Best Khabar Team | २०७६ चैत्र २५ गते मंगलबार

०७ अप्रिल २०२०
पेरिस । फ्रान्समा पछिल्लो दिनहरुमा कोरोनाका कारण मानिसहरुको हताहतिको संख्या ह्वात्तै बढेको छ । मंगलबार मात्रै फ्रान्समा कोरोनाका कारण १ हजार ४ सय १७ जनाको ज्यान गएको छ । कोरोना सम्बन्धी प्रत्यक्ष जानकारी अपडेट गर्ने वल्डोमिटर्स डटकमले मंगलबार स्थानीय समय अनुसार साँझ साढे ८ बजे जारी गरेको तथ्यांक अनुसार मंगलबारमात्रै थप ११ हजार ६९ जना कोरोनाका नयाँ विरामी भेटिएका छन् ।
सोमबार अर्थात् हिजो यही समयसम्म फ्रान्समा कोरोनाका कारण थप ८ सय ३३ जनाको ज्यान गएको थियो भने ५ हजार १ सय ७१ जना नयाँ विरामी भेटिएका थिए । फ्रान्समा यो समाचार तयार गर्दासम्म कोरोना संक्रमितको संख्या १ लाख ९ हजार नाघेको छ । ती मध्ये ७ हजारभन्दा बढीको अवस्था गम्भीर छ । कोरोना संक्रमित तथा मृतकको संख्या बढ्दै गएपछि यहाँको सरकारले आम नागरिकहरुलाई घरभित्रै बस्न र सुरक्षाको लागि सरकारले गरेको आग्रहलाई अक्षरस पालन गर्न अनुरोध गरेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतमा कोरोना : संक्रमित २१ हजार नाघे, मृतक ६ सय ८१
२०७७ बैशाख ११ गते बिहिबार
२४ अप्रिल, २०२०नयाँदिल्ली । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...
बन्दीपुर : जहाँ पुग्दा सारा थकान विर्सिएर स्वर्गीय आनन्द प्राप्त हुन्छ
२०७६ मंशिर २३ गते सोमबार
–अर्चना लामिछाने शरीरले आनन्दको महसूस ग-यो बन्दीपुरको माटो टेक्दा...
कर्णाली प्रदेशमा व्यापक हिमपात, २ बालकको ज्यान गयो, जनजीवन अस्तव्यस्त
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० काठमाडौं । विकट कर्णाली प्रदेशमा हिजो...
Luxembourg: Misconceptions on Social Media & realities !!!
२०८२ श्रावण ३ गते शनिबार
Pratik Lamichhane Many of you may have heard of...
Top