कोरोनाका कारण बेलायतमा ४८ घण्टायता ४ सय ६९ जनाले ज्यान गुमाए

Best Khabar Team | २०७६ चैत्र १६ गते आइतबार


२९ मार्च, २०२०
लण्डन । संयुक्त राज्य बेलायतका विभिन्न शहरमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो ४८ घण्टायता ४ सय ६९ जनाले ज्यान गुमाएका छन् । राजधानी लण्डनलगायतका शहरमा महामारीको रुपमा फैलिएको कोरोनाका कारण गएरातिदेखि आज दिउँसोसम्ममा २ सय ९ जनाले ज्यान गुमाएका छन् ।

हिजो यही समयमा यहाँको सरकारले जारी गरेको बुलेटिन अनुसार हिजो मात्रै २ सय ६० जनाले ज्यान गुमाएका थिए । त्यसपछि आज जारी भएको कोभिड १९ को पछिल्लो बुलिटनमा थप २ सय ९ जनाले ज्यान गुमाएको उल्लेख छ । यस्तै कोरोना संक्रमितको संख्या आज मात्रै झण्डै २५ सय थप भएको छ । लण्डनमा हालसम्म कोरोनाबाट भएको मानवीय क्षति, विरामीको संख्यालगायत तलको तथ्यांकमा हेर्नुहोस् ।

आइतबारको तथ्यांक, (स्थानीय समय अनुसार आइतबार दिउँसो २ बजेसम्मको)
नयाँ मृतकको संख्या : २०९ जना
कुल मृतक : १ हजार २ सय २८ जना
कुल संक्रमित : १९ हजार ५ सय २२ जना
निको भएकाहरु : १ सय ३५ जना
गम्भीर अवस्थामा रहेका : १६३ जना

कोरोनाको संक्रमणले भयाबह रुप लिएपछि अहिले सिँगो लण्डन र आसपासका शहरलाई लकडाउन गरिएको छ भने अत्यावश्यक सेवा सुचारु रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

झण्डै २ अर्व जरिवाना र ३ वर्ष जेल सजायाँको माग गर्दै बहुराष्ट्रिय कम्पनी वरुण बेभरेज विरुद्ध राजश्व छलीको मुद्दा झण्डै २ अर्व जरिवाना र ३ वर्ष जेल सजायाँको माग गर्दै बहुराष्ट्रिय कम्पनी वरुण बेभरेज विरुद्ध राजश्व छलीको मुद्दा

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ काठमाडौं । नक्कली भ्याट विल प्रयोग...

प्रधानमन्त्री ओलीको दोश्रोपटक मृगौला प्रत्यारोपण, स्वास्थ्यस्थिति सामान्य प्रधानमन्त्री ओलीको दोश्रोपटक मृगौला प्रत्यारोपण, स्वास्थ्यस्थिति सामान्य

२०७६ फाल्गुन २१ गते बुधबार

०४ मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...

काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातयात सञ्चालनको तयारी काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातयात सञ्चालनको तयारी

२०७७ असार २० गते शनिबार

०४ जुलाई, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न भन्दै...

रुसको मध्यस्थतामा भारत र चीनबीच ५ बुँदे सहमति, सीमामा चर्किएको तनाव कम हुने अपेक्षा रुसको मध्यस्थतामा भारत र चीनबीच ५ बुँदे सहमति, सीमामा चर्किएको तनाव कम हुने अपेक्षा

२०७७ भाद्र २६ गते शुक्रबार

११ सेप्टेम्बर, २०२०बेइजिङ्ग, चीन । विगत लामो समयदेखि दुई...

Top