कोरोनाका कारण बेलायतमा ४८ घण्टायता ४ सय ६९ जनाले ज्यान गुमाए

Best Khabar Team | २०७६ चैत्र १६ गते आइतबार


२९ मार्च, २०२०
लण्डन । संयुक्त राज्य बेलायतका विभिन्न शहरमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो ४८ घण्टायता ४ सय ६९ जनाले ज्यान गुमाएका छन् । राजधानी लण्डनलगायतका शहरमा महामारीको रुपमा फैलिएको कोरोनाका कारण गएरातिदेखि आज दिउँसोसम्ममा २ सय ९ जनाले ज्यान गुमाएका छन् ।

हिजो यही समयमा यहाँको सरकारले जारी गरेको बुलेटिन अनुसार हिजो मात्रै २ सय ६० जनाले ज्यान गुमाएका थिए । त्यसपछि आज जारी भएको कोभिड १९ को पछिल्लो बुलिटनमा थप २ सय ९ जनाले ज्यान गुमाएको उल्लेख छ । यस्तै कोरोना संक्रमितको संख्या आज मात्रै झण्डै २५ सय थप भएको छ । लण्डनमा हालसम्म कोरोनाबाट भएको मानवीय क्षति, विरामीको संख्यालगायत तलको तथ्यांकमा हेर्नुहोस् ।

आइतबारको तथ्यांक, (स्थानीय समय अनुसार आइतबार दिउँसो २ बजेसम्मको)
नयाँ मृतकको संख्या : २०९ जना
कुल मृतक : १ हजार २ सय २८ जना
कुल संक्रमित : १९ हजार ५ सय २२ जना
निको भएकाहरु : १ सय ३५ जना
गम्भीर अवस्थामा रहेका : १६३ जना

कोरोनाको संक्रमणले भयाबह रुप लिएपछि अहिले सिँगो लण्डन र आसपासका शहरलाई लकडाउन गरिएको छ भने अत्यावश्यक सेवा सुचारु रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘लकडाउन’  कम्तीमा बैशाख १० सम्म थप्ने सरकारको तयारी ‘लकडाउन’ कम्तीमा बैशाख १० सम्म थप्ने सरकारको तयारी

२०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२० काठमाडौं । कोरोना भाइरस(कोभिड १९) को...

यूएई र अष्ट्रेलियामा गरी ३ नेपालीमा कोरोनाको संक्रमण यूएई र अष्ट्रेलियामा गरी ३ नेपालीमा कोरोनाको संक्रमण

२०७६ फाल्गुन २६ गते सोमबार

०९ मार्च, २०२०दोहा । संयुक्त अरव इमिरेट्स (युएई) र...

संविधान संसोधन नभए सरकार छाड्ने उपेन्द्र यादवको चेतावनी संविधान संसोधन नभए सरकार छाड्ने उपेन्द्र यादवको चेतावनी

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ पोखरा । उपप्रधान, स्वास्थ्य तथा जनसङख्या...

कोरोनाको संक्रमणबाट फ्रान्समा थप एक जनाको मृत्यु, युरोपमा फैलँदै कोरोना कोरोनाको संक्रमणबाट फ्रान्समा थप एक जनाको मृत्यु, युरोपमा फैलँदै कोरोना

२०७६ फाल्गुन १४ गते बुधबार

२६ फेब्रुअरी, २०२० पेरिस । फ्रान्सको राजधानी पेरिसमा थप...

Top