Best Khabar Team | २०७६ चैत्र २८ गते शुक्रबार
१० अप्रिल, २०२०
नयाँदिल्ली । भारतका विभिन्न शहरमा बस्दै आएका मध्ये १२ जना नेपालीमा हालसम्म कोरोना भाइरसको संक्रमण (कोभिड १९) देखिएको पुष्टि भएको छ । यहाँस्थित सरकारी निकायहरुले जारी गरेको विज्ञप्ति अनुसार भारतको बैंगलोर, नयाँदिल्ली र मुम्बईलगायतका स्थानमा बस्दै आएका नेपालीमा कोरोनाको संक्रमण देखिएको छ ।
भारतको बैंग्लोर बस्दै आएका बझाङ्गका एक महिला र एक पुरुषमा पहिलो पटक कोरोनाको संक्रमण देखिएपछि उनीहरु हाल अस्पतालमा उपचाररत छन् । उनीहरु श्रीमान श्रीमती भएको बताइएको छ । ती महिला मुम्बईकै एक स्थानीयको घरमा काम गर्दै आइरेकी थिइन् । उनले काम गर्ने घरकी साहुनी लण्डनबाट आएकी र उनैबाट नेपाली महिलामा कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।
यस्तै दिल्लीमा बस्दै आएका डोटीका दुई पुरुषमा पनि संक्रमण देखिएको छ । उनीहरु नेपालको सुदुरपश्चिमका भएको बताइएपनि नाम खुलाइएको छैन । अस्पतालको आइसोलेसनमा रहेका दुबैको अवस्था सामान्य रहेको बताइएको छ ।
मुम्बईमा एकै परिवारका ८ नेपालीमा कोरोना
यसैबीच, भारतको मुम्बईस्थित गिरगाउँ बस्ने एकै परिवारका ८ जनामा कोरोनाको संक्रमण देखिएको छ । सुदुरपश्चिमको अछाम घर भै मुम्बईमा रोजगारीको लागि पुगेका सदोहर दाजुभाईका ८ जना परिवारमा कोरोना देखिएको हो । कोरोना संक्रमणबाट दाजुभाई, उनीहरुका २ श्रीमती र छोराछोरी गरी ८ जनामा कोरोना देखिएको हो ।
हाल उनीहरुलाई मुम्बईस्थित अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिँदैछ । अहिलेसम्म उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । मुम्बईको चौपाटी बस्ने ती परिवारका अन्य ३ सदस्य पनि चिकित्सकको निगरानीमा रहेका छन् । उनीहरु ११ जनाको परिवार एउटै घरमा बस्दै आएका थिए ।
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२०७६ पुष १५ गते मंगलबार
–बन्दना सापकोटा देशको राजधानी काठमाडौं । यहाँभित्र धेरै धार्मिक...
२०७९ फाल्गुन १५ गते सोमबार
२१ औं शताब्दीको अहिलेको जमानामा पनि हाम्रो समाज कतिपय...
२०७६ मंशिर २३ गते सोमबार
विश्वमा सबैभन्दा बढी पढिने र चर्चा गरिने पात्र दुईवटा...
२०८२ बैशाख १४ गते आइतबार
२७ अप्रिल, २०२५टोरन्टो, क्यानडा । क्यानडाको भ्यानकुभरमा सडक महोत्सवमा...
Top