भारतमा कोरोना संक्रमित नेपालीको संख्या १२, एउटै परिवारका ८ मा संक्रमण भेटियो

Best Khabar Team | २०७६ चैत्र २८ गते शुक्रबार


१० अप्रिल, २०२०
नयाँदिल्ली । भारतका विभिन्न शहरमा बस्दै आएका मध्ये १२ जना नेपालीमा हालसम्म कोरोना भाइरसको संक्रमण (कोभिड १९) देखिएको पुष्टि भएको छ । यहाँस्थित सरकारी निकायहरुले जारी गरेको विज्ञप्ति अनुसार भारतको बैंगलोर, नयाँदिल्ली र मुम्बईलगायतका स्थानमा बस्दै आएका नेपालीमा कोरोनाको संक्रमण देखिएको छ ।

भारतको बैंग्लोर बस्दै आएका बझाङ्गका एक महिला र एक पुरुषमा पहिलो पटक कोरोनाको संक्रमण देखिएपछि उनीहरु हाल अस्पतालमा उपचाररत छन् । उनीहरु श्रीमान श्रीमती भएको बताइएको छ । ती महिला मुम्बईकै एक स्थानीयको घरमा काम गर्दै आइरेकी थिइन् । उनले काम गर्ने घरकी साहुनी लण्डनबाट आएकी र उनैबाट नेपाली महिलामा कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।

यस्तै दिल्लीमा बस्दै आएका डोटीका दुई पुरुषमा पनि संक्रमण देखिएको छ । उनीहरु नेपालको सुदुरपश्चिमका भएको बताइएपनि नाम खुलाइएको छैन । अस्पतालको आइसोलेसनमा रहेका दुबैको अवस्था सामान्य रहेको बताइएको छ ।

मुम्बईमा एकै परिवारका ८ नेपालीमा कोरोना
यसैबीच, भारतको मुम्बईस्थित गिरगाउँ बस्ने एकै परिवारका ८ जनामा कोरोनाको संक्रमण देखिएको छ । सुदुरपश्चिमको अछाम घर भै मुम्बईमा रोजगारीको लागि पुगेका सदोहर दाजुभाईका ८ जना परिवारमा कोरोना देखिएको हो । कोरोना संक्रमणबाट दाजुभाई, उनीहरुका २ श्रीमती र छोराछोरी गरी ८ जनामा कोरोना देखिएको हो ।

हाल उनीहरुलाई मुम्बईस्थित अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिँदैछ । अहिलेसम्म उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । मुम्बईको चौपाटी बस्ने ती परिवारका अन्य ३ सदस्य पनि चिकित्सकको निगरानीमा रहेका छन् । उनीहरु ११ जनाको परिवार एउटै घरमा बस्दै आएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बेलायतबाट फर्केका एकै परिवारका ३ जनामा कोरोनाको आशंका, पाटन अस्पतालको आइसोलेसनमा भर्ना बेलायतबाट फर्केका एकै परिवारका ३ जनामा कोरोनाको आशंका, पाटन अस्पतालको आइसोलेसनमा भर्ना

२०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२० काठमाडौं । काठमाडौंको पेप्सीकोला बस्ने एकै...

यस्तो देखियो ‘उकाली’ मा बसन्तको यात्रा यस्तो देखियो ‘उकाली’ मा बसन्तको यात्रा

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० काठमाडौं । चर्चित गायक तथा सर्जक...

नेपालमा बढ्दै कोरोना संक्रमित : २४ घण्टामा थपिए हालसम्मकै  धेरै संक्रमित नेपालमा बढ्दै कोरोना संक्रमित : २४ घण्टामा थपिए हालसम्मकै धेरै संक्रमित

२०७७ असार ३ गते बुधबार

१७ जुन, २०२०काठमाडौं । पछिल्लो केही समययता फैलिएको कोरोना...

सेप्टेम्बर १ (भदौ १६ गते) देखि निश्चित मापदण्डसहित बाह्य उडान खोल्ने सरकारको निर्णय सेप्टेम्बर १ (भदौ १६ गते) देखि निश्चित मापदण्डसहित बाह्य उडान खोल्ने सरकारको निर्णय

२०७७ भाद्र ५ गते शुक्रबार

२१ अगस्ट, २०२०काठमाडौं । सरकारले विभिन्न देशमा रोकिएर रहेका...

Top