Best Khabar Team | २०७६ चैत्र २५ गते मंगलबार

०७ मार्च, २०२०
काठमाडौं । सरकारले नेपालमा हुने अन्र्तराष्ट्रिय उडान बैशाख १८ अर्थात् आगामी अप्रील ३० सम्मको लागि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना नियन्त्रण र रोकथाम सम्बन्धी सरकारी संयन्त्रको आज बसेको बैठकले विश्वका विभिन्न मुलुकमा हाल विद्यमान कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अप्रिल ३० सम्मको लागि अन्र्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । योसँगै अब आगामी बैशाख १८ गतेसम्म विश्वका कुनैपनि मुलुकबाट यात्रुबाहक विमान यात्रु लिएर नेपाल जान पाउने छैनन् ।
नेपालमा आउने कतिपय अन्तर्राष्ट्रिय उडान कम्पनीहरुले उडान प्रतिबन्ध लगाएकै बेला नेपाल सरकारले पनि यो निर्णय गरेको हो । विश्वका धेरै देशहरुले अहिले अन्र्तराष्ट्रिय उडान कटौती तथा कतिपयले ठप्प पारेका छन् । यसको प्रभाव नेपालको हवाई आकाशमा पनि देखिएको छ । यसअघि सो संयन्त्रले आगामी बैशाख ०३ गतेसम्मका लागि हवाई उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । तर कोरोना संक्रमितको संख्या विश्वका विभिन्न मुलुकमा थपिँदै गएका कारण उडानको समय थप पछि धकेल्नु परेको बताइएको छ ।
यद्यपि नेपालमा रहेका विदेशी पर्यटकको उद्दारका लागि भने विश्वका जुनसुकै मुलुकबाट पनि विमानहरु आउन पाउने व्यवस्था सरकारले गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अभिनेत्री मनीषा कोइराला काठमाडौं आएलगत्तै ‘क्वारेन्टाइनमा’
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०काठमाडौं । बलिउड अभिनेत्री नेपाली चेली मनीषा...
देशका ७२ जिल्लामा कोरोना संक्रमण फैलियो, संक्रमितको संख्या ४ हजार बढी
२०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०काठमाडौं । देशका ७२ जिल्लामा कोरोना संक्रमण...
देशभर कोरोना संक्रमितको संख्या ४६ सय*बाट उकालो लाग्यो
२०७७ जेठ २९ गते बिहिबार
११ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा थप २...
७ वर्षदेखि नेपालका झण्डै २ दर्जन बायुसेवा कम्पनी ‘ईयु’ को कालोसूचीमा (नामसहित)
२०७७ पुष ७ गते मंगलबार
२२ डिसेम्बर, २०२०काठमाडौं । विगत ७ वर्षदेखि नेपालका विभिन्न...
Top