बेलायती प्रधानमन्त्री बोरिसको अवस्था जटिल बनेपछि आइसियुमा उपचार हुँदै

Best Khabar Team | २०७६ चैत्र २४ गते सोमबार


०६ मार्च, २०२०
लण्डन । कोरोना भाइरसको संक्रमणपछि घरमै आइसोलेसनमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको अवस्था गम्भीर बनेको छ । कोरोनाको संक्रमण भएपछि आफ्नै निवासमा आराम गरिरहेका बोरिसको स्वास्थ्य विग्रँदै गएपछि चिकित्सकहरुको सल्लाह अनुसार उनलाई हिजो अस्पतालको आइसोलेसन कक्षमा राखिएर उपचार थालिएको थियो ।

तर त्यसको २४ घण्टा वित्न नपाउँदै उनको स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई अति सघन कक्षमा राखेर उच्च निगरानीमा उपचार गरिँदै छ । गत मार्च २७ मा उनमा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि उनी त्यसयता घरमै आइसोलेसनमा बस्दै आएका थिए । प्रधानमन्त्रीले अत्यावश्यक काम सबै काम र बैठकहरु आफ्नो घरबाटै भिडियो कन्फरेन्स र इमेलमार्फत् सञ्चालन गर्दै आएको भएपनि पछिल्लो केहीदिन यता उनको स्वास्थ्य थप जटिल बन्दै गएपछि उनलाई हिजो लण्डनस्थित अस्पतालमा भर्ना गरिएको थियो ।

लण्डनको सेन्ट थोमस हस्पतालमा उपचाररत नको अवस्था स्थिर रहेको बिबिसीले जनाएको छ । ५५ वर्षका प्रधानमन्त्री जोनसोनमा १० दिन अघि कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । यो समाचार तयार पार्दासम्म बेलायतमा कोरोनाका कारण ५ हजार ३ सय ७३ जनाको ज्यान गएको छ भने ५१ हजार ६ सय ८ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा ४ सय ३९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । तर १ सय ३५ जना भने सफल उपचार पछि घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लकडाउनकै बीच भारतीय अतिक्रमण विरुद्ध काठमाडौंमा प्रदर्शन, ३३ पक्राउ लकडाउनकै बीच भारतीय अतिक्रमण विरुद्ध काठमाडौंमा प्रदर्शन, ३३ पक्राउ

२०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०काठमाडौं । भारतले नेपाली भूमि मिचेर चीनको...

बेलायतमा पार्कबाट हराईरहेकी नेपाली बृद्दा मृत अवस्थामा भेटिइन् (अपडेट) बेलायतमा पार्कबाट हराईरहेकी नेपाली बृद्दा मृत अवस्थामा भेटिइन् (अपडेट)

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०वेस्टह्याम । बेलायतको राजधानी लण्डनबाट दक्षिण पूर्वमा...

धादिङ्का पन्त बने कमेडी च्याम्पियन, जिते २५ लाख नगद र एउटा कार पनि धादिङ्का पन्त बने कमेडी च्याम्पियन, जिते २५ लाख नगद र एउटा कार पनि

२०७६ चैत्र १ गते शनिबार

१४ मार्च, २०२०काठमाडौं । धादिङ्का हिमेश पन्त स्ट्याण्ड अफ...

स्पेन सरकारको घोषणा : पोर्चुगल बाहेक अन्य ईयु राष्ट्रसँगको सिमाना जुन २२ देखि खुल्ने स्पेन सरकारको घोषणा : पोर्चुगल बाहेक अन्य ईयु राष्ट्रसँगको सिमाना जुन २२ देखि खुल्ने

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०सेभिल्ला, स्पेन । कोरोना भाइरस (कोडिभ–१९) को...

Top