमा बस्ने साथी भागेपछि स्कुटर चालक युवा स्कुटर रोक्नुको साटो गलत सडक (एकतर्फी सडक) तर्फ अगाडि बढ्दछन् । जुन सडक एकतर्फी हुन्छ ।

प्रवेश निषेध लेखिएको सडकमा जर्वजस्ती स्कुटर घुसाएका ती युवक सवार स्कुटरलाई विपरित दिशाबाट गस्तीमा हिडँको प्रहरीको अर्को भ्यानले ठक्कर दिन्छ । युवक घाइते हुन्छन् । त्यसपछि आक्रोशित आफन्त तथा स्थानीय वासिन्दाले प्रहरीको भ्यानमा तोडफोड गर्दछन् । प्रहरीले नियतबस ती युवक सवार स्कुटरमा टक्कर दिएको भन्दै आफन्त तथा स्थानीय वासिन्दाले तोडफोड जारी राख्दछन् ।
भीड बढ्दै गएपछि प्रहरीले केही अश्रुग्यास, पानीको फोहोरा हवाई फायर समेत गर्दछन् । त्यसपछि भीड तितरवितर हुन्छ । जानकारीका अनुसार प्रहरीको गाडीले ठक्कर दिएर घाइते भएका ती युवकको उपचारको क्रममा निधन भएको छ । प्रदर्शनकारीहरुले ब्रसेल्समा प्रहरीका आधादर्जन गाडीमा तोडफोड गरेका छन् । प्रदर्शन र तोडफोडमा उत्रिएका ४५ जनालाई हिजो र आज गरी नियन्त्रणमा लिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला । हामीले यो भिडियो vlaamsbelang बाट साभार गरेका हौं ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
गोर्खाको लापुडाँडामा गएको पहिरोले स्थानीय नौली खोला थुनियो
२०७७ श्रावण १० गते शनिबार
२५ जुलाई, २०२०आरुघाट, गोरखा । अविरल वर्षात्का कारण गोर्खामा...
२०७८ बैशाखमा मध्यावधि चुनावको घोषणा : प्रतिनिधि सभा भंग
२०७७ पुष ५ गते आइतबार
२० डिसेम्बर, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाखमा...
स्लोभेनिया : कोरोनामुक्त भएको घोषणा गर्ने पहिलो युरोपेली देश
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०भ्रेक्निका, स्लोभेनिया । सिँगो विश्व कोरोनाको महामारीबाट...
२ हप्तामै पर्यटनमन्त्रीको समीक्षा : भ्रमणवर्ष २०२० सफलतातर्फ उन्मुख
२०७६ माघ ४ गते शनिबार
१८ जनवरी, २०२० काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक...
Top