Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२ न्यूर्योक । अमेरिकाको न्यूर्योकमा रहेका २ जना नेपालीमा कोरोना संक्रमण भएको छ । उनीहरु संक्रमणलगत्तै अस्पतालमा उपचारत छन् । संक्रमित हुनेहरुमा सुदुरपश्चिम समाज अमेरिकाका माहासचिब जीवन जंग बम र चर्चित भिडियोग्राफर शम्भु मोक्तान रहेका छन् । बमको हाल न्यूर्योकको माउन्ट सेन्नेइ अस्पताल, लङआल्यान्डमामा उपचार भै रहेको नेपाली जनसम्पर्क समितिमा सभापति आनन्द विष्टले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् ।

अस्पतालमा रहेका बमको स्वास्थ्यमा सुधार भै रहेको र उनका परिवारका सबै सदस्य स्वस्थ्य रहेको बताइएको छ । यस्तै अर्का संक्रमित न्यूर्योक क्षेत्रमा लामो समयदेखि भिडियोग्राफी गर्दै आएका भिडियोग्राफर मोक्तानलाई पनि लङआइस्लाण्डमै रहेको जुइस अस्पतालमा राखेर उपचार गरिँदै छ ।
मोक्तानलाई विगत केही समयदेखि घाँटी दुख्ने, ज्वरो र खोकीको लक्षण देखिएको बताइएको छ । उनलाई अहिले अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिँदै छ । उनको अवस्था सामान्य तर स्थिर रहेको बताइएको छ । उनले आफू विरामी भएको भन्दै सञ्जालमा जानकारी र तस्वीर राखेर आफ्नो स्वास्थ्यको लागि कामना गर्न सबैसँग अनुरोध गरेका छन् ।
यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाका कारण १ हजार ९ सय ४३ जनाको ज्यान गै सकेको छ भने १ लाख १६ हजार ४ सय ४८ जना कोरोनाबाट संक्रमित भएका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा २ सय ४७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पूर्वराजदूत शर्माको हृदयघातका कारण लण्डनमा निधन
२०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० लण्डन । पूर्वराजदूत मुरारीराज शर्माको हृदघातका...
‘हिमाल पारीको जिल्ला’ मनाङ्मा भेटिए पहिलो कोरोना संक्रमित
२०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०चामे, मनाङ् । हिमाल पारीको जिल्लाको रुपमा...
नेपालमा बढ्दै कोरोना संक्रमित : २४ घण्टामा थपिए हालसम्मकै धेरै संक्रमित
२०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०काठमाडौं । पछिल्लो केही समययता फैलिएको कोरोना...
भारतमा विमान दुर्घटना, दुईजना पाइलटसहित कम्तीमा १६ को मृत्यु
२०७७ श्रावण २३ गते शुक्रबार
०७ अगस्ट, २०२०नयाँदिल्ली । दुबईबाट केरला आएको एउटा यात्रुबाहक...
Top