‘लकडाउन’को समय थपियो, अब चैत्र २५ गते राति १२ बजेसम्म ‘लकडाउन’

Best Khabar Team | २०७६ चैत्र १६ गते आइतबार


२९ मार्च, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देशव्यापी रुपमा गरेको ‘लकडाउन’ को समयावधि ८ दिन थप गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले चैत्र १८ गतेदेखि लागूहुने गरी थप ८ दिनका लागि ‘लकडाउन’को समयावधि लम्ब्याएको हो । योसँगै चैत्र २५ गते राति १२ बजेसम्म सिँगो मुलुकभर भर लकडाउन हुने भएको छ ।

कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि सरकारले आम नागरिकलाई घरमै बस्नका लागि आग्रह गर्दै अत्यावश्यकीय सामग्री प्रवाहमा भने कुनै कठिनाई नहुने स्पष्ट पारेको छ । यसअघि सरकारले चैत्र ११ गतेदेखि लागूहुने गरी देशव्यापी रुपमा १ साता लामो लकडाउनको घोषणा गरेको थियो । पहिलो चरणमा घोषणा गरेका लकडाउनको समयावधि सकिन लागेका बेला सरकारले थप ८ दिनका लागि लकडाउन जारी राख्ने निर्णय गरेको छ । लडकडाउनलाई पूर्णरुपमा पालना गर्न र यसो नगरिए कडा कारबाही गर्ने सरकारले जनाएको छ ।

लकडाउनका समयमा देशभर गाडीहरु तथा अन्य सवारी साधन चल्न नदिने तथा सर्वसाधारणहरुलाई घरबाट बाहिर ननिस्कन अनुरोध गर्दै यस्तो गरेको भेटिए कडा कारबाही गर्ने सरकारले दोहा-याएको छ । यद्यपि अत्यावश्यक सेवामा रहेका सवारी साधन तथा व्यक्तिलाई भने कुनै रोकतोक नगरिने सरकारको भनाई छ । सरकारको यो घोषणासँगै औषधी, खाद्यान्नलगायत बोकेका अत्यावश्यक सेवाका गाडीहरुबाहेक अन्य सवारी साधन थप ८ दिन चल्न नपाउने भएका छन् ।

नियम उल्लंघन गरेको भेटिएमा कडा कारबाही गर्ने भन्दै कोरोना नियन्त्रणका लागि सरकारले शुरु गरेको यो अभियानमा सहयोग गर्न सबैलाई अनुरोध समेत गरेको छ । यसअघि कोरोना नियन्त्रण उच्चस्तरीय समितको आजै बसेको बैठकले लकडाउनको समयावधि लब्याउनका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

समितिको आग्रहलाई दिउँसो बसेको मन्त्रीपरिषद् बैठकले अनुमोदन गरेको हो । सरकारले कोरोनाको जोमिबाट बच्नका लागि भन्दै देशभरका विद्यालय, क्याम्पसलगायत बन्द गरिसकेको छ । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण भेटिएको छ । जसमा १ जनाको उपचार सफल भै स्वास्थ्लाभ गरिसकेका छन् भने बाँकी ४ जनाको अस्पतालमा उपचार चलिरहेको छ । यसैबीच, सरकारले यसपटकको लकडाउन थप कडा हुने भन्दै यसलाई पालना गर्न आम नागरिकलाई अनुरोध गरेको छ ।

लकडाउनका समयमा घरभित्रै रहन आग्रह गर्दै सरकारले अटेरी गर्नेलाई १ हजार देखि ५ हजार सम्म नगद र ६ महिनासम्म कैदको सजयाँ हुनसक्ने चेतावनी दिएको छ । संक्रामक रोग ऐन २०२० अनुसार लकडाउन उल्लंघन गर्नेमाथि कारबाही हुने भन्दै सरकारले आमजनताको सुरक्षाको लागि लकडाउन गर्नुपरेको जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

यस्ता ठाउँहरु छन् उपत्यका आसपासमा :  जहाँ हाइकिङ्ग निक्कै रमाईलो बन्दछ यस्ता ठाउँहरु छन् उपत्यका आसपासमा : जहाँ हाइकिङ्ग निक्कै रमाईलो बन्दछ

२०७६ मंशिर २३ गते सोमबार

वेस्टखबर टिम । काठमाडौंको व्यस्त जिन्दगी, यहाँभित्रको धुँवा, धुलो...

विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू

२०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०मिरक्युयेब, कुवेत । कोरोना भाइरस (कोभिड १९)...

भारतबाट चोरी गरेको एक करोड रुपैयाँ कैलालीमा माटोको खाल्टोमा पुरिएको अवस्थामा भेटियो भारतबाट चोरी गरेको एक करोड रुपैयाँ कैलालीमा माटोको खाल्टोमा पुरिएको अवस्थामा भेटियो

२०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२० काठमाडौं । रोजगारीको लागि भारत पुगेकाहरुले...

आगिञ्चोकमा सडक सकस : ‘कुरिकुरी सरकार’ (भिडियोसहित) आगिञ्चोकमा सडक सकस : ‘कुरिकुरी सरकार’ (भिडियोसहित)

२०७६ माघ ७ गते मंगलबार

काठमाडौंको पश्चिमी छिमेकी जिल्ला धादिङ्ग । काठमाडौंबाट मलेखु हुँदै...

Top