अमेरिकामा २ हप्तामा ४ नेपालीको मृत्यु

Best Khabar Team | २०७६ चैत्र २३ गते आइतबार


०५ मार्च, २०२०
न्यूर्योक । अमेरिकाको न्यूर्योकमा पछिल्लो २ साता यता ४ जनाको मृत्यु भएको छ । पछिल्लो पटक हिजो अमेरिकाको न्यूर्योकस्थित सन्नीसाईटमा बस्दै आएका थोक्मे विष्टको ज्यान गएको छ । ४८ वर्षका उनको सन्नी साईटस्थित अपार्टमेन्टमै मृत्यु भएको र स्थानीय स्वास्थ्यकर्मीहरुको टोली आएर उनको शव उठाएको थियो ।

विष्टको नेपालको स्थायी घर मुस्ताङ्ग जिल्ला भएको बताइएको छ । उनमा टाउको दुख्ने, ज्वरो आउनेलगायतका लक्षण देखिएको थियो । शुरुमा सामान्य लक्षण देखिएपछि उनलाई अस्पतालमा उपचारका लागि लगिएको भएपनि चिकित्सकले घरमै बसेर आराम गर्न र सावधानी अपनाउन भन्दै औषधी दिएर घर फर्काएका थिए । घरमै आराम गरिरहेका बेला उनको एक्कासी निधन भएको उनका आफन्तहरु बताउँछन् । विष्टका श्रीमती र छोराछोरी काठमाडौंमा बस्दै आएका छन् । यस्तै मुस्ताङ्ग नै घर भएका सोनाम लामाको पनि निधन भएको छ । लामाको पनि कोरोनाकै संक्रमणको कारण ज्यान गएको हुनसक्ने अनुमान गरिएनि उनको ल्याब रिपोर्ट भने आईसकेको छैन ।

लामा न्युयोर्कको क्वीन्स जमैका भन्ने ठाउँको एक अपार्टमेन्टमा बस्दै आइरहेका थिए । केही दिनयता टाउको दुख्ने, ज्वरो आउनेलगायतका समस्याबाट पीडित भएपछि उनी घरमै एक्लै आराम गर्दै आइरहेका थिए । उनी झण्डै २ दशकदेखि अमेरिका बस्दै आएका थिए । उनको शव पनि प्रहरीले आएर उठाएर लगेको छ । यस्तै न्यूर्योकमै बसोबास गर्ने अजयमान छोँचुको पनि उपचारका क्रममा ज्यान गएको छ ।

मृतक छोंचुँ

छोँचुको एल्महस्ट्र अस्पतालमा आज निधन भएको न्यूर्योक निवासी बिष्णुमान प्रधानले जानकारी दिएका छन् । उद्यपि उनमा भने निमोनियाको लक्षण देखिएको बताइएको छ । प्रधानका अनुसार उनको हृदयघातका कारण ज्यान गएको हो । उनी श्रीमतीका साथ न्यूर्योक हाटइमा बस्दै आएका थिए ।

उनका छोरा र बुहारीसमेत न्यूर्योकमै बस्दै आएका थिए । स्मरणीय के छ भने मार्च २४ मा कोरोना भाइरसको संक्रमणबाट न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटमा बस्ने ५० वर्षका अनिल लिम्बुको ज्यान गएको थियो ।

कोरोनाका कारण ज्यान गुमाएका लिम्बु


Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अस्ताईन् रेडियो नेपालकी पहिलो गायिका ‘रानुदेबी’ अस्ताईन् रेडियो नेपालकी पहिलो गायिका ‘रानुदेबी’

२०७७ बैशाख १९ गते शुक्रबार

०१ मे, २०२०काठमाडौं । रेडियो नेपालमा पहिलो पटक गीत...

पाल्पा दुर्घटनामा ज्यान गुमाउने १० जनाको सनाखत, १६ जना घाइतेको उपचार हुँदै पाल्पा दुर्घटनामा ज्यान गुमाउने १० जनाको सनाखत, १६ जना घाइतेको उपचार हुँदै

२०८० फाल्गुन १ गते मंगलबार

१३, फेब्रुअरी, २०२४तानसेन, पाल्पा । पाल्पामा आज दिउँसो भएको...

एकै टोलका  १५ जनामा कोरोना संक्रमण एकै टोलका १५ जनामा कोरोना संक्रमण

२०७७ बैशाख २१ गते आइतबार

०३ मे, २०२०नेपालगञ्ज । नेपालमा पहिलोपटक एकैदिन एकै जिल्लाको...

स्वीस दुतावासको प्रष्टीकरण : सेक्युरिटी प्रेसको प्रसंगमा मन्त्रीसँग भेटवार्ता भएकै छैन स्वीस दुतावासको प्रष्टीकरण : सेक्युरिटी प्रेसको प्रसंगमा मन्त्रीसँग भेटवार्ता भएकै छैन

२०७६ फाल्गुन ८ गते बिहिबार

२०, फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंस्थित स्वीस दुतावासले नेपालमा...

Top