झुण्डिएको अवस्थामा कर्मचारीको शव भेटिएपछि अस्पताल तोडफोड

Best Khabar Team | २०७६ असार ३ गते मंगलबार


१७ जुन, २०१८
काठमाडौं । अस्पतालमा कार्यरत एक महिलाको शव अस्पतालभित्रै झुण्डिएको अवस्थामा भेटिएपछि आक्रोशित आफन्त तथा सहकर्मीहरुले अस्पताल तोडेफोड गरेका छन्् । घटना राजधानीको बौद्धस्थित समता अस्पतालको हो ।

अस्पतालमा केही महिनाअघिदेखि कार्यरत सिन्धुपाल्चोककी विमला तामाङ्को शव अस्पताल हाताभित्रै झुण्डिएको अवस्थामा भेटिएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । उनीहरुले विमलाको हत्या भएको आरोप लगाएर मृतकका परिवारलाई राहत तथा दोषी पत्तालगाई कारबाही गर्न माग गर्दै अस्पतालमा तोडफोड र नाराबाजी समेत गरिरहेका छन् । तर अस्पताल प्रशासनले भने विमलाको आत्महत्याको विषयमा छानबिन गर्ने जनाएको छ ।

Image result for samata hospital
अस्पताल परिसर

आक्रोशित आफन्तले अहिले नाराबाजी र तोडफोड जारी राखेपछि बौद्ध प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनाको विषय र समाधानका लागि अहिले स्थानीय प्रहरी, अस्पताल प्रशासन तथा पीडित पक्षबीच वार्ताको तयारी भै रहेको छ ।

केहीदिन अघि काठमाडौंकै चावहिलस्थित ओम अस्पतालमा पनि उपचारको क्रममा एक विरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उदयपुरमा थप एक भारतीयमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो उदयपुरमा थप एक भारतीयमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

२०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकामा रहेको एक...

लक्जेम्बर्ग : दुनियाँको पहिलो देश, जहाँ हुँदैछ सार्वजनिक यातयात निःशुल्क लक्जेम्बर्ग : दुनियाँको पहिलो देश, जहाँ हुँदैछ सार्वजनिक यातयात निःशुल्क

२०७६ फाल्गुन १३ गते मंगलबार

२५ फेब्रुअरी, २०२० पि.एल ‘तरंग’लिंकरोभर, बेल्जियम । तपाईँ बसेको...

पछिल्लो २४ घण्टाको कोरोना तथ्यांक : २९०९ जना नयाँ संक्रमित थपिए, १८ को मृत्य, ४५ सय बढी कोरोना मुक्त पछिल्लो २४ घण्टाको कोरोना तथ्यांक : २९०९ जना नयाँ संक्रमित थपिए, १८ को मृत्य, ४५ सय बढी कोरोना मुक्त

२०७७ कार्तिक २१ गते शुक्रबार

०६ नोभेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...

नेपालमा कोरोनाबाट चौथो मृत्यु : दाहसंस्कार गरेको ८ दिनपछि कोरोना पुष्टि नेपालमा कोरोनाबाट चौथो मृत्यु : दाहसंस्कार गरेको ८ दिनपछि कोरोना पुष्टि

२०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०बारा । वीरगञ्जमा गत जेठ ४ गते...

Top