झुण्डिएको अवस्थामा कर्मचारीको शव भेटिएपछि अस्पताल तोडफोड

Best Khabar Team | २०७६ असार ३ गते मंगलबार


१७ जुन, २०१८
काठमाडौं । अस्पतालमा कार्यरत एक महिलाको शव अस्पतालभित्रै झुण्डिएको अवस्थामा भेटिएपछि आक्रोशित आफन्त तथा सहकर्मीहरुले अस्पताल तोडेफोड गरेका छन्् । घटना राजधानीको बौद्धस्थित समता अस्पतालको हो ।

अस्पतालमा केही महिनाअघिदेखि कार्यरत सिन्धुपाल्चोककी विमला तामाङ्को शव अस्पताल हाताभित्रै झुण्डिएको अवस्थामा भेटिएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । उनीहरुले विमलाको हत्या भएको आरोप लगाएर मृतकका परिवारलाई राहत तथा दोषी पत्तालगाई कारबाही गर्न माग गर्दै अस्पतालमा तोडफोड र नाराबाजी समेत गरिरहेका छन् । तर अस्पताल प्रशासनले भने विमलाको आत्महत्याको विषयमा छानबिन गर्ने जनाएको छ ।

Image result for samata hospital
अस्पताल परिसर

आक्रोशित आफन्तले अहिले नाराबाजी र तोडफोड जारी राखेपछि बौद्ध प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनाको विषय र समाधानका लागि अहिले स्थानीय प्रहरी, अस्पताल प्रशासन तथा पीडित पक्षबीच वार्ताको तयारी भै रहेको छ ।

केहीदिन अघि काठमाडौंकै चावहिलस्थित ओम अस्पतालमा पनि उपचारको क्रममा एक विरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं उपत्यकामा एकैपटक १७ जनामा कोरोना संक्रमण देखियो, संक्रमितमध्ये २ जना चिकित्सक काठमाडौं उपत्यकामा एकैपटक १७ जनामा कोरोना संक्रमण देखियो, संक्रमितमध्ये २ जना चिकित्सक

२०७७ असार १७ गते बुधबार

०१ जुलाई, २०२०काठमाडौं । देशको राजधानी काठमाडौं उपत्यकामा पछिल्लो...

‘मोबाइलमा भुलिँदै’ राष्ट्रपति सडकतर्फ अघि बढ्दा साइकल यात्रीले गरे खबरदारी ! ‘मोबाइलमा भुलिँदै’ राष्ट्रपति सडकतर्फ अघि बढ्दा साइकल यात्रीले गरे खबरदारी !

२०७७ जेठ १७ गते शनिबार

युरोपेली मुलुक पोर्चुगल, अनि यहाँका राष्ट्रपति मार्सेलो रिबेलो दि...

कतार एयरले  विश्वभरका स्वास्थ्यकर्मीलाई १ लाख निःशुल्क टिकट प्रदान गर्दै, नाम दर्ताको समय आजराति सकिँदै कतार एयरले विश्वभरका स्वास्थ्यकर्मीलाई १ लाख निःशुल्क टिकट प्रदान गर्दै, नाम दर्ताको समय आजराति सकिँदै

२०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०दोहा । यात्रुहरुलाई प्रदान गरिने हवाई सेवा...

युरोपमा फेरि भयाबह बन्दै कोरोना : फ्रान्स, इटली, पोल्याण्ड जर्मनीलगायतका देश सबैभन्दा बढी प्रभावित युरोपमा फेरि भयाबह बन्दै कोरोना : फ्रान्स, इटली, पोल्याण्ड जर्मनीलगायतका देश सबैभन्दा बढी प्रभावित

२०७७ कार्तिक २१ गते शुक्रबार

पि.एल. तरंग०६ नोभेम्बर, २०२०लिंकरोभर, बेल्जियम । युरोपमा चिसो मौसम...

Top