Best Khabar Team | २०७६ चैत्र २९ गते शनिबार

११ अप्रिल, २०२०
न्यूर्योक । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बढी प्रभावित मुलुकको रुपमा रहेको युरोपेली मुलुक इटलीलाई अमेरिकाले जितेको छ । अर्थात् कोरोनाको प्रकोपबाट अहिलेसम्म सबैभन्दा धेरै नागरिकको मृत्यु अमेरिकामा हुन पुगेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाका कारण २० हजार १ सय ३५ जनाको मृत्यु भै सकेको छ भने ५ लाख १६ हजार ६ सय ७५ जना प्रभावित बनेका छन् ।
तर यही समयमा इटलीमा १९ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ । अमेरिकामा आजमात्रै यो समाचार तयार गर्दासम्म १ हजार ३ सय ८८ जनाको ज्यान गै सकेको छ । यही अवधिमा इटलीमा ६ सय १९ जनाको ज्यान गएको छ । अमेरिकामा हिजो विश्वमा कोरोनाबाट एकैदिन सबैभन्दा धेरै मानिसको मृत्यु भएको थियो । हिजो अमेरिकामा कोरोनाका कारण २ हजार ३५ जनाले ज्यान गुमाएका थिए । अमेरिकाको न्यूर्योक कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रभावित बनेको छ । न्यूर्योकमा कोरोनाका कारण हालसम्म ८ हजार ६ सय २७ जनाको ज्यान गएको छ ।
न्यूर्योकपछि न्यूजर्सी सबैभन्दा बढी प्रभावित बनेको छ । न्यूजर्सीमा अहिलेसम्म २ हजार १ सय ८३ जना, मिचिगनमा १ हजार २ सय ८१, क्यालिफोर्नियामा ५ सय ९८, लुसियानामा ८ सय ६ जना, टेक्सासमा २ सय ५४ जनाको ज्यान गै सकेको छ । कोरोनाका कारण अमेरिकामा अधिकांश राज्यहरु प्रभावित बनेको छ ।
कोरोना नियन्त्रणका लागि सरकारले आम नागरिकहरुलाई सचेत बन्न आग्रह गरेको छ । अमेरिकामा पछिल्लो एक सातायता दैनिक १ देखि २ हजारको हाराहारीमा मानिसहरुको ज्यान गै रहेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सरकारले भन्यो : कुलमान घिसिङ्लाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने विषयमा कुनै निर्णय भएको छैन
२०७७ भाद्र ११ गते बिहिबार
२७ अगस्ट, २०२०काठमाडौं । सरकारले नेपाल विद्यूत् प्राधिकरणको कार्यकारी...
प्रदेश ५ को राजधानी बुटबल र नाम लुम्बिनी कायम हुने सम्भावना प्रवल
२०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० बुटबल । अन्ततः प्रदेश नम्बर ५...
कोरोनाको कारण धुलिखेलमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको काठमाडौंमा दाहसंस्कार !
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०काठमाडौं । बिहीबार राती काभ्रेको धुलिखेल अस्पतालमा...
जेठ १५ सम्म लकडाउन लम्ब्याउन सिफारिस
२०७७ जेठ ४ गते आइतबार
१७ मे, २०२०काठमाडौं । कोरोना संक्रमणबाट प्रभावित हुने तथा...
Top