नेपालमा विदेशी उडान अप्रिल ३० सम्मका लागि रोकियो

Best Khabar Team | २०७६ चैत्र २५ गते मंगलबार


०७ मार्च, २०२०
काठमाडौं । सरकारले नेपालमा हुने अन्र्तराष्ट्रिय उडान बैशाख १८ अर्थात् आगामी अप्रील ३० सम्मको लागि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना नियन्त्रण र रोकथाम सम्बन्धी सरकारी संयन्त्रको आज बसेको बैठकले विश्वका विभिन्न मुलुकमा हाल विद्यमान कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अप्रिल ३० सम्मको लागि अन्र्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । योसँगै अब आगामी बैशाख १८ गतेसम्म विश्वका कुनैपनि मुलुकबाट यात्रुबाहक विमान यात्रु लिएर नेपाल जान पाउने छैनन् ।

नेपालमा आउने कतिपय अन्तर्राष्ट्रिय  उडान कम्पनीहरुले उडान प्रतिबन्ध लगाएकै बेला नेपाल सरकारले पनि यो निर्णय गरेको हो । विश्वका धेरै देशहरुले अहिले अन्र्तराष्ट्रिय उडान कटौती तथा कतिपयले ठप्प पारेका छन् । यसको प्रभाव नेपालको हवाई आकाशमा पनि देखिएको छ । यसअघि सो संयन्त्रले आगामी बैशाख ०३ गतेसम्मका लागि हवाई उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । तर कोरोना संक्रमितको संख्या विश्वका विभिन्न मुलुकमा थपिँदै गएका कारण उडानको समय थप पछि धकेल्नु परेको बताइएको छ ।

यद्यपि नेपालमा रहेका विदेशी पर्यटकको उद्दारका लागि भने विश्वका जुनसुकै मुलुकबाट पनि विमानहरु आउन पाउने व्यवस्था सरकारले गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाको करिब ७ महिने ताण्डव : विश्वभर ज्यान गुमाउनेको संख्या ६ लाख नाघ्यो (बढी प्रभावित विश्वका १० देशको तथ्यांक सहित) कोरोनाको करिब ७ महिने ताण्डव : विश्वभर ज्यान गुमाउनेको संख्या ६ लाख नाघ्यो (बढी प्रभावित विश्वका १० देशको तथ्यांक सहित)

२०७७ श्रावण ३ गते शनिबार

१८ जुलाई, २०२०काठमाडौं । गएको डिसेम्बर तेश्रो साता चीनको...

काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ

२०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीको...

अमेरिका र युरोपका दुई छुट्टाछुट्टै घटनामा परी दुई नेपाली युवतीको मृत्यु अमेरिका र युरोपका दुई छुट्टाछुट्टै घटनामा परी दुई नेपाली युवतीको मृत्यु

२०७७ श्रावण १२ गते सोमबार

२७ जुलाई, २०२०न्यूर्योक, अमेरिका । अमेरिका र युरोपमा भएका...

सामान्य भन्दा ४ गुणा महंगोमा टिकट विक्री हुन थालेपछि सरकारले लगायो ‘चार्टर फ्लाईट’ माथि प्रतिबन्ध सामान्य भन्दा ४ गुणा महंगोमा टिकट विक्री हुन थालेपछि सरकारले लगायो ‘चार्टर फ्लाईट’ माथि प्रतिबन्ध

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०काठमाडौं । ‘चार्टर फ्लाईट’का नाममा विभिन्न ट्राभल्स...

Top